एक वर्षको अवधीमा १ सय ४ वटा आत्महत्याका घटना

राजविराज राजविराज
|
शुक्रबार, श्रावण १३, २०७९
|
|
३७ पटक हेरिएको
Shares
एक वर्षको अवधीमा १ सय ४ वटा आत्महत्याका घटना

सारांश

  •     आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक अविनारायण काफ्लेले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सोही अवधीमा जिल्लामा विभिन्न अपराधका ८ सय ३० घटना दर्ता भएको जानकारी दिए ।
  •       उनले अभद्र व्यवहारका सर्वाधिक १ सय ६२ मुद्दा दर्ता भएको जानकारी दिँदै भवितब्य ज्यानका १ सय ७ र लागुऔषधका १ सय ५ वटा मुद्दा दर्ता भएको उल्लेख गरे ।
  •       यस्तै ज्यान मार्ने उद्योगका ३८, सवारी ज्यानका ६९, चोरीका ५१, कर्तव्य ज्यानका १४ र जबरजस्तीकरणीका २५ वटा घटना प्रहरीमा दर्ता भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १३ साउन । 
    सप्तरीमा आत्महत्याको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ । यस जिल्लामा एक वर्षको अवधीमा १ सय ४ वटा आत्महत्याका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार गरेको पत्रकार सम्मेलनमा सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।  
    आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक अविनारायण काफ्लेले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सोही अवधीमा जिल्लामा विभिन्न अपराधका ८ सय ३० घटना दर्ता भएको जानकारी दिए । 
    उनले अभद्र व्यवहारका सर्वाधिक १ सय ६२ मुद्दा दर्ता भएको जानकारी दिँदै भवितब्य ज्यानका १ सय ७ र लागुऔषधका १ सय ५ वटा मुद्दा दर्ता भएको उल्लेख गरे । 
    यस्तै ज्यान मार्ने उद्योगका ३८, सवारी ज्यानका ६९, चोरीका ५१, कर्तव्य ज्यानका १४ र जबरजस्तीकरणीका २५ वटा घटना प्रहरीमा दर्ता भएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा यसरी दर्ता भएका घटना मध्येका फरार अपराधीको संख्या भने ४ सय १७ रहेको प्रहरीद्वारा उपलब्ध गराइएको वार्षिक प्रतिवेदनले देखाएको छ । फरार रहेकाहरुको खोजि कार्य तिब्र बनाइएको प्रहरीले जनाएको छ ।
    सोही पत्रकार सम्मेलनमा फरार अभियुक्तमाथी कडा निगरानी र अनुसन्धान बढाएसँगै विभिन्न जघन्य अपराधका अभियुक्त पक्राउ पर्ने क्रम बढेको बताउँदै प्रहरी उपरिक्षक काफ्लेले सप्तरी प्रहरीले आर्थिक वर्ष २०७८÷७९ मा ४ सय ४ जना फरार अभियुक्तलाई पक्राउ गरेको तथ्याङ्क सार्वजनिक गरे । 
    ठूल्ठूला अपराध गरेर भाग्ने र लुकिछिपी बसेको अवस्थामा नेपाल प्रहरीले सुराकी र अनुसन्धानको आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको उनले बताए । उनका अनुसार विगतमा ठूल्ठूला अपराध गरि विभिन्न ठाउँमा लुकेर बसेको अभियुक्त माथी प्रहरीले अपरेशन बढाएको छ । 
    फरार अभियुक्त पक्राउ गरि फैसला कार्यान्वयन गर्दा प्रहरीले राजश्व समेत बढाएको छ । आर्थिक वर्ष २०७८÷७९ मा फरार अभियुक्तको जरिवानाबाट १० लाख ८९ हजार १ सय २६ रुँपैया राजश्व संकलन गरेको छ । यस्तै उनीहरुबाट १ सय ३ वर्ष ८ महिना २६ दिन कैद सजाय असुल भएको छ ।
    यस्तै प्रहरीले शुक्रबार नै राजविराजस्थित भगवती मन्दिर नजिकैबाट कर्तव्य ज्यानका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । 
    यसअवधीमा लागु औषध मुद्दामा १ सय ४१ जना पक्राउ परेका छन् । यसले लागु औषधका दुव्र्यसनी र कारोवारीको संख्यामा बृद्धि भएको तथ्याङ्कले देखाएको छ । 
    यस्तै डिएसपी माधवप्रसाद काफ्लेले यस अवधीमा एक भारतीय नागरिकसहित तीनजनालाई पक्राउ गरि श्रोत नखुलेको १७ लाख १८ हजार रुँपैया जफत गरि भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए । 
    भन्सार छलि अवैध रुपमा भित्राइएको २ करोड ७१ लाख ३४ हजार ८९ रुँपैयाको विभिन्न अवैध मालसामानसहित ४० जना कारोवारीलाई पक्राउ गरि भन्सार कार्यालयमा बुझाइएको तथ्याङ्कले देखाएको छ । 
    जनशक्तिको अभावको बाबजुद शान्तिसुरक्षाका लागि भएको श्रोतसाधनको उच्चत्तम परिचालन गरि अपराध नियन्त्रणमा खटेको उल्लेख गर्दै वार्षिक प्रतिवेदनमा अपराध मुक्त र सुरक्षित समाज निर्माणका लागि आर्थिक वर्ष २०७८÷७९ मा महिला हिंसा सम्बन्धी १४, लागुऔषध सम्बन्धी २४, लौङ्गिक हिंसा सम्बन्धी २२, सरसफाई सम्बन्धी ४४, कोरोना बिरुद्धको ६५, जातिय छुवाछुत बिरुद्धका एक, ट्राफिक नियम पालनाका १५ र साइबर क्राइमका २ लगायतका गरि ६ सय २५ वटा सचेतना कार्यक्रम गरिएको र यसबाट ४ लाख ३३ हजार १ सय ४२ जना लाभान्वित भएको वार्षिक प्रतिवेदनमार्फत जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाको त्रासप्रति राजविराज कारागारमा सतर्कता बढाइयो
कोरोनाको त्रासप्रति राजविराज कारागारमा सतर्कता बढाइयो
यूवाहरुलाई प्रोत्साहनका लागी मधेश प्रदेश सरकारले  सकेसम्म पहल गर्ने ः मुख्यमन्त्री सिंह
यूवाहरुलाई प्रोत्साहनका लागी मधेश प्रदेश सरकारले  सकेसम्म पहल गर्ने ः मुख्यमन्त्री सिंह
बाढीका कारण गाईघाट कदमाहा सडकखण्ड अबरुद्ध 
बाढीका कारण गाईघाट कदमाहा सडकखण्ड अबरुद्ध 
व्यवस्थित नहुँदै प्रयोगमा ल्याउँदा लथालिङ बन्यो शौचालय, दुर्गन्धले विद्यार्थीदेखी सर्वसाधारण समस्यामा
व्यवस्थित नहुँदै प्रयोगमा ल्याउँदा लथालिङ बन्यो शौचालय, दुर्गन्धले विद्यार्थीदेखी सर्वसाधारण समस्यामा
आजदेखी साझा पर्व छठ विधिवत रुपमा सुरु
आजदेखी साझा पर्व छठ विधिवत रुपमा सुरु
सरसफाईमा जुटे सुरक्षा निकाय,  अग्निपीडित बस्तीमा खानेपानी सरसफाई सुविधा पु¥याइदै
सरसफाईमा जुटे सुरक्षा निकाय,  अग्निपीडित बस्तीमा खानेपानी सरसफाई सुविधा पु¥याइदै
क्रिकेटको बिकासका लागि प्रतिष्ठान गठन
जिल्ला बारको नेतृत्वका लागि डोमन र महेश्वर साहको समूहद्वारा उम्मेदवारी दर्ता 
जिल्ला बारको नेतृत्वका लागि डोमन र महेश्वर साहको समूहद्वारा उम्मेदवारी दर्ता 
आइफोन र मोबाइलसहित युवक पक्राउ  
आइफोन र मोबाइलसहित युवक पक्राउ  
मलाह कल्याण संघले थालेको रिले अनसन चौथो दिन पनि जारि 
मलाह कल्याण संघले थालेको रिले अनसन चौथो दिन पनि जारि