“जय श्री राम” को नाराले बजार गुन्जियो 

राजविराज राजविराज
|
बिहिबार, चैत्र १६, २०७९
|
|
२५ पटक हेरिएको
Shares
“जय श्री राम” को नाराले बजार गुन्जियो 

सारांश

  •     हिन्दु नरसिंह सेना नेपाल सप्तरीको अगुवाईमा निकालिएका शोभायात्रामा हजारौं महिला÷पुरुष सहभागि भए ।
  • शोभायात्रामा भक्तजनहरु नाचगान गर्दै सहभागि भएका थिए ।
  •       शोभायात्रामा यसै क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.

दैनिक समाचारदाता
राजविराज, १६ चैत ।

    रामनवमीको अवसरमा राजविराज बजार क्षेत्र बिहीबार बिहानैदेखी “जय श्री राम” को नाराले गुन्जयमान भएको छ ।  राममन्दिरबाट हजारौंको संख्यामा निस्केको शोभायात्रामा सहभागि भक्तजनहरुले नगर परिक्रमका क्रममा लगाएको “जय श्री राम” को नाराले नगर गुन्जयमान बनाएको हो । 
    हिन्दु नरसिंह सेना नेपाल सप्तरीको अगुवाईमा निकालिएका शोभायात्रामा हजारौं महिला÷पुरुष सहभागि भए । शोभायात्रामा भक्तजनहरु नाचगान गर्दै सहभागि भएका थिए । 


    शोभायात्रामा यसै क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. सिके राउत पनि सहभागि भई भक्तजनको उत्साह बढाएका थिए । सो अवसरमा उनले हिन्दुधर्म प्रति आफ्नो विशेष आस्था र लगाव रहे पनि सबै धर्म, जातजातीप्रति उत्तिकै सम्मान रहेको बताए । 
    यस अवसरमा राजविराज ६ स्थित राम मन्दिरका साथै अन्य स्थानमा रहेका राम मन्दिरहरुमा पनि बिहानैंदेखी दर्शनार्थीहरुको घुइचो लागेको थियो । भीड व्यवस्थापन गर्न तथा पूजापाठको सहज व्यवस्थापनका लागि मन्दिर समितिले स्वयंसेवक तथा जिल्ला प्रहरी कार्यालयले प्रहरी परिचालन गरि आवश्यक सुरक्षा प्रबन्ध मिलाएको थियो । 
    यस अवसरमा विश्व हिन्दु परिषद्, हनुमान आराधना मंडललगायत हिन्दुवादी संघ संगठन समेतले जिल्लाको विभिन्न स्थानमा शोभायात्रा निकालेका थिए । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?