दैनिक समाचारदाता
राजविराज, ७ असोज ।
४३ औं सामाजिक सेवा दिवसको अवसरमा सवल नेपालले जनहित पवल लाल आधारभुत बिधालय बनरझुलालाई फरक क्षमता भएका बिधार्थीहरूको लागि शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।
सप्तरीको खडक नगरपालिक वडा नम्वर ३ स्थित सो बिधालयमा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सबल नेपालद्धारा फरक क्षमता भएका विद्यार्थीहरुका लागि श्रोत विद्यालय सवलीकरण गर्न शैक्षिक, खेलकुद, पोषाक, मर्मत सम्भार, रंगरोघन, स्वास्थ्य तथा सरसफाईसहित छात्रावास व्यवस्थापनका लागि सामाग्री हस्तान्तरण गरिएको हो ।
उक्त बिधालयको बालवालिकाहरूको शिक्षा र स्वास्थ, खेलकुद, कक्षाकोठाको मर्मत सम्भार तथा कक्षाकोठाको भौतिक पुर्वाधार सुधारको साथै बिधालयको रंगरोघनका लागी ७ लाख बराबरको सहयोग गरेको सबल नेपालका समुन्नती कार्यक्रम संयोजक रोशन मण्डलले जानकारी दिए ।
सो कार्यक्रममा खडक नगरपालिका नगर प्रमुख जयप्रकाश चौधरी, उपमेयर रिता चौधरी, खडक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र कुमार श्रेष्ठले सबल नेपालले शिक्षा, स्वास्थ क्षेत्रमा पु¥याएको सहयोग प्रशंसा गरेका थिए ।
विद्यालयका संस्थापक अध्यक्ष विरेन्द्र चौधरीले दातृ निकाय तथा सवल नेपालाई धन्यवाद दिदैँ सधै सहयोग अपेक्षा राख्दै समुदायिक विद्यालयमा लगानी बढाउन, अभिभावकहरुलाई नियमित विद्यालय अनुगमन गर्न विद्यालयलाई आवश्यक सल्लाह सुझाव दिन आग्रह गरे ।
विद्यालयमा ९८ छात्र, १ सय १५ छात्रा गरि जम्मा २ सय १३ जना अध्यनरत रहेका छन् भने १३ जना फरक क्षमता भएका विद्यार्थीहरू छात्रावासमा रही अध्ययन गरि रहेको छ भने जसमा १० छात्र र ३ जना छात्रा रहेका छन ।
बिद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण
सारांश
- सप्तरीको खडक नगरपालिक वडा नम्वर ३ स्थित सो बिधालयमा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सबल नेपालद्धारा फरक क्षमता भएका विद्यार्थीहरुका लागि श्रोत विद्यालय सवलीकरण गर्न शैक्षिक, खेलकुद, पोषाक, मर्मत सम्भार, रंगरोघन, स्वास्थ्य तथा सरसफाईसहित छात्रावास व्यवस्थापनका लागि सामाग्री हस्तान्तरण गरिएको हो ।
- उक्त बिधालयको बालवालिकाहरूको शिक्षा र स्वास्थ, खेलकुद, कक्षाकोठाको मर्मत सम्भार तथा कक्षाकोठाको भौतिक पुर्वाधार सुधारको साथै बिधालयको रंगरोघनका लागी ७ लाख बराबरको सहयोग गरेको सबल नेपालका समुन्नती कार्यक्रम संयोजक रोशन मण्डलले जानकारी दिए ।
- सो कार्यक्रममा खडक नगरपालिका नगर प्रमुख जयप्रकाश चौधरी, उपमेयर रिता चौधरी, खडक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र कुमार श्रेष्ठले सबल नेपालले शिक्षा, स्वास्थ क्षेत्रमा पु¥याएको सहयोग प्रशंसा गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया