साइकलबाट बाबा धामका यात्रा 

राजविराज राजविराज
|
मंगलबार, श्रावण २४, २०७९
|
|
२७ पटक हेरिएको
Shares
साइकलबाट बाबा धामका यात्रा 

सारांश

  •     मैथिली भाषा, कला र संस्कृतीको प्रचार प्रसार तथा संरक्षणका विषयमा सन्देश दिने उद्देश्यले छिन्नमस्ता गाउँपालिकास्थित भोलाबाबा र छिन्नमस्ता भगवती मन्दिर तथा राजविराजस्थित राजदेवी मन्दिरमा समेत पुजापाठ गरी ३ सय ३८ किलो मिटरको बाबाधाम यात्राका लागी प्रस्थान गरेका हुन ।
  •       साइकल यात्रीको उक्त टोलीमा १६ वर्षिय किशोर सरोज रामदेखी ७२ वर्षिय बृद्ध नारायण यादव सम्म सहभागी छन् ।
  • मिथिला बोलबम अभियानमा निस्केको साइकल यात्रुको टोली १० दिनमा भारत बिहार राज्यको झारखण्डस्थित प्रसिद्ध देवघर मन्दिरमा पुग्ने अनुमान गरिएको अभियानकी आयोजक मिथिला साहित्य कला प्रतिष्ठान सप्तरीकी अध्यक्ष रमिला साहले बताइन ।

दैनिक समाचारदाता
राजविराज, २४ साउन । 

    सप्तरीबाट २२ जनाको टोली साइकलबाटै भारतको झारखण्ड राज्यस्थित प्रसिद्ध मन्दिर देवघर (बाबा धाम) को धार्मिक यात्राका लागि मंगलबार प्रस्थान गरेका छन् ।
    मैथिली भाषा, कला र संस्कृतीको प्रचार प्रसार तथा संरक्षणका विषयमा सन्देश दिने उद्देश्यले छिन्नमस्ता गाउँपालिकास्थित भोलाबाबा र छिन्नमस्ता भगवती मन्दिर तथा राजविराजस्थित राजदेवी मन्दिरमा समेत पुजापाठ गरी ३ सय ३८ किलो मिटरको बाबाधाम यात्राका लागी प्रस्थान गरेका हुन । 
    साइकल यात्रीको उक्त टोलीमा १६ वर्षिय किशोर सरोज रामदेखी ७२ वर्षिय बृद्ध नारायण यादव सम्म सहभागी छन् । मिथिला बोलबम अभियानमा निस्केको साइकल यात्रुको टोली १० दिनमा भारत बिहार राज्यको झारखण्डस्थित प्रसिद्ध देवघर मन्दिरमा पुग्ने अनुमान गरिएको अभियानकी आयोजक मिथिला साहित्य कला प्रतिष्ठान सप्तरीकी अध्यक्ष रमिला साहले बताइन ।     साइकल यात्रामा सहभागी प्रतिष्ठानका सहसचिव सुभाष विरपुरियाले दैनिक ४० देखी ४५ किलोमिटरका दरले बाटो तय गर्ने बताए । यात्राका क्रममा ठाउँ ठाउमा मैथिली भाषा, कला, संस्कृती र साहित्य बारे जनजागरणका कार्यक्रम पनि गर्ने उनले बताए । 
    उक्त अभियानको प्रायोजक काठमाण्डौस्थित लक्की ज्वेलर्स रहेका छन भने छिन्नमस्ता गाउपालिकाले समन्वय गरेको उनले बताए । 
    साइकल यात्रामा निस्केका यात्रीहरुका लागी प्रतिष्ठानकी अध्यक्ष साह, वडाअध्यक्ष ललन प्रसाद यादव, समाजसेवी फुलो देवी यादव लगायतले बोलबम पोशाक, प्राथमिक स्वास्थ्य उपचारका लागी औषधी लगायतका समाग्री उपलब्ध गराएका छन् । 
    राजदेवी मन्दिरबाट साइकल यात्रामा निक्केका टोलीलाइ प्रतिष्ठानकी अध्यक्ष साह, मैथिली साहित्य परिषदका पुर्व अध्यक्ष देवेन्द्र मिश्र लगायतले विदाई गरेका थिए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनमत पार्टीको प्रदर्शन
जनमत पार्टीको प्रदर्शन
प्रधानमन्त्री कप प्रदेश छनौटमा सप्तरी बिजयी 
प्रधानमन्त्री कप प्रदेश छनौटमा सप्तरी बिजयी 
शौचालय भित्र शरीरमा आगो लगाई महिलाले गरिन आत्महत्या
शौचालय भित्र शरीरमा आगो लगाई महिलाले गरिन आत्महत्या
सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण हुने ः मन्त्री विश्वकर्मा
सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण हुने ः मन्त्री विश्वकर्मा
पूर्वप्रधान सेनापति कटवालले सुरु गरे ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ 
पूर्वप्रधान सेनापति कटवालले सुरु गरे ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ 
शिवको मुर्ति स्थापनाका लागि सांसद डा. यादवद्वारा २५ लाख आर्थिक सहयोग
उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
प्रदेशस्तरीय फुटबल प्रतियोगिताको फाइनल खेलमा मुख्यमन्त्री आउने 
एक पटक मात्र जनता सेवा गर्ने अवसर दिनुस् ः डा सीके राउत
एक पटक मात्र जनता सेवा गर्ने अवसर दिनुस् ः डा सीके राउत
शैक्षिक हड्तालले पठन पाठन ठप्प, एक लाख २५ हजार बढी विद्यार्थी प्रभावित