माग सम्बोधन नभए निर्वाचन प्रक्रिया रोक्ने जनमतको चेतावनी

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन १०, २०७८
|
|
१०९ पटक हेरिएको
Shares
माग सम्बोधन नभए निर्वाचन प्रक्रिया रोक्ने जनमतको चेतावनी

सारांश

  •     मंगलवार राजविराजस्थित जिल्ला निर्वाचन कार्यालयमा बुझाइएको ज्ञापन पत्रमार्फत सो चेतावनी दिएको हो ।
  •       जिल्ला प्रशासन कार्यालय, निर्वाचन आयोगको कार्यालय र मन्त्री परिषद्को कार्यालयलाई बोधार्थ दिइएको ज्ञापन पत्रमार्फत माग पुरा नगरी निर्वाचन प्रक्रिया अघि नबढाउन भनिएको छ ।
  •       पार्टीका जिल्ला अध्यक्ष चन्देश्वर मण्डलको अगुवाईमा निर्वाचन कार्यालयका प्रमुख रमेश जोशीलाई बु्झाइएको ज्ञापन पत्रमा पार्टीले उठाउँदै आएको किसानको समस्या समाधानको ठोस पहल हुनु पर्ने, निर्वाचनका पदाधीकारी र कर्मचारी कुनै पनि दलको पक्षमा नलागी स्वतन्त्र र निष्पक्ष ढंगले निर्वाचन काममा खटिनु पर्ने, परिचय पत्र हराएका वा नष्ट भएका मतदातालाई नयाँ परिचय पत्र बनाउनु पर्ने र नागरिकताको आधारमा पनि मतदान गर्न पाउनु पर्ने व्यवस्था गर्न माग गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, १० फागुन । 
    डा. सिके राउत नेतृत्वको जनमत पार्टीले किसानसंग सम्बन्धित तथा निर्वाचन प्रक्रियामा सुधार सहितको पाँच बुंदे माग सम्बोधन नभए निर्वाचन प्रक्रिया रोक्ने चेतावनी दिएको छ । 
    मंगलवार राजविराजस्थित जिल्ला निर्वाचन कार्यालयमा बुझाइएको ज्ञापन पत्रमार्फत सो चेतावनी दिएको हो । 
    जिल्ला प्रशासन कार्यालय, निर्वाचन आयोगको कार्यालय र मन्त्री परिषद्को कार्यालयलाई बोधार्थ दिइएको ज्ञापन पत्रमार्फत माग पुरा नगरी निर्वाचन प्रक्रिया अघि नबढाउन भनिएको छ । 
    पार्टीका जिल्ला अध्यक्ष चन्देश्वर मण्डलको अगुवाईमा निर्वाचन कार्यालयका प्रमुख रमेश जोशीलाई बु्झाइएको ज्ञापन पत्रमा पार्टीले उठाउँदै आएको किसानको समस्या समाधानको ठोस पहल हुनु पर्ने, निर्वाचनका पदाधीकारी र कर्मचारी कुनै पनि दलको पक्षमा नलागी स्वतन्त्र र निष्पक्ष ढंगले निर्वाचन काममा खटिनु पर्ने, परिचय पत्र हराएका वा नष्ट भएका मतदातालाई नयाँ परिचय पत्र बनाउनु पर्ने र नागरिकताको आधारमा पनि मतदान गर्न पाउनु पर्ने व्यवस्था गर्न माग गरिएको छ । 
    यस्तै निर्वाचन आयोगमा दर्ता रहेका र चुनाव चिन्ह पाईसकेका दलहरुलाई अगामी स्थानीय तहको निर्वाचनमा देशभरी सोही चुनाव चिन्हको आधारमा निर्वाचनमा भाग लिन पाउने व्यवस्था गर्नू पर्न लगायतका माग अघि सारिएको पार्टीका सप्तरी सचिव थानेश्वर प्रसाद साहले जानकारी दिएका छन् । 
    ज्ञापन पत्र बुझाउन अघि जनमत पार्टी नेता कार्यकर्ताले सदरमुकाम राजविराजमा किसानसंग सम्बन्धित मागहरु अविलम्व पुरा गर्न माग गर्दै प्रर्दशन समेत गरेका थिए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कारागारमा गोली चल्दा प्रहरी जवान घाइते
कारागारमा गोली चल्दा प्रहरी जवान घाइते
ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
हिन्दु राष्ट्र घोषणाको माग गर्दै आन्दोलन चर्काउने तयारी
हिन्दु राष्ट्र घोषणाको माग गर्दै आन्दोलन चर्काउने तयारी
आँखा उपचार केन्द्रमा दैनिक ४० मोतियाबिन्दुका बिरामीको शल्यक्रिया
आँखा उपचार केन्द्रमा दैनिक ४० मोतियाबिन्दुका बिरामीको शल्यक्रिया
४० अतिविपन्न परिवारलाई राहत प्रदान
४० अतिविपन्न परिवारलाई राहत प्रदान
घुस मागेको आरोपमा अख्तियारको टोलीद्वारा भेटेरीनरीका प्रमुख र सवारी चालक पक्राउ 
घुस मागेको आरोपमा अख्तियारको टोलीद्वारा भेटेरीनरीका प्रमुख र सवारी चालक पक्राउ 
तिलाठी कोइलाडीमा मनाइयो बाल दिवस
तिलाठी कोइलाडीमा मनाइयो बाल दिवस
बाढी पीडितलाई हेल्प मधेशी नेपालद्वारा राहत बितरण 
बाढी पीडितलाई हेल्प मधेशी नेपालद्वारा राहत बितरण 
देशभरका ३८ करदाता सेवा कार्यालय खारेज, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले जारि गर्ने
देशभरका ३८ करदाता सेवा कार्यालय खारेज, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले जारि गर्ने
प्रधानमन्त्री आँप जोन कार्यक्रम ः “उपलब्धी भन्दा भ्रष्टाचार बढी”, ३० करोड बढीको लगानी, ५० लाखकोे घर हावाहुरीले उडायो 
प्रधानमन्त्री आँप जोन कार्यक्रम ः “उपलब्धी भन्दा भ्रष्टाचार बढी”, ३० करोड बढीको लगानी, ५० लाखकोे घर हावाहुरीले उडायो