दैनिक समाचारदाता
राजविराज, ३ जेठ ।
स्थानिय तह निर्वाचनको मतपरिणाम सप्तरीमा आउने क्रम सुरु भएको छ । जस अन्तरगत जिल्लाको दुई पालिकाको अन्तिम नतिजा मंगलबार सार्वजनिक भएको छ ।
जसअन्तरगत जिल्लाको सप्तकोशी नगरपालिकामा नेपाली काँग्रेसको प्रमुख र उपप्रमुख तथा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा नेकपा एमालेको अध्यक्ष र नेपाली काँग्रेसको उपाध्यक्ष निर्वाचित भएका छन् ।
मंगलबार घोषित मतपरिणाम अनुसार सप्तकोशी नगरपालिकामा नेपाली काँग्रेसका कृष्ण ढकाल र रिताकुमारी चौधरी क्रमश प्रमुख र उपप्रमुखमा निर्वाचित भएका छन् । ढकालले एमालेका उत्तम गौतमलाई १ हजार ५ सय २ मतले पराजित गरेका छन् । ढकालले ४ हजार ४ सय ६९ मत ल्याउँदा निकटत्तम प्रतिद्वन्दी गौतमले २ हजार ९ सय ६७ मत मात्र प्राप्त गरे । गौतम निर्वतमान नगर प्रमुख हुन् ।
उपमेयरमा रिताकुमारी चौधरीले ३ हजार ९५८ मत ल्याएर निर्वाचित भएकी छिन् भने उनकी प्रतिस्पर्धी एमालेकी संगीताकुमारी चौधरीले २ हजार २०० मत प्राप्त गरिन् ।
यस्तै अग्निसाइर कृष्णासवरण गाउँपालिकामा अध्यक्ष पदमा एमालेका दिनानाथ चौधरी र उपाध्यक्ष पदमा काँग्रेसकी कल्पनाकुमारी चौधरी निर्वाचित भएकी छिन् । यसअघिको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष पदमा बिजयी भएका पर्शुराम चौधरी यसपल्ट ९ सय ८६ मतले पराजित भएका छन् । दिनानाथले ४ हजार ८ सय ७४ मत ल्याउँदा पर्शुरामले ३ हजार ८ सय ८८ मत मात्र ल्याउन सफल भए ।
उपाध्यक्षमा कांग्रेसकी कल्पनाकुमारी चौधरीले ४ हजार २१६ मत ल्याएकी विजयी भएकी हुन् भने उनका निकटतम प्रतिद्वन्दी एमालेकी शैलेन्द्री लेखी थरुनीले ३ हजार ४५९ मत प्राप्त गरिन् । कुल ६ वटा वडा रहेको सो पालिकामा ३ वटामा कांग्रेस, २ वटामा एमाले र एउटामा माओवादी केन्द्रले जितेका छन् ।
जिल्लामा रहेका १८ मध्ये १६ पालिकाहरुमा मतगणना हुने क्रम जारि रहेको छ । मंगलबार साँझ सम्मको मतगणना अनुसार कंचनरुप नगरपालिका, सुरुङ्गा नगरपालिका, तिलाठी कोइलाडी र तिरहुत गाउँपालिकामा काँग्रेस अग्रस्थानमा छन् भने राजविराज नगरपालिका, बोदेबरसाइन नगरपालिका, राजगढ गाउँपालिका र विष्णुपुर गाउँपालिकामा जसपा अग्रस्थानमा छन् ।
यस्तै महदेवा, रुपनी, छिन्नमस्ता गाउँपालिकामा लोसपा, हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत तथा शम्भुनाथ नगरपालिकामा नेकपा एकीकृत समाजवादी अग्रस्थानमा छन् ।
यस्तै खडक नगरपालिकामा माओवादी केन्द्र तथा बलान विहुल गाउँपालिका र डाक्नेश्वरी नगरपालिकामा नेकपा एमालले अग्रता लिएका छन् ।
सप्तकोशीमा काँग्रेस र अग्निसाइरमा एमाले, दुबै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित
सारांश
- जसअन्तरगत जिल्लाको सप्तकोशी नगरपालिकामा नेपाली काँग्रेसको प्रमुख र उपप्रमुख तथा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा नेकपा एमालेको अध्यक्ष र नेपाली काँग्रेसको उपाध्यक्ष निर्वाचित भएका छन् ।
- मंगलबार घोषित मतपरिणाम अनुसार सप्तकोशी नगरपालिकामा नेपाली काँग्रेसका कृष्ण ढकाल र रिताकुमारी चौधरी क्रमश प्रमुख र उपप्रमुखमा निर्वाचित भएका छन् ।
- ढकालले एमालेका उत्तम गौतमलाई १ हजार ५ सय २ मतले पराजित गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया