बालबालिकालाई पोशाक वितरण

राजविराज राजविराज
|
बिहिबार, पौष २८, २०७९
|
|
२६ पटक हेरिएको
Shares
बालबालिकालाई पोशाक वितरण

सारांश

  •     बालविकास केन्द्रदेखि कक्षा ८ सम्मका सो विद्यालयका २ सय ४६ बालबालिकालाई सर्ट, पाइन्ट, सुइटर र जुत्ता प्रदान गरिएको हो ।
  •       वडा कार्यालयले विनियोजित रकमबाट पोशाक वितरण गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
  •       पोशाक वितरण कार्यक्रममा बोल्दै गाउँपालिकका अध्यक्ष अरुण कुमार मण्डलले गुणस्तरीय शिक्षा आफ्नो प्राथमिकता रहेकोले खस्किदै गएको शिक्षाको अवस्थालाई सुधार गर्न सबै पक्ष लाग्नुपर्ने बताए ।

दैनिक समाचारदाता
राजविराज, २८ पुस ।

    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ बनरझुलास्थित राजाजी आधारभूत विद्यालयका विद्यार्थीलाई विहिबार पोशाक वितरण गरिएको छ ।
    बालविकास केन्द्रदेखि कक्षा ८ सम्मका सो विद्यालयका २ सय ४६ बालबालिकालाई सर्ट, पाइन्ट, सुइटर र जुत्ता प्रदान गरिएको हो । 
    वडा कार्यालयले विनियोजित रकमबाट पोशाक वितरण गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए । 
    पोशाक वितरण कार्यक्रममा बोल्दै गाउँपालिकका अध्यक्ष अरुण कुमार मण्डलले गुणस्तरीय शिक्षा आफ्नो प्राथमिकता रहेकोले खस्किदै गएको शिक्षाको अवस्थालाई सुधार गर्न सबै पक्ष लाग्नुपर्ने बताए ।
    उनले बालबालिकाको शिक्षाको अवस्थामा सुधार ल्याउन अभिभावक समेत सचेत हुनु जरुरी रहेको उनको भनाई थियो । 
    त्यस्तै सोही कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष ललन प्रसाद राउतले शिक्षाको स्तरवृद्धिका लागि आफू लागि परेको बताउँदै आफ्नो वडाको चार वटै विद्यालयका बालबालिकालाई प्रत्येक बर्ष पोशाक वितरण गर्ने योजना रहेको जानकारी दिए । 
    वडा अध्यक्ष ललन प्रसाद राउतको अध्यक्षतामा आयोजित पोशाक वितरण कार्यक्रममा वडा सदस्यद्वय राजेन्द्र प्रसाद राय र हिरालाल साहु, सत्यनारायण मुखिया, नन्दकिशोर राय, देवराम शर्मा लगायतकाले मन्तब्य दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्राधिकरणद्वारा ४ सय ४३ थान विद्युत मिटर निःशुल्क बितरण
प्राधिकरणद्वारा ४ सय ४३ थान विद्युत मिटर निःशुल्क बितरण
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन माग गर्दै १६ दिनदेखी अनशन
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन माग गर्दै १६ दिनदेखी अनशन
पुसी पुर्णिमाको अवसरमा सप्तकोशीमा घुँइचो
पुसी पुर्णिमाको अवसरमा सप्तकोशीमा घुँइचो
बन्दको सूचना टाँसेर काम गरेको भन्दै मालपोतमा धर्ना
बन्दको सूचना टाँसेर काम गरेको भन्दै मालपोतमा धर्ना
संस्कृति ज्ञान परिक्षामा २३ जनाले बराबरी अंक ल्याएपछि गोलाप्रथाद्वारा नतिजा
संस्कृति ज्ञान परिक्षामा २३ जनाले बराबरी अंक ल्याएपछि गोलाप्रथाद्वारा नतिजा
सहमतिपछि पुस्तक पसलको तालाबन्दी खोलिए, पुस्तकमा छुट दिने सम्बन्धमा आ–आफ्नै तर्क 
सहमतिपछि पुस्तक पसलको तालाबन्दी खोलिए, पुस्तकमा छुट दिने सम्बन्धमा आ–आफ्नै तर्क 
ऋण नतिरेको भन्दै घरमा आगजनी गर्दै भैसी समेत लगे
ऋण नतिरेको भन्दै घरमा आगजनी गर्दै भैसी समेत लगे
नेकपा छिन्नमस्ताद्वारा १३ सूत्रिय माँग राख्दै गापालाई ज्ञापन  
नेकपा छिन्नमस्ताद्वारा १३ सूत्रिय माँग राख्दै गापालाई ज्ञापन  
नेपाली पहलमानको उत्कृष्ट प्रर्दशन
नेपाली पहलमानको उत्कृष्ट प्रर्दशन
चोरी पैठारीका सामान बरामद
चोरी पैठारीका सामान बरामद