दैनिक समाचारदाता
राजविराज, ५ साउन ।
राजविराज भन्सार कार्यालयले लक्ष्य लिएको भन्दा ३९ प्रतिशत कम राजश्व संकलन गरेको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ बेल्हीस्थित भन्सार कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा ४ करोड १७ लाख ६४ हजार राजश्व संकलन गरेको हो । यो राजश्व लक्ष्य भन्दा ३९ प्रशित कम हो । कार्यालयले ६ करोड ८४ लाख २० हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
भन्सार कार्यालयका प्रमुख दिपेन्द्र झाले कर्मचारीको समस्या, कोरोना महामारी, खुल्ला सिमाना, बाटोको समस्या, स्थानिय तह निर्वाचन लगायतका विविध कारणले लक्ष्य अनुसारको सफलता नमिलेको बताएका छन् ।
जिल्लाबाट निकासी, पैठारी, लिलामी र अस्थायी पैठारी लगायतका कारोबारबाट ०७८÷७९ मा सो परिमाणको राजश्व संकलन भएको हो । उनले आ.ब. २०७८÷०७९ मा सशस्त्र प्रहरीले सर्वाधिक ५ सय ८७, नेपाल प्रहरीले ४ सय ६३ र भन्सार कर्मचारीहरुबाट १४ गरि कुल १ हजार ६४ लिलामी मुद्दा यस कार्यालयमा बुझाइएकोमा २ सय मुद्दाको लिलामी कार्य सम्पन्न भइसकेको र ४ सय ९९ मुद्दा एक दुई दिनमै लिलामीमा टुंग्याउने सम्पूर्ण तयारी र प्रक्रिया पुरा गरिएको जानकारी पनि दिए ।
जिल्लामा मुख्य भन्सार कार्यालय १ र छोटी भन्सार ७ सहित ८ वटा भन्सार कार्यालय छन् । जसमध्ये बेल्ही र पातो छोटी भन्सार कार्यालय मात्र संचालनमा छन् । उक्त दुबै छोटी भन्सारबाट पनि अपेक्षा अनुसारको राजश्व संकलन हुन नसकेको उनले बताए ।
राजविराज भन्सार कार्यालयद्वारा लक्ष्य भन्दा ३९ प्रतिशत कम राजश्व संकलन
सारांश
- सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ बेल्हीस्थित भन्सार कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा ४ करोड १७ लाख ६४ हजार राजश्व संकलन गरेको हो ।
- यो राजश्व लक्ष्य भन्दा ३९ प्रशित कम हो ।
- कार्यालयले ६ करोड ८४ लाख २० हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया