दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
सप्तरीको रुपनी गाउँपालिकास्थित एक इट्टाभट्टाको पर्खाल भत्किदा मंगलबार एक भारतीय मजदुरको मृत्यु भएको छ भने सो घटनामा मृतकको श्रीमतीसहित दुई जना मजदुर गम्भिर घाईते भएका छन् ।
सो गाउँपालिका वडा नं. २ पिपराहीस्थित जेएसआर इट्टा उधोगमा मंगलवार विहान ७ बजेतिर इट्टा निकाल्ने क्रममा पर्खाल भत्किदा भारतको पश्चिम बंगाल राज्य कुचविहार ग्राम पंचायत अठरजनी निवासी ४५ वर्षिय अलिम अजिमको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पर्खालले च्यापिएर गम्भीर घाईते भएका उनको गजेन्द्र नारायण सिह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको छ ।
घट्नामा मृतककी २८ वर्षिय पत्नी भुजिन विवी र सोही ठाँउ निवासी २५ वर्षिय जमालरुल हक घाईते भएका छन । दुबै जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इटाभट्टाको पर्खाल भत्किदा एक भारतीय मजदुरको मृत्यु, मृतकको श्रीमतीसहित दुई गम्भिर
सारांश
- सो गाउँपालिका वडा नं.
- २ पिपराहीस्थित जेएसआर इट्टा उधोगमा मंगलवार विहान ७ बजेतिर इट्टा निकाल्ने क्रममा पर्खाल भत्किदा भारतको पश्चिम बंगाल राज्य कुचविहार ग्राम पंचायत अठरजनी निवासी ४५ वर्षिय अलिम अजिमको मृत्यु भएको हो ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पर्खालले च्यापिएर गम्भीर घाईते भएका उनको गजेन्द्र नारायण सिह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया