कुट्नेलाई तारेखमा छाडेको भन्दै पीडितलाई अचेत अवस्थामै अदालत परिसरमा ल्याइए 

राजविराज राजविराज
|
सोमबार, श्रावण ९, २०७९
|
|
३६ पटक हेरिएको
Shares
कुट्नेलाई तारेखमा छाडेको भन्दै पीडितलाई अचेत अवस्थामै अदालत परिसरमा ल्याइए 

सारांश

  •     उनलाई कुटपिट गर्ने ब्यक्ती अदालतबाट १ लाख ५० हजार धरौटीमा रिहा भएपछि न्यायका लागि आफन्तजनले उनलाई टेम्पोबाट अदालत परिसरमा ल्याएका थिए ।
  • दुई महिनाअघि भएको निर्घात कुटपिटबाट जीवनमरणको दोसाँधमा पुगेका उनकोे अवस्था अति चिन्ताजनक रहेको छ ।
  •       विराटनगरस्थित न्युरो अस्पतालमा टाउकोको शल्यक्रिया तथा अन्य उपचार गराएको करिब डेढ महिना भईसक्दा पनि उनको होस खुलेको छैन ।

दैनिक समाचारदाता
राजविराज, ९ साउन । 
    सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका वडा नं. ५ भीमार टोलका ४० वर्षिय बिरेन्द्र यादवका आफन्तले उनलाई सोमवार सप्तरी जिल्ला अदालत परिसरमा ल्याएर राखेका छन् । 
    उनलाई कुटपिट गर्ने ब्यक्ती अदालतबाट १ लाख ५० हजार धरौटीमा रिहा भएपछि न्यायका लागि आफन्तजनले उनलाई टेम्पोबाट अदालत परिसरमा ल्याएका थिए । दुई महिनाअघि भएको निर्घात कुटपिटबाट जीवनमरणको दोसाँधमा पुगेका उनकोे अवस्था अति चिन्ताजनक रहेको छ । 
    विराटनगरस्थित न्युरो अस्पतालमा टाउकोको शल्यक्रिया तथा अन्य उपचार गराएको करिब डेढ महिना भईसक्दा पनि उनको होस खुलेको छैन । अहिले सम्म निको नभएको र चिकित्सकले उपचार सम्भव नभएकाले घर मै राख्नु भने पछी लिएर आएको उनको छोरा मिथलेशले बताए । 
    उनका अनुसार उपचारका क्रममा १८ लाख रुपैया खर्च भईसक्दा पनि निको नभएको र चिकित्सकले अब बचाउने अवस्था नरहेको भने पछी वेहोसै अवस्थामा लिएर आएको सुनाए । 
    उनका अनुसार गत जेठ १४ गते विहान ७ बजे तीर बुवा विरेन्द्र हलो गोरु लिएर खेत तर्फ निस्केका थिए । सोही क्रममा छिमेकी जोगिन यादवको बारीमा लगाइएको तरकारीको लहरा गोरुले खाईदिएपछि आक्रोसित जोगिन र उनका परिवारका सदस्य विनोद यादव, सरोज यादव लगायतले बाँस र काठको चिरपटले बुवा विरेन्द्रमाथी साँघातिक आक्रमण गरेको मिथलेशले बताए । 
    यसबारे सोही दिन घाईते विरेन्द्रका दाजु नारायणले इलाका प्रहरी कार्यालय कंचनपुरमा पिडक विरुद्ध किटानी जाहेरी दिएपछी जोगिन यादव पक्राउ परेका थिए । 
    प्रहरीले जोगिनलाई पक्राउ गरी अदालतबाट म्याद थपी अनुसन्धान शूरु गरेको र प्रक्रिया सकिए पछी अदालतमा उपस्थित गराउँदा असार १४ गते जोगिन १ लाख ५० हजार धरौटीमा रिहा भए पछी पिडीतका आफन्त आक्रोसित भएका हुन । 
    सप्तरी जिल्ला अदालतका न्यायाधिश प्रमेश पोखरेलद्वारा जारी आदेश–पर्चामा पछी ठहरे बमोजिम हुने गरी हाल प्रतिवादी जोगिनबाट मुलुकी कार्यवीधी संहिता, २०७४ को दफा ७२ को आधारमा सोही ऐनको दफा ६८ बमोजिम रु १ लाख ५० हजार नगद वा सो वराबरको जेथा जमानत वा बंैक जमानत दिए लिइ पुर्पक्षका निम्ती तारेखमा राख्नु उल्लेख छ । 
    न्यायका लागी अदालत परिसर भित्रै यसरी जीवन मरणको दोसाँधमा रहेका व्यक्तीलाई ल्याई राखिएको जिल्लामै पहिलो घटना हो । 
    यसैबीच अदालतका जिम्मेवार अधिकारीहरुले यो अन्तिम फैसला नभई मुद्दाको प्रारम्भीक आदेश भएको र चित्त नबुझे उच्च अदालतमा निवेदन दिने अवस्था विद्यमान रहेको भन्दै सिकिस्त विरामीलाई यसरी अदालत प्राङ्गनमा नराख्न आग्रह गरेपछी ३ घण्टा पश्चात बुवालाई लिई घर फर्केका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबै भन्दा बढी मतदाता रहेको सप्तरी १ मा दुबै  गठबन्धन तथा स्वतन्त्र उम्मेदवारबीच चुनावी भिडन्त
सबै भन्दा बढी मतदाता रहेको सप्तरी १ मा दुबै गठबन्धन तथा स्वतन्त्र उम्मेदवारबीच चुनावी भिडन्त
अजिमुद्दिनको हत्यामा संलग्न भएको आरोपमा एक महिलासहित चार पक्राउ
अजिमुद्दिनको हत्यामा संलग्न भएको आरोपमा एक महिलासहित चार पक्राउ
तिलाठीमा अन्तर्राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता सुरु
तिलाठीमा अन्तर्राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता सुरु
निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष साह जसपामा प्रवेश
निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष साह जसपामा प्रवेश
स्व. गजेन्द्र बाबुको जन्मजयन्ती मनाईयो
स्व. गजेन्द्र बाबुको जन्मजयन्ती मनाईयो
मित्रमिलन समारोहमा टिम कालो ८ विकेटले बिजयी
मित्रमिलन समारोहमा टिम कालो ८ विकेटले बिजयी
मालपोतका निमित्त प्रमुख र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ 
मालपोतका निमित्त प्रमुख र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ 
वास्तविक न्याय नपाएका निमुखाका लागि न्यायमा सहज पहुच पु¥याउनुपर्नेमा जोड 
वास्तविक न्याय नपाएका निमुखाका लागि न्यायमा सहज पहुच पु¥याउनुपर्नेमा जोड 
बिद्यालयहरुलाई कोभिड १९ बाट जोगिन स्वास्थ्य सामग्री सहयोग
बिद्यालयहरुलाई कोभिड १९ बाट जोगिन स्वास्थ्य सामग्री सहयोग
एनएमबी बैंकको दुई स्थानमा शाखारहित बैकिङ कारोबार सुरु
एनएमबी बैंकको दुई स्थानमा शाखारहित बैकिङ कारोबार सुरु

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह