तोकिएको समयमा काम सम्पन्न गराउन  निर्माण कम्पनीसँग लिखित प्रतिबद्धता 

राजविराज राजविराज
|
आइतबार, चैत्र १२, २०७९
|
|
४० पटक हेरिएको
Shares
तोकिएको समयमा काम सम्पन्न गराउन  निर्माण कम्पनीसँग लिखित प्रतिबद्धता 

सारांश

  •     प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले आइतबार एक बैठक बसाई त्यस्तो निर्देशन र सम्बद्ध निर्माण कम्पनीसँग लिखित प्रतिबद्धता गराएका हुन् ।
  •       वर्षाेदेखि निर्माण भइरहेको हुलाकी सडक र पुल जिल्लाको केही क्षेत्रमा अझै अधुरो रहेको र ठेकेदार कम्पनीको ढिलासूस्तीले सर्वसाधारणले सास्ती भोग्नु परिरहेको गुनासो बढ्न थालेपछी प्रजिअ थापाले निर्देशन दिँदै लिखित प्रतिबद्धता गराएका हुन् ।
  •       प्रतिबद्धता बमोजिम उपलब्ध गराइएको समयमा समेत निर्माण कार्य सम्पन्न नगरिए जरिवानादेखी ठेक्का रद्दसम्मको प्रक्रिया अघि बढाइने बैठकमा उनले निर्माण कम्पनीका प्रतिनीधीहरुलाई सचेत पनि गराए ।

दैनिक समाचारदाता
राजविराज, १२ चैत । 

    सप्तरी जिल्लाको हुलाकी सडकखण्ड अन्तर्गत निर्माणाधीन विभिन्न सडक तथा पुलहरु तोकिएको समय सीमा भित्र सम्पन्न गर्न निर्देशनका साथै सम्बद्ध निर्माण कम्पनीसँग लिखित प्रतिबद्धता गराइएको छ । 
    प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले आइतबार एक बैठक बसाई त्यस्तो निर्देशन र सम्बद्ध निर्माण कम्पनीसँग लिखित प्रतिबद्धता गराएका हुन् । 
    वर्षाेदेखि निर्माण भइरहेको हुलाकी सडक र पुल जिल्लाको केही क्षेत्रमा अझै अधुरो रहेको र ठेकेदार कम्पनीको ढिलासूस्तीले सर्वसाधारणले सास्ती भोग्नु परिरहेको गुनासो बढ्न थालेपछी प्रजिअ थापाले निर्देशन दिँदै लिखित प्रतिबद्धता गराएका हुन् । 
    प्रतिबद्धता बमोजिम उपलब्ध गराइएको समयमा समेत निर्माण कार्य सम्पन्न नगरिए जरिवानादेखी ठेक्का रद्दसम्मको प्रक्रिया अघि बढाइने बैठकमा उनले निर्माण कम्पनीका प्रतिनीधीहरुलाई सचेत पनि गराए । 
    हुलाकी सडक निर्देशनालय इटहरीमार्फत जिल्लामा संचालित सडक योजनाको प्रगति विवरण समेत बुझ्ने उद्देश्यले आयोजना गरिएको बैठकमा प्रजिअ थापाले कानुनी अड्चन बाहेकका अन्य कुनै पनि सडकखण्डमा अब निर्माण कार्य ढिलाई र बहाना स्वीकार्य नहुने कडा रुपमा प्रस्तुत भए । 
    हुलाकी सडक निर्माण कार्य अन्तर्गत अहिले राजविराज नगरपालिका, बोदेबर्साइन नगरपालिका, डाक्नेश्वरी नगरपालिका, तिरहुत गाउँपालिका, बलानविहुल गाउँपालिका र अग्नीसाईर कृष्णासवरण गाउँपालिकाको विभिन्न खण्डमा अझै निर्माण कार्यले पूर्णता पाईसकेको छैन । 
    तिन चार महिना पछी वर्षायाम आउने र त्यसले निर्माण कार्य प्रभावित हुने भएकाले त्यस अगावै अधुरो कामलाई गति दिनु पर्ने बैठकमा सहभागी राजविराज नगरपालिकाकी कार्यवहाक प्रमुख इशरत परबिनले जोड दिईन ।
    बैठकका बोदेबर्साइन नगरपालिकाका प्रमुख आतेश सिंह यादव, वलानविहुनल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव, डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मुखिया, राजगढ गाउँपालिकाका अध्यक्ष ओम प्रकाश मण्डल लगायतले पनि ठेकेदार कम्पनीको लापारवाहीले दुर्घटनाको जोखिम समेत बढाएको भन्दै अबिलम्ब अधुरो काम पुरा गर्न माग गरेका थिए । 
    कार्यक्रममा हुलाकी सडक निर्देशनालय इटहरीका प्रमुख विजय थापाले सप्तरीमा संचालित योजनाहरुबारे विस्तृत जानकारी गराएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन,  कर्मचारीहरुको आन्दोलन स्थगित 
यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन,  कर्मचारीहरुको आन्दोलन स्थगित 
जेनजी समुहले लगाएको ताला प्रशासनले फुटाएपछी विरोध प्रर्दशन
जेनजी समुहले लगाएको ताला प्रशासनले फुटाएपछी विरोध प्रर्दशन
कोरोना भाईरसबारे जानकारी दिने उद्देश्यले  क्याम्पसका विद्यार्थीहरुको नौलो प्रयास
कोरोना भाईरसबारे जानकारी दिने उद्देश्यले  क्याम्पसका विद्यार्थीहरुको नौलो प्रयास
पाँच महिनादेखी तलब नपाएको भन्दै  पालिकामा शिक्षक र कर्मचारीद्वारा तालाबन्दी
पाँच महिनादेखी तलब नपाएको भन्दै  पालिकामा शिक्षक र कर्मचारीद्वारा तालाबन्दी
गजेन्द्र नारायण सिंहको  स्मरणमा विभिन्न कार्यक्रम
गजेन्द्र नारायण सिंहको  स्मरणमा विभिन्न कार्यक्रम
कवि गोष्ठी आयोजना
कवि गोष्ठी आयोजना
शिलान्यासको पूर्व सन्ध्यामा विश्वविद्यालयमा तालाबन्दी, आफूलाई जानकारी नै दिई हुन लागेको शिलान्यास रोक्न मन्त्रीको चेतावनी
शिलान्यासको पूर्व सन्ध्यामा विश्वविद्यालयमा तालाबन्दी, आफूलाई जानकारी नै दिई हुन लागेको शिलान्यास रोक्न मन्त्रीको चेतावनी
स्कुटीको ठक्करबाट साइकल यात्री महिला घाइते 
स्कुटीको ठक्करबाट साइकल यात्री महिला घाइते 
प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै हुनुपर्ने  मागसहित स्थानीय तहका कर्मचारी धर्नामा
प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै हुनुपर्ने  मागसहित स्थानीय तहका कर्मचारी धर्नामा
वन अतिक्रमित क्षेत्र खाली गराउन र डढेलो नियन्त्रणका लागि चार बुँदे निर्णय
वन अतिक्रमित क्षेत्र खाली गराउन र डढेलो नियन्त्रणका लागि चार बुँदे निर्णय