धान रोपेर दिवस मनाइयो

राजविराज राजविराज
|
बुधबार, आषाढ १५, २०७९
|
|
२२ पटक हेरिएको
Shares
धान रोपेर दिवस मनाइयो

सारांश

  •     सो अवसरमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं.
  • ७ मंसापुर दही चिउरा र आँप खाँदै धान रोपेर मनाइएको छ ।
  •     सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीको आयोजनामा धान रोपेर दिवस मनाइएको हो ।

दैनिक समाचारदाता
राजविराज, १५ असार । 
    “धान बालिमा जैविक विविधता उपयोग, आयात प्रतिस्थापनामा सहयोग” मुलनाराका साथ  बुधबार १९ औ धान दिवस मुलुकभर मनाइएको छ । 
    सो अवसरमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ७ मंसापुर दही चिउरा र आँप खाँदै धान रोपेर मनाइएको छ ।
    सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीको आयोजनामा धान रोपेर दिवस मनाइएको हो ।
    स्थानिय कमलेश्वरी कृषक समुहका अध्यक्ष प्रमिलादेवी साहको अध्यक्षतामा आयोजित धान दिवस तथा रोपाई मोहत्सव कार्यक्रम सम्पन्न भएको छ  । 
    सेभ द सप्तरीका अध्यक्ष धुव्र देव, सचिव नरेन्द्र यादव, कार्यक्रम संयोजक संतोष यादव,  सेभ द चिल्ड्रेनको जिल्ला संयोजक खिलानाथ निरौला, कार्यक्रम संयोजक उमेश गुप्ता, इन्द्रबहादु हायु, देवकृष भगत, सेभ द चिल्ड्रनकै लेखाअधिकृत सुरेश यादव, सेभ द सप्तरीका फिल्ड अधिकृत सत्यनारायण थारु, बिष्णुकान्त देव र सेभ द सप्तरीकै कर्मचारीहरुमा बिदया मण्डल, मुकेश मण्डल फर्जना खातुन राजिव चौधरी, बिनिता यादव, भुपेन्द्र सदा रुपेश मण्डल लगायतका उपस्थित रहेको थियो ।
    यस्तै छिन्नमस्ता गाउँपालिका वडा नं. ७ स्थित हाटिमा समेत धान दिवस मनाइएको छ  । 
    लक्ष्मी कृषक समुहका अध्यक्ष सितादेवी सदाको अध्यक्षतामा आयोजित धान दिवसको अवसरमा सामुहित रुपमा धान रोपेर मनाइएको छ  । 
    सेभ द सप्तरीका फिल्ड अधिकृत मिथिलेश यादव, सुपरभाइजर रामचन्द्र यादव, समुदायिक परिचालक चमपालाल शर्मा, बद्री मण्डल, रुभा मण्डल लगायतको उपस्थित रहेको कृषि प्रबिधिक राम कुमार साहले जानकारी दिए ।  
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह