दैनिक समाचारदाता
राजविराज, १ चैत ।
एक भारतीय महिलाले किर्ते गरी लिएको नेपाली नागरिकता बदरको माग गर्दै प्रहरीमा जाहेरी परेको छ ।
सप्तरीको राजगढ गाउँपालिका ५ निवासी राधेश्याम झाले भारत विहार राज्य जिला मधुवनी ग्रामपंचायत लोकही वडा नं.५ कि फातमा खातुनले नाम परिवर्तन गरी ठकनी खातुन राखेर नेपाली नागरिकता लिएको दाबी प्रमाणका साथ जाहेरी दिएका छन् । प्रहरीले वास्तविकता नबुझुी जाहेरी दर्ता गर्न आलटाल गरेको भन्दै झाले बुधबार हुलाक मार्फत उक्त जाहेरी पठाएका छन् ।
फातमाले २०६४ साल बैशाख ८ गते नाम परिवर्तन गरी ठकनी खातुन राखेर जिल्ला प्रशासन कार्यालय सप्तरीबाट अंगिकृत नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको जाहेरीमा उल्लेख छ । उनको नाममा जारी भएको भारतीय आधार कार्ड, भारतीय बैंकहरुमा खाता, भारतीय मतदाता सुचीमा नाम समेत रहेको तथा निज भारतको लोकही ग्रामपंचायतको स्थायीवासी रहेको भनी त्यहाँका मुखिया शनिचरी देवीले प्रमाणित समेत गरीदिएको कागजातहरु समेत जाहेरी संगै प्रमाणका रुपमा पेश गरिएको छ ।
लोकही ग्रामपंचायतका मुखिया शनिचरी देवीले प्रमाणित गरेको पत्रमा दाउद मंसुरीको पत्नी फातमा खातुन र ठकनी खातुन एउटै ब्यक्ती भएको र उनी हाल सम्म भारतीय नागरिक नै रहेको उल्लेख गरिएको छ ।
खातुनले प्राप्त गरेको नेपाली नागरिकताको प्रमाण पत्र नम्बर १६३०७२÷७९ हो भने भारतीय आधार कार्ड नम्बर १२०७०१६२१९९६००००१४१८, एफ पीएस आईडी १२०७००२००००५ तथा ओएन ओआरसी इलिजीविटी एस हो । जाहेरीमा किर्ते गरी दुई देशको नागरिकता लिने र दुबै देशबाट सरकारी सुविधा लिने खातुन माथी छानवीन तथा नागरिकता ऐन २०६३ को दफा १२ बमोजिम कारवाही चलाउन आग्रह गरिएको छ ।
उनले प्राप्त गरेको नेपाली नागरिकतामा राजगढ गाउँपालिका १ निवासी मो. दाउद मंसुरीको पत्नी ठकनी खातुन उल्लेख छ । भारतीय आधार कार्डमा भने भारतको विहार राज्य ग्रामपंचायत लोकही वार्ड नम्बर ५ निवासी मो.दाउद मंसुरीको पत्नी फातमा खातुन भनी उल्लेख छ ।
फातमा खातुनको भारतीय आधार कार्ड नम्बर कै आधारमा इण्डियन बैंक इलाहबादमा खाता समेत संचालनमा रहेको पाइएको छ । उनको इण्डियन बैंकमा रहेको खाताको नम्बर ५९१०३०९१४८ हो । जाहेरीमा खातुनको नाममा भारत विहार राज्यको विधान सभा निर्वाचनका लागी तयार गरिएको मतदाता सूची समेत संलग्न गरी बुझाइएको छ । सूचीमा खातुनको नाममा समावेश गरिएको छ ।
उक्त सूचीमा खातुनको मतदाता क्रमसंख्या ३४–जेड क्यूक्यू १८७४९८१ रहेको छ । जाहेरीमा खातुनले भारत सरकारको निर्वाचन आयोगबाट लिएको फोटो सहितको पहिचान पत्र र सपथ पत्र पनि समावेश गरीएको छ । यसबारे खातुन संग बुझ्न प्रयास गर्दा हाल उनी बाहिर गएकाले सम्पर्क हुन सकेन ।
यता प्रहरीले जाहेरी प्राप्त भएपछी वास्तविकता बुभ्mने काम हुने जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश कुमार सिंहले यस्ता उजुरी जिल्ला प्रसासन कार्यालयमा दिदा अझ उपयुक्त हुने बताए ।
भारतीय महिलाले किर्ते गरी लिएको नेपाली नागरिकता बदर गर्न माग
सारांश
- सप्तरीको राजगढ गाउँपालिका ५ निवासी राधेश्याम झाले भारत विहार राज्य जिला मधुवनी ग्रामपंचायत लोकही वडा नं.
- ५ कि फातमा खातुनले नाम परिवर्तन गरी ठकनी खातुन राखेर नेपाली नागरिकता लिएको दाबी प्रमाणका साथ जाहेरी दिएका छन् ।
- प्रहरीले वास्तविकता नबुझुी जाहेरी दर्ता गर्न आलटाल गरेको भन्दै झाले बुधबार हुलाक मार्फत उक्त जाहेरी पठाएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया