६ महिनाअघि करेन्ट लागेर युवकको मृत्यु भएको घटना हत्या भएको खुलासा ः प्रहरी, हत्यामा मृतककी श्रीमतीसहित तीन महिलाको संलग्नता

राजविराज राजविराज
|
बुधबार, चैत्र १५, २०७९
|
|
२१ पटक हेरिएको
Shares
६ महिनाअघि करेन्ट लागेर युवकको मृत्यु भएको घटना हत्या भएको खुलासा ः प्रहरी, हत्यामा मृतककी श्रीमतीसहित तीन महिलाको संलग्नता

सारांश

  •     इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी दीपक कुमार रायले ६ महिना अघि करेन्ट लागेर मृत्यु भएको भनिएको घटनालाई अनुसन्धान गरि हत्या गरिएको खुलासा गरेका छन् ।
  •       इलाका प्रहरी कार्यालय कञ्चनपुरमा पत्रकार सम्मेलन गर्दै प्रहरीले कंचनरूप नगरपालिका ३ दास टोल निवासी मृतककी श्रीमती कोसीला देवी दासले आफ्नी देउरानी र भाउजु नाता पर्ने एक अर्की महिलाको सहयोगमा पति ३७ वर्षीय शिव शंकर दासको हत्या गरेको खुलासा गरेको जनाएको छ ।
  •       गत कात्तिक ६ गते बिहान ६ बजेको समयमा आफ्नै घरभित्र करेन्ट लगाएर शिवशंकरको हत्या गरेको दासले प्रहरी समक्ष वयान दिएको इलाका प्रहरी कार्यालय कंचनपुर डिएसपी दीपक कुमार रायले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १५ चैत ।

    गत कात्तिक ६ गते करेन्ट लागेर एक युवकको मृत्यु भएको घटना बारे कंचनपुर इलाका प्रहरी कार्यालय सप्तरीले बुधबार उक्त घटना बारे खुलासा गरेको छ । 
    इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी दीपक कुमार रायले ६ महिना अघि करेन्ट लागेर मृत्यु भएको भनिएको घटनालाई अनुसन्धान गरि हत्या गरिएको खुलासा गरेका छन् । 
    इलाका प्रहरी कार्यालय कञ्चनपुरमा पत्रकार सम्मेलन गर्दै प्रहरीले कंचनरूप नगरपालिका ३ दास टोल निवासी मृतककी श्रीमती कोसीला देवी दासले आफ्नी देउरानी र भाउजु नाता पर्ने एक अर्की महिलाको सहयोगमा पति ३७ वर्षीय शिव शंकर दासको हत्या गरेको खुलासा गरेको जनाएको छ । 
    गत कात्तिक ६ गते बिहान ६ बजेको समयमा आफ्नै घरभित्र करेन्ट लगाएर शिवशंकरको हत्या गरेको दासले प्रहरी समक्ष वयान दिएको इलाका प्रहरी कार्यालय कंचनपुर डिएसपी दीपक कुमार रायले जानकारी दिए । प्रहरीले हत्यामा संलग्न शिव शंकरकी श्रीमति कोसीला देवी, भाई बुहारी हिरण देवी र भाउजु नाता पर्ने शान्ती देवी दासलाई सोही पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । 
    घटनाक्रम अनुसार शिव शंकर र कोसीला देवीले छोरीको विवाह गर्न र बिमा गर्नका लागि स्थानीय भाउजु नाता पर्ने शान्ती देवी दाससँग पहिलो पटक एक लाख रुपैया ऋण लिएका थिए । सो ऋण चुक्ता नहुदैँ शान्ती देवीले कोसीलालाई कन्भिन्स गरेर शिवशंकरको जीवन बिमा गर्न लगाएका थिए । नेपाल लाइफ ईन्स्योरेन्स र सिटिजन लाईफ ईन्स्योरेन्समा २०÷२० लाखको बिमा गर्न लाग्ने २ लाख प्रिमियम शुल्क समेत ऋणको रुपमा शान्तिले कोसीलालाई दिएकी थिइन् ।  
    विवाह र बिमा गर्न ३ लाख रुपैया दिएकी शान्तिले कौसीला र शिवशंकरलाई दैनिक रुपमा धाक धम्की र गाली गलौज गर्दै आएकी थिइन् । शान्तिले अदालतमा कपाली कागज लगाएर जग्गा जमिन समेत रोक्का गराएकी कोसीलाको ऋण तिर्न शिव शंकर र कोसीला देवीले असमर्थता देखाएका थिए । पछि शान्तीदेवीले शिव शंकरको हत्या गरे बिमा वापत ठूलो रकम आउने र सो रकमबाट ऋण पनि चुक्ता हुने र अरु रकमसमेत आउने कुर कोसीला देवीलाई सुझाव दिएकी थिइन् । सोही अनुसार शान्ती देवीले २०७९ साल कात्तिक ५ गते शिव शंकरलाई आफ्नो घरमा बोलाई अत्यधिक मादक पदार्थ सेवन गरी घरतर्फ पठाएकी थिइन् । 
    मादक पदार्थले मातेर घर गएका शिव शंकर भान्सा कोठामा गएर सुतेका थिए । घरमा सुतेका बेला शान्ती देवीले आफ्ना पति शिव शंकरको बायाँ हातको साहिँली औंलामा तार बेरेर बिजुलीको लाइन दिएर करेन्ट लगाएको वयानमा बताएको डीएसपी रायले जानकारी दिए । घरमा करेन्ट लगाउने कार्यमा कोसीला देवीलाई देउरानी हिरण देवी दासले सहयोग गरेको डीएसपी रायले बताए । करेन्ट लगाएर शिवशंकरको हत्या गरेपछि कोसीला देवीले आफ्नो पतिको करेन्ट लागेर मृत्यु भएको प्रहरीमा खबर गरेको उनले बताए । 
    डिएसपी रायका अनुसार कोसीलाले शिवशंकरको मृत्युपछि सिटिजन लाईफ ईन्स्योरेन्समा बिमा बापतको ४० लाख ३० हजार रकम समेत भुक्तानी लिइसकेका छन् । र, नेपाल लाइफ ईन्स्योरेन्समा गरेको बीमाको रकम समेत लिने अन्तिम तयारीमा रहेकी थिइन् । 
    प्रहरीले जिल्ला अदालत सप्तरीबाट कर्तव्य ज्यान मुद्दामा तीनै जनालाई म्याद थप गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ । पत्रकार सम्मेलनमा सप्तरीका प्रहरी प्रमुख नरेन्द्र कुमार कार्कीले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिँदै अनुसन्धानपछि थप विवरण खुल्ने बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घुस लिदा लिदै वडा अध्यक्ष पक्राउ
घुस लिदा लिदै वडा अध्यक्ष पक्राउ
राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण
राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण
क्यान्सरका कारण थलिए शिवा, राज्यले वास्ता गरेन 
क्यान्सरका कारण थलिए शिवा, राज्यले वास्ता गरेन 
सप्तरी प्रिमियर लिगमा छिन्नमस्ता र कन्चनरुप विजयी 
सप्तरी प्रिमियर लिगमा छिन्नमस्ता र कन्चनरुप विजयी 
मधेशको छुट्टै शिक्षा ऐन ल्याउने तयारी ः शिक्षा मन्त्री यादव
मधेशको छुट्टै शिक्षा ऐन ल्याउने तयारी ः शिक्षा मन्त्री यादव
२८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
२८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
संघीयताको सफल कार्यान्वयका लागी स्थानीय तह समेत सबल हुनुपर्छ ः मन्त्री लेखी
संघीयताको सफल कार्यान्वयका लागी स्थानीय तह समेत सबल हुनुपर्छ ः मन्त्री लेखी
सप्तरीमा पहिलो पटक ल्याप्रोसकोपीमार्फत  हर्नियाको शल्यक्रिया
सप्तरीमा पहिलो पटक ल्याप्रोसकोपीमार्फत  हर्नियाको शल्यक्रिया
ललकुको उपचारका लागि सलहेश संस्थाद्वारा ७५ हजार नगद सहयोग 
मदरसा बोर्ड मार्फत ईस्लामि शिक्षालाई मुलधारमा ल्याउन शिक्षा ऐन ल्याउन लागिएको छ ः मन्त्री साह 
मदरसा बोर्ड मार्फत ईस्लामि शिक्षालाई मुलधारमा ल्याउन शिक्षा ऐन ल्याउन लागिएको छ ः मन्त्री साह