नीति तथा कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा सहिद परिवार अझै पनि पीडामा ः मन्त्री यादव

राजविराज राजविराज
|
आइतबार, फाल्गुन २१, २०७९
|
|
३० पटक हेरिएको
Shares
नीति तथा कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा सहिद परिवार अझै पनि पीडामा ः मन्त्री यादव

सारांश

  •     सहिद सप्ताहको अन्तिम दिन आईतवार नेकपा माओवादी केन्द्र सप्तरीले आयोजना गरेको “सहिद एवम् वेपत्ता परिवारका योद्धाको अभिनन्दन समारोह” मा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन ।
  •     आफ्नो जन्मथलो धनुषा भएपनि जनयुद्धका बेला कर्मथलो सप्तरी नै भएकाले यहाँका जनताप्रति विशेष लगाव रहेको समेत उनले बताइन ।
  • सो अवसरमा ४० जना सहिद परिवारलाई मन्त्रि यादवले सम्मान गरेकी थिइन ।

दैनिक समाचारदाता
राजविराज, २१ फागुन । 

    मधेश प्रदेशकी वन, पर्यटन तथा उद्योग मन्त्री सुनिता यादवले सहिद परिवारका लागि सरकारले बनाएको नीति तथा कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा सहिद परिवार अझै पनि पीडामा बसिरहेको गुनासाहरु बेला बेलामा आउने गरेको बताएकी छिन् । 
    सहिद सप्ताहको अन्तिम दिन आईतवार नेकपा माओवादी केन्द्र सप्तरीले आयोजना गरेको “सहिद एवम् वेपत्ता परिवारका योद्धाको अभिनन्दन समारोह” मा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन ।
    आफ्नो जन्मथलो धनुषा भएपनि जनयुद्धका बेला कर्मथलो सप्तरी नै भएकाले यहाँका जनताप्रति विशेष लगाव रहेको समेत उनले बताइन । सो अवसरमा ४० जना सहिद परिवारलाई मन्त्रि यादवले सम्मान गरेकी थिइन ।
    उनले जनयुद्धका क्रममा आफ्नै परिवारका तीन सदस्यलाई गुमाएकाले सहिद परिवारको पीडा नजिकबाट बुझेको र महसुस गरेको बताइन् । जनयुद्धकै क्रममा आफ्नो बुवा रामवृक्ष, पति डम्बर र भाई शेखरलाई गुमाउनु परेको पीडा अझै मसँग छ, उनले भनिन, “त्यसैले शहिदर परिवारले भोगिरहनु परेको पीडा बारे म पूर्ण जानकार छु, नजिकबाट महसुस गरेकी छु ।”
    उनले यसको समाधानका लागि मेरो तर्फबाट कुनै कसर बाँकी नरहने बताइन् । सहिदको वलिदानका कारण निरंकुशता अन्त भई लोकतन्त्र, गणतन्त्र स्थापना हुँदै मुलुकले नयाँ संविधान पाएसँगै समृद्धिको यात्रामा देश अघि बढेको जिकिर गर्दै उनले सहिद परिवारलाई राज्यले दिने सुविधामा कुनै कन्जुस्याई स्वीकार्य नहुने दृृढता व्यक्ति गरिन ।
    पूर्व मन्त्री एवम् नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष उमेश प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य असर्फी सदा, अरुण साह अनिल, पूर्व प्रदेश कमिटि सदस्य छेदी रजक विमल, भागवत यादव, वाइसीएलका केन्द्रीय सचिव शिव कुमार राम, पत्रकार महासंघ सप्तरीका सभापति श्रवण देव, प्रेस सेन्टर मधेश प्रदेशका महासचिव गोपाल प्रसाद गुप्ता, सहिद परिवारकी रीता चौधरी लगायतले पनि सहिदको योगदान बारे चर्चा गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरी जिल्ला अदालतद्वारा ४८ प्रतिशत मुद्दा फर्छयौट
सप्तरी जिल्ला अदालतद्वारा ४८ प्रतिशत मुद्दा फर्छयौट
प्रहरीमाथी गोली प्रहार गर्ने पूर्व सैनिकसहित दुई जनालाई १२ वर्ष कैद
प्रहरीमाथी गोली प्रहार गर्ने पूर्व सैनिकसहित दुई जनालाई १२ वर्ष कैद
गृह मन्त्रालयको पत्राचार सदर,  सर्वोच्चको आदेशपछि जन्मसिद्धका  सन्तानले अब वंशजको नागरिकता पाउने….
गृह मन्त्रालयको पत्राचार सदर, सर्वोच्चको आदेशपछि जन्मसिद्धका  सन्तानले अब वंशजको नागरिकता पाउने….
भारदह अस्पतालमा थप शैयासँगै सेवा बिस्तार
भारदह अस्पतालमा थप शैयासँगै सेवा बिस्तार
राजविराज जेसीज १०० प्रतिशत  प्रभावकारिता पुरस्कारबाट सम्मानित हुँदै
राजविराज जेसीज १०० प्रतिशत  प्रभावकारिता पुरस्कारबाट सम्मानित हुँदै
भन्सार छलेको मोबाइल डाटा केवल र मोटरसाईकलसहित दुई पक्राउ
भन्सार छलेको मोबाइल डाटा केवल र मोटरसाईकलसहित दुई पक्राउ
राजविराजमै क्यान्सरदेखि विभिन्न रोगको परिक्षण गर्न सेन्टर संचालन
राजविराजमै क्यान्सरदेखि विभिन्न रोगको परिक्षण गर्न सेन्टर संचालन
आफैले समय मिलाएको पत्रकार सम्मेलनमा अनुपस्थित भइन् अधिकृत साह
आफैले समय मिलाएको पत्रकार सम्मेलनमा अनुपस्थित भइन् अधिकृत साह
सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु