दैनिक समाचारदाता
राजविराज, २१ असोज ।
सप्तरीमा कार्यरत एक सशस्त्र प्रहरीका असईको छिमेकी मुलुक भारतको बिहार राज्यस्थित सुपौल जिल्लाको नयाँ बस्ती भन्ने स्थानमा बिहीबार शव फेला परेको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित सशस्त्र प्रहरी वेश क्याम्पमा दरबन्दी रहेको सिरहा जिल्ला निवासी ४० वर्षिय असई सत्यनारायण यादवको अर्धनग्न अवस्थामा शव फेला परेको सशस्त्र प्रहरी बल हेडक्वाटर गण नं. ६ का प्रहरी उपरिक्षक प्रदिप खडकाले जानकारी दिएका छन् ।
असई यादवको शव फेला परेको खबर प्राप्त भएपछि सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक खड्कासहितको टोली घटनास्थल पुगि उनको शव लिई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पु¥याइएको छ ।
यता घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सशस्त्रका असई भारतमा मृत फेला
सारांश
- सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित सशस्त्र प्रहरी वेश क्याम्पमा दरबन्दी रहेको सिरहा जिल्ला निवासी ४० वर्षिय असई सत्यनारायण यादवको अर्धनग्न अवस्थामा शव फेला परेको सशस्त्र प्रहरी बल हेडक्वाटर गण नं.
- ६ का प्रहरी उपरिक्षक प्रदिप खडकाले जानकारी दिएका छन् ।
- असई यादवको शव फेला परेको खबर प्राप्त भएपछि सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक खड्कासहितको टोली घटनास्थल पुगि उनको शव लिई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पु¥याइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया