दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
सप्तरीको महादेवा गाउँपालिकामा माओवादी केन्द्रले चुनावी चहलपहल शुरु गरेको छ । सरकारले स्थानीय तहको निर्वाचन बैशाख ३० गतेको मिति तय गरेसँगै माओवादी केन्द्रले पनि चुनावी चहलपहल सुरु गरेको हो ।
चुनावी चहलपहल अन्तर्गत शुक्रवार महादेवा गापा वडा नं. १ सोनरामा नेतृत्वहरुको विचमा ब्यापक छलफल पार्टी निर्माण तथा चुनावी चहलपहल एवम सम्भावित उम्मेदवारहरु दावी गर्नेहरुको नामावली समेत घोषणा गरियो ।
सो अवसरमा महादेवा गाउँपालिकामा माओवादी केन्द्रको चुनावमा विजयीको सुनिश्चिताको लागी पार्टी एक ढिका भएर अगाडी वढ्ने माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज अशोक कुमार मण्डल (अमर) ले प्रतिवद्घता ब्यक्त गरे ।
त्यसैगरी प्रदेश सदस्य महेश प्रसाद यादवले माओवादी केन्द्रको चुनावमा विजयीको सुनिश्चितता रहेकोले सम्पुर्ण स्थानिय नेतृत्वहरु एक भएर अगाडी वढेमा महादेवा गापाको ६ वटै वडाको साथै अध्यक्ष र उपाध्यक्षको जीत सुनिश्चित रहेको बताए ।
स्थानीय सरकारको नेतृत्व गर्न दिपेन्द्र माझी, देवराम यादव, मनोज यादव, कृष्ण चन्द्र मण्डल (वौवा), कृष्णदेव मण्डल, सुरेन्द्र यादव, मो सकुर, वेजु कामैत, फरेवी सदा अध्यक्ष पदमा आकांक्षी रहेका छन ।
यसैगरी उपाध्यक्षमा अनिता कुमारी मण्डल, अनिता कुमारी यादव, प्रमिला यादव, सविता कुमारी मण्डल, उर्मिला देवी यादव, कल्पना चौधरी र निशा चौधरीले दाबी प्रस्तुत गरेकी छिन् ।
स्थानीयस्तरमा निर्वाचनको तयारीका लागि बैठक, सभा र कार्यक्रमहरुलाई बाक्लो बनाउने छलफल भएको छ । सरकारले बैशाख ९ गते उम्मेदवारी दर्ता १५ गते अन्तिम नामावली प्रकाशनको तयारी गरेका छन् भने बैशाख ३० गते मतादानको मिति घोषणा गरेको छ ।
महादेवा गापामा माओवादीको स्थानीय चुनावको चहलपहल शुरु
सारांश
- चुनावी चहलपहल अन्तर्गत शुक्रवार महादेवा गापा वडा नं.
- १ सोनरामा नेतृत्वहरुको विचमा ब्यापक छलफल पार्टी निर्माण तथा चुनावी चहलपहल एवम सम्भावित उम्मेदवारहरु दावी गर्नेहरुको नामावली समेत घोषणा गरियो ।
- सो अवसरमा महादेवा गाउँपालिकामा माओवादी केन्द्रको चुनावमा विजयीको सुनिश्चिताको लागी पार्टी एक ढिका भएर अगाडी वढ्ने माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज अशोक कुमार मण्डल (अमर) ले प्रतिवद्घता ब्यक्त गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया