सप्तरीमा चुनावी माहोल उत्कर्षमा

राजविराज राजविराज
|
शनिबार, बैशाख १७, २०७९
|
|
२६ पटक हेरिएको
Shares
सप्तरीमा चुनावी माहोल उत्कर्षमा

सारांश

  •     निर्वाचनको परिणाम आफ्नो पोल्टोमा पार्न दलहरु चुनावी रणनीति बनाउँदै मतदाताको घर घर पुग्न थालेका छन् ।
  •       बिहानैदेखी पैदलै तथा साइकल, मोटरसाइकल र चार पाङ्गग्रे गाडीमा आ–आफ्नो पार्टीको चुनाव चिन्ह र झण्डा फहराउँदै उम्मेदवार र उनका समर्थक मत माग्न मतदाताको घर पुग्न थालेका हुन् ।
  •     चुनावी माहोल तातिन थाल्दा मतदाताको पनि चासो बढ्दै गएको छ ।

दैनिक समाचारदाता
राजविराज, १६ बैशाख । 
    बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता भएसँगै सप्तरीमा चुनावी माहोल उत्कर्षमा पुगेको छ । 
    निर्वाचनको परिणाम आफ्नो पोल्टोमा पार्न दलहरु चुनावी रणनीति बनाउँदै मतदाताको घर घर पुग्न थालेका छन् । 
    बिहानैदेखी पैदलै तथा साइकल, मोटरसाइकल र चार पाङ्गग्रे गाडीमा आ–आफ्नो पार्टीको चुनाव चिन्ह र झण्डा फहराउँदै उम्मेदवार र उनका समर्थक मत माग्न मतदाताको घर पुग्न थालेका हुन् ।
    चुनावी माहोल तातिन थाल्दा मतदाताको पनि चासो बढ्दै गएको छ । छरछिमेकदेखी सार्वजनिक थलोसम्म चुनावी गफगाफ पहिलो प्राथमिकतामा परेको छ । इमान्दार, निर्भिक एवं नविन सोच भएकालाई जिताउनु पर्ने जनताले चाहनाले व्यक्त गरिरहेका छन् । उनीहरुले स्थानिय तहमा स्थिर स्वभाव मिलनसार र दलगत स्वार्थ भन्दा माथी उठेर सर्वहीत सोच राख्ने उम्मेदवारलाई जिताउनु पर्ने सुझाव पनि दिएका छन् ।
    विशेष गरि मधेश आन्दोलनको केन्द्र बिन्दु मानिएको सप्तरी सदरमुकाम राजविराजमा चुनावी चहलपहल उत्कर्षमा देखिन थालिएको छ । यहाँ नेपाली काँग्रेसबाट युवा नेता इर्साद अन्सारी, जनता समाजवादी पार्टीबाट भिमराज यादव, लोकतान्त्रिक समाजवादी पार्टीबाट दिपेन्द्र चौधरी तथा नेकपा माओवादी केन्द्रबाट निवर्तमान नगर प्रमुख शम्भु प्रसाद यादव चुनावी मैदानमा छन् । 
    यस्तै नेकपा एमालेबाट अनिल झा, नेकपा एकीकृत समाजवादीबाट नथुनी दास, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उमेश प्रसाद साह, नेपाल प्रगतिशिल पार्टीबाट अशोक साह तथा जनमत पार्टीबाट ममता झा पनि नगर प्रमुख पदमा उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन् । 
    सबै उम्मेदवार एक अर्कालाई हराउने दाऊमा लागेका छन् । यसै क्रममा विभिन्न दलका उम्मेदवार आ–आफ्नो नेता कार्यकर्ता र समर्थक राखेर गोप्य बैठक गरि चुनावी रणनीति बनाई धमाधम मतदाताको घर पुग्न थालेका छन्  ।
    प्रमुख राजनीतिक दलका उम्मेदवारहरुले स्थानिय मुद्दा समेटेर घोषणा पत्र र प्रतिद्धता पत्र पनि तयार गरि मतदाताको घरमा पु¥याउने गरेको दृश्य अबेर साँझसम्म देखिने गरेको छ । पार्टी प्रवेश, प्रशिक्षण र भेला गर्ने क्रम पनि ह्वातै बढेको छ । 
    ९ नगरपालिका र ९ गाउँपालिका गरि १८ स्थानिय तह रहेको जिल्लामा नगर प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य गरि कुल ८ सय ५६ पदका लागि हुने निर्वाचनमा ३ हजार ३ सय २ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । यस मध्ये ९ नगर प्रमुखका लागि ६४ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जानकारी दिएको छ । 
    कुल ४ लाख १२ हजार ४ सय ४२ मतदाता रहेको जिल्लामा आउँदो ३० बैशाखमा हुने निर्वाचनका लागि ५ सय ३६ मतदान केन्द्र कायम गरि धमाधम तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घरमा भण्डारण गरेको अवस्थामा १६ किलो भन्दा बढी गाजासहित एक पक्राउ 
घरमा भण्डारण गरेको अवस्थामा १६ किलो भन्दा बढी गाजासहित एक पक्राउ 
पटक पटक घोषणा गरेको सेवा सुविधाबाट बञ्चित रहेको भन्दै बालविकासकर्मी आन्दोलित
पटक पटक घोषणा गरेको सेवा सुविधाबाट बञ्चित रहेको भन्दै बालविकासकर्मी आन्दोलित
महिला दिवसमा लोकतान्त्रिक महिला संघद्वारा अन्तरक्रिया 
महिला दिवसमा लोकतान्त्रिक महिला संघद्वारा अन्तरक्रिया 
आगलागीमा एक गाई पोलेर घाइते
आगलागीमा एक गाई पोलेर घाइते
मानव बेचबिखन तथा ओसार पोसारबिरुद्ध ¥याली 
मानव बेचबिखन तथा ओसार पोसारबिरुद्ध ¥याली 
राजविराज आउँदै गरेको माइक्रो दुर्घटनामा, तीनको मृत्यु, आधा दर्जन बढी घाइते
राजविराज आउँदै गरेको माइक्रो दुर्घटनामा, तीनको मृत्यु, आधा दर्जन बढी घाइते
कला र संस्कृतीलाई राजनीतिबाट  अलग राख्नुपर्छ ः वक्ताहरु 
कला र संस्कृतीलाई राजनीतिबाट  अलग राख्नुपर्छ ः वक्ताहरु 
मतदाता र निर्वाचन अधिकृतको कार्यालयलाई  भ्रममा पार्न झुठो उजुरी ः शेखर सिंह
६ दिनमा सेनाले बनायो एक सय शैयाको आइसोलेशन
६ दिनमा सेनाले बनायो एक सय शैयाको आइसोलेशन
दुई महिना भित्रै राजबिराज नगरपालिकाको  मुहार फेरिने प्रमुख यादवको दाबी
दुई महिना भित्रै राजबिराज नगरपालिकाको  मुहार फेरिने प्रमुख यादवको दाबी

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह