दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।
मधेश प्रदेशलाई पूर्ण साक्षर बनाउने अभियानका क्रममा प्रदेश भरिका ८६ हजार ५ सय २४ छात्रछात्रालाई शैक्षिक कीट प्रदान गरिदै छ ।
अभियानका क्रममा आइतबार प्रदेश सरकारका तर्फबाट सप्तरीका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरुलाई शैक्षिक कीट बितरण गरिएको हो ।
राजविराजस्थित केअ माविमा आयोजित एक कार्यक्रमका बीच मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधी तथा बाणिज्य मन्त्री महेश प्रसाद यादवले ज्यामेट्रिक बक्स, स्कुल ब्यागसहित शैक्षिक किट बितरण गरे ।
जिल्ला भरिका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई भेला गरि कक्षा ९ का विद्यार्थी संख्याको अनुपातमा यस्ता सामाग्रि बितरण गरिएको हो । जिल्लाका ११ हजार ७ सय ४४ छात्रछात्राले यी शैक्षिक कीट पाउने भएका छन् ।
आयोजित समारोहमा मन्त्री यादवले शिक्षाको स्तर उकास्नका लागि शिक्षक स्वयले अनुशाषित बन्नु पर्नेमा जोड दिदै शिक्षकका लागि निर्धारित गरिएको पोशाक लगाएर मात्र विद्यालय जान आग्रह गरे । उनले व्यवाहरिक शिक्षाका साथै मातृ भाषामा समेत शिक्षा प्रदान गर्न शिक्षकहरुलाई सुझाव दिए । प्रदेशलाई पूर्ण साक्षर बनाउने अभियानका क्रममा प्रधानाध्यापकहरुले सक्रिय भूमिका निर्वाह गर्नु पर्ने मन्त्री यादवले जोड दिए ।
मधेश प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक चुडामणी फुयालको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।
मधेश प्रदेशका ८६ हजार ५ सय २४ छात्रछात्रालाई शैक्षिक कीट
सारांश
- अभियानका क्रममा आइतबार प्रदेश सरकारका तर्फबाट सप्तरीका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरुलाई शैक्षिक कीट बितरण गरिएको हो ।
- राजविराजस्थित केअ माविमा आयोजित एक कार्यक्रमका बीच मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधी तथा बाणिज्य मन्त्री महेश प्रसाद यादवले ज्यामेट्रिक बक्स, स्कुल ब्यागसहित शैक्षिक किट बितरण गरे ।
- जिल्ला भरिका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई भेला गरि कक्षा ९ का विद्यार्थी संख्याको अनुपातमा यस्ता सामाग्रि बितरण गरिएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया