अदालतबाट न्याय पाउने विश्वास छ ः निलम्बित मेयर 

राजविराज राजविराज
|
शुक्रबार, आषाढ ३१, २०७९
|
|
३९ पटक हेरिएको
Shares
अदालतबाट न्याय पाउने विश्वास छ ः निलम्बित मेयर 

सारांश

  •     अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतमा आरोपपत्र दायर भएपछि शुक्रबार आफ्नै निवासमा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
  •       आफु न्यू गहिल कन्स्ट्रक्शन निर्माण सेवाको सञ्चालक रहदा राजरंङ्गशालामा भएको काम स्तरीय रहेको दावी गर्दै उनले उक्त कुरालाई ब्यूँताएर आफुलाई फसाउने प्रयास भएको जिकिर गरे ।
  •       सम्मानित अदालतबाट न्याय पाउने विश्वासका साथ उनले आफूमाथी भएको षड्यन्त्रबिरुद्ध सम्मानित अदालतबाट उचित न्याय मिल्ने जिकिर गरे ।

दैनिक समाचारदाता
राजविराज, ३१ असार ।     
    हाल निलम्बित रहेका राजविराज नगरपालिकाका मेयर भिमराज यादवले आफुलाई फसाउने षड्यन्त्र भएको बताएका छन् । 
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतमा आरोपपत्र दायर भएपछि शुक्रबार आफ्नै निवासमा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । 
    आफु न्यू गहिल कन्स्ट्रक्शन निर्माण सेवाको सञ्चालक रहदा राजरंङ्गशालामा भएको काम स्तरीय रहेको दावी गर्दै उनले उक्त कुरालाई ब्यूँताएर आफुलाई फसाउने प्रयास भएको जिकिर गरे । 
    सम्मानित अदालतबाट न्याय पाउने विश्वासका साथ उनले आफूमाथी भएको षड्यन्त्रबिरुद्ध सम्मानित अदालतबाट उचित न्याय मिल्ने जिकिर गरे ।
    मेयरका रुपमा पद वहाली भएको २ महिनाभित्रै नगरपरिषद्बाट नगर क्षेत्रमा सीसी क्यामेरा र वाइफाइ जडान, म्यूजियम निर्माण, अन्डरग्राउण्ड पार्किङ, विपन्न परिवारलाई परिचय पत्र र राशन कार्ड वितरण लगायतका विभिन्न महत्वाकांक्षी विकासीय योजनाहरु स्वीकृत गराइ कतिपय योजनाको काम समेत सुरु भइसकेको अवस्थामा आफुमाथि षड्यन्त्र भएको उनको दावी छ । 
    आर्थिक वर्ष ०७४÷०७५ मा जिल्ला खेलकुद विकास समिति सप्तरीसँग न्यू गहिल कन्स्ट्रक्सन निर्माण कम्पनीले राजविराजस्थित राजरंङ्गशालखाको स्तरोन्नति कार्यको ठेक्का लिएको थियो । सो निर्माण कम्पनीका तत्कालिन सञ्चालक रहेका यादवले निर्धारित शर्त तथा मापदण्ड विपरित कार्य गरी काम गरेको भन्दा २ लाख ६३ हजाुर ४ सय ६८ रुपैयाँ ४० पैसा बढी भुक्तानी लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधवार भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८(४) अनुसारको विगो, कैद र जरिवानाको माग गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो । 
    विशेष अदालतमा आरोप पत्र दायर भएपछि कानूनी व्यवस्थाअनुसार मेयर यादव हाल निलम्बित अवस्थामा छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गैसस सप्तरीका अध्यक्षमा दिपक झा सर्वसम्मत चयन
गैसस सप्तरीका अध्यक्षमा दिपक झा सर्वसम्मत चयन
डिनको छैठो जिल्ला अधिवेशन सम्पन्न
डिनको छैठो जिल्ला अधिवेशन सम्पन्न
एकै साथ विद्यार्थी राजनीति सुरु गरेका  दुई पार्टीका नेताहरु एउटै मञ्चमा
एकै साथ विद्यार्थी राजनीति सुरु गरेका दुई पार्टीका नेताहरु एउटै मञ्चमा
विष्णुपुर गाउँपालिकाले बजेटको ठूलो भाग कृषि र शिक्षामा छुट्यायो, कृषि मिटरको महशुल गाउँपालिकाले नै तिर्ने निर्णय
विष्णुपुर गाउँपालिकाले बजेटको ठूलो भाग कृषि र शिक्षामा छुट्यायो, कृषि मिटरको महशुल गाउँपालिकाले नै तिर्ने निर्णय
सप्तरीमा ९ हजार ३१ विद्यार्थी एसइईमा सहभागि  
सप्तरीमा ९ हजार ३१ विद्यार्थी एसइईमा सहभागि  
डाक्नेश्वरी नगरपालिका अब आफ्नै भवनमा, ५७ कोठ्ठे सहितको तीन तल्ले भवन तयार
डाक्नेश्वरी नगरपालिका अब आफ्नै भवनमा, ५७ कोठ्ठे सहितको तीन तल्ले भवन तयार
किरा र लेदोसहितको बोतलको पानी बजारमा, पानी पिएर दुई जना बिरामी 
किरा र लेदोसहितको बोतलको पानी बजारमा, पानी पिएर दुई जना बिरामी 
एक महिना भित्र सडकहरुको निर्माण सम्पन्न गर्न मन्त्री यादवद्वारा निर्देशन
एक महिना भित्र सडकहरुको निर्माण सम्पन्न गर्न मन्त्री यादवद्वारा निर्देशन
विपद् कोषमा मन्त्री साहद्वारा एक लाख सहयोग
विपद् कोषमा मन्त्री साहद्वारा एक लाख सहयोग
नागरिकता विधेयक खारेजीको माँग गर्दै नेवि संघद्वारा मसाल जुलुस प्रदर्शन
नागरिकता विधेयक खारेजीको माँग गर्दै नेवि संघद्वारा मसाल जुलुस प्रदर्शन