एमसीसी बिरुद्ध सत्ता गठबन्धनका एक पक्षको जनवर्गिय संगठनद्वारा बिरोध

राजविराज राजविराज
|
आइतबार, फाल्गुन १, २०७८
|
|
२३ पटक हेरिएको
Shares
एमसीसी बिरुद्ध सत्ता गठबन्धनका एक पक्षको जनवर्गिय संगठनद्वारा बिरोध

सारांश

  •     नेपाल कम्युनिष्ट पार्टी एकीकृत (समाजवादी) निकट नेपाल बुद्धिजिवि परिषद्, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल महिला संघ, यूवा संघ नेपाललगायत जनवर्गिय संगठनहरुले संयुक्त रुपमा एमसीसी बिरुद्ध प्रदर्शन गर्दै बिरोध सभा गरेका छन् ।
  •       स्थानिय शिव मन्दिरको प्राङ्गणबाट निकालिएको सो बिरोध जुलुसका सहभागिहरुले एमसीसी सम्झौता खारेज गर, गो ब्याक एमसीसी, नो एमसिसिलगायत नारा अंकित प्लेकार्डसहित नगर क्षेत्रको परिक्रमा गरेका थिए ।
  •       नगर परिक्रमा पश्चात् जनआन्दोलन चौकमा नेकपा एकिकृत (समाजवादी)ं निकटका नेपाल बुद्धिजिवि परिषद् समाजवादीका सप्तरी अध्यक्ष अनिलकुमार अनलको अध्यक्षतामा आयोजित बिरोधसभामा नेपाल बुद्धिजिवि परिषद् समाजवादीका सचिवालय सदस्य नथुनी दास, महिला संघकी सप्तरी अध्यक्ष ममता चौधरी, यूवा संघ नेपालका आनन्ददेव यादव, नेपाल राष्ट्रिय शिक्षक संगठनका कौशलेन्द्र कुमार यादव लगायतले यथास्थितिमा एमसिसि कुनै पनि हालतमा पारित गर्न नहुनेमा जोड दिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १ फागुन । 
    एमसीसी बिरुद्ध सत्ता गठबन्धनका एक पक्षको जनवर्गिय संगठनले आइतबार राजविराजमा बिरोध प्रदर्शन गरेको छ ।      
    नेपाल कम्युनिष्ट पार्टी एकीकृत (समाजवादी) निकट नेपाल बुद्धिजिवि परिषद्, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल महिला संघ, यूवा संघ नेपाललगायत जनवर्गिय संगठनहरुले संयुक्त रुपमा एमसीसी बिरुद्ध प्रदर्शन गर्दै बिरोध सभा गरेका छन् । 
    स्थानिय शिव मन्दिरको प्राङ्गणबाट निकालिएको सो बिरोध जुलुसका सहभागिहरुले एमसीसी सम्झौता खारेज गर, गो ब्याक एमसीसी, नो एमसिसिलगायत नारा अंकित प्लेकार्डसहित नगर क्षेत्रको परिक्रमा गरेका थिए । 
    नगर परिक्रमा पश्चात् जनआन्दोलन चौकमा नेकपा एकिकृत (समाजवादी)ं निकटका नेपाल बुद्धिजिवि परिषद् समाजवादीका सप्तरी अध्यक्ष अनिलकुमार अनलको अध्यक्षतामा आयोजित बिरोधसभामा नेपाल बुद्धिजिवि परिषद् समाजवादीका सचिवालय सदस्य नथुनी दास, महिला संघकी सप्तरी अध्यक्ष ममता चौधरी, यूवा संघ नेपालका आनन्ददेव यादव, नेपाल राष्ट्रिय शिक्षक संगठनका कौशलेन्द्र कुमार यादव लगायतले यथास्थितिमा एमसिसि कुनै पनि हालतमा पारित गर्न नहुनेमा जोड दिएका थिए । उनीहरुले एमसीसीकै कारण गठबन्धन भत्कियो भने बरु सत्ता छाड्न पनि तयार रहन आफ्ना नेताहरुलाई सचेत गराएका थिए । 
    काँग्रेसले २०७६ पुस १७ मै केन्द्रिय समितिको बैठकबाट एमसीसी पास गर्ने निर्णय गरेको थियो । सत्तासिन दल नेपाली काँग्रेसले बहुचर्चित अमेरिकी सहयोग परियोजना एमसीसी बिशुद्ध आर्थिक परियोजना भएको दाबी गर्दै सम्झौता पारित गराउन सक्रियता बढाइरहेको बेला उक्त बिरोध प्रदर्शनले गठबन्धन भत्किने सम्भावना पनि बढ्दै गएको स्थानिय बुद्धिजिविहरुको भनाई छ । 
    यस्तै नेकपा एकीकृत समाजवादीले आइतबारै एमसीसी बिरुद्ध जिल्लाको शम्भुनाथ नगरपालिकास्थित ट्राफिक बजारमा बिहान ९ बजे देखि ११ बजे सम्म दुई घण्टा सडक अबरुद्ध पारेको नगर अध्यक्ष जितेन्द्र गुप्ता (नुनु) ले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाटोको जग्गाको विषयलाई लिएर दुई छिमेकीबीचको विवाद उत्कर्षमा
बाटोको जग्गाको विषयलाई लिएर दुई छिमेकीबीचको विवाद उत्कर्षमा
घर घरमा स्वच्छ खानेपानी पुग्यो
घर घरमा स्वच्छ खानेपानी पुग्यो
उपनिर्वाचनका लागि नेकपा र राजपाले उम्मेदवार टुङ्गो लगायो, काँग्रेस र समाजवादीले लगाउँदै 
सप्तरीको क्षेत्र नं. २ को प्रदेशसभा ख मा त्रिपक्षिय प्रतिस्पर्धा
सप्तरीको क्षेत्र नं. २ को प्रदेशसभा ख मा त्रिपक्षिय प्रतिस्पर्धा
बहुचर्चित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान  प्रतिष्ठानको प्रधानमन्त्रीद्वारा शिलान्यास
बहुचर्चित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान  प्रतिष्ठानको प्रधानमन्त्रीद्वारा शिलान्यास
हात्तिले दुई जनाको घर भत्काउनुका साथै अन्नबाली नष्ट
हात्तिले दुई जनाको घर भत्काउनुका साथै अन्नबाली नष्ट
किशोरीको अपहरण भएको भन्दै आफन्त सडकमा उत्रेपछि तोडफोड, तीन पक्राउ
किशोरीको अपहरण भएको भन्दै आफन्त सडकमा उत्रेपछि तोडफोड, तीन पक्राउ
राजविराजको तीन वटै योजनामा व्यापक लापरवाही भएको संसदीय टोलीको निष्कर्ष 
राजविराजको तीन वटै योजनामा व्यापक लापरवाही भएको संसदीय टोलीको निष्कर्ष 
मोटरसाइकल दुर्घटनमा अस्पतालका पालेको मृत्यु
मोटरसाइकल दुर्घटनमा अस्पतालका पालेको मृत्यु
लागू औषधसहित दुई पक्राउ 
लागू औषधसहित दुई पक्राउ