राजविराज÷वर्षौदेखी उत्पीडनमा परेका हरचवाचरवा अधिकार माग्न शनिबार मधेश प्रदेशको राजधानी जनकपुर पैदलै यात्रामा निस्केका छन् ।
राष्ट्रिय हरवाचरवा अधिकार मञ्च तथा राष्ट्रिय दलित नेटवर्कको अगुवाईमा निस्किएको पैदल यात्रालाई “हरवाचरवा अधिकार यात्रा” नाम दिदै राजविराजस्थित जनआन्दोलन चौकमा भेला भएका सप्तरी, सिरहा, महोत्तरी र धनुषाका हरवाचरवा जनकपुरका लागि निस्केका हुन् ।
राजविराजबाट जनकपुर १ सय २८ किलोमिटरको पैदलै निस्केको यात्रा टोलीमा राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रिय अध्यक्ष ७५ वर्षिय दशन मण्डलका साथै राष्ट्रिय दलित नेटवर्क नेपालका केन्द्रिय अध्यक्ष गणेश विश्वकर्मा, द फ्रिडम फण्डका कानुनी सल्लाहकार दयानन्द भट्टराई लगायत १ हजार ४ सय ४५ जनाको सहभागिता छ ।
“मुक्त हरवाचरवाको न्यायिक पुर्नस्थापना हाम्रो सरोकार, भूमि, शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक सुरक्षा हाम्रो अधिकार” नाराका साथ पर्साको बिरगंजबाट पनि सोही समयमा जनकपुरका लागि हरवाचरवाको पैदल यात्रा हिडेको राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका राष्ट्रिय अध्यक्ष मण्डलले जानकारी दिए ।
उनले हरवाचरवा प्रथा मुक्ति घोषणा भएको ९ महिना बितिसक्दा पनि सरकार कार्यान्वयन गर्न गम्भिर नदेखिएकोले बाध्य भई अधिकार प्राप्तिका लागि सडकमा उत्रेको बताए । उनले २०७९ साल साउन २ गते सरकारले हरवाचरवा प्रथा मुक्तिको घोषणा गरे पनि त्यो व्यवहारमा कार्यान्वयन नभएको र कागजमै सिमित भएको बताए ।
राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका महासचिव लागेन्द्र सदाले हरवाचरवा प्रथा मुक्तिको घोषणा भएपनि पुर्नस्थापनाको कुनै काम सुरु नभएकोले सम्बन्धित सरोकारवालाको ध्यानाकर्षणका लागि यात्रा रोजेको बताए ।
उनले मुक्त हरवाचरवाको लगत संकलन, परिचयपत्रको व्यवस्था, बैंकको ऋण मिनाहा, आवश्यक सामाग्रिसहित शिपमूलक तालिम, भूमिहीनलाई भूमिको व्यवस्था, जातिय छुवाछुत गर्नेलाई कडा कारवाही तथा रोजगारी र सामाजिक समावेसिकरणको सुनिश्चितता लगायतका आफूहरुको प्रमुख माग रहेको बताए ।
राष्ट्रिय हरवाचरवा अधिकार मञ्चकी केन्द्रिय सदस्य गितादेवी सदायले निर्वाचनका बेला भोट माग्दै आउने नेताहरुले हरचवाचरवाको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, रोजगार, वास लगायतका हरेक पक्ष सवल बनाउन आवश्यक पहल गर्ने आश्वाशन बाडे पनि चुनाव जितेर गएपछि ती सबै बिर्सिने गरेको सुनाइन् ।
साहु महाजनको खेतीबारीमा काम गर्ने र बस्तुभाउ चराएपछि पाइने न्युन मजदुरीले आफूसहित जहान बालबच्चालाई एक छाक खुवाउन समेत कष्ट भोग्नु परिरहेको उनको भनाई छ ।
हरवाचरवाले सुरक्षित वास र परिवारका संख्याका आधारमा जग्गासहित पुनःस्थापित गराइनु पर्ने माग गर्दै दशकौदेखी संघर्ष गर्दै आएका छन् । त्यही सुनाउन प्रदेश राजधानी हिडेका उनीहरु जनकपुरमा आमसभा र त्यसपछि मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् । त्यहा पनि सुनुवाई नभएमा जनकपुरमा भेला भएका प्रदेशका ८ वटै जिल्लाका हरवाचरवाका अगुवाको समिक्षा बैठकद्वारा थप दबाबका लागि काठमाडौं सम्मको पैदल यात्रा हुन सक्ने मञ्चले जनाएको छ । मधेश प्रदेशमा झण्डै १ लाख ५० हजार हरवाचरवा रहेको मञ्चले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।
हरवाचरवा अधिकार माग्दै पैदलै राजविराजदेखी जनकपुर प्रस्थान
सारांश
- “मुक्त हरवाचरवाको न्यायिक पुर्नस्थापना हाम्रो सरोकार, भूमि, शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक सुरक्षा हाम्रो अधिकार” नाराका साथ पर्साको बिरगंजबाट पनि सोही समयमा जनकपुरका लागि हरवाचरवाको पैदल यात्रा हिडेको राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका राष्ट्रिय अध्यक्ष मण्डलले जानकारी दिए ।
- उनले हरवाचरवा प्रथा मुक्ति घोषणा भएको ९ महिना बितिसक्दा पनि सरकार कार्यान्वयन गर्न गम्भिर नदेखिएकोले बाध्य भई अधिकार प्राप्तिका लागि सडकमा उत्रेको बताए ।
- उनले २०७९ साल साउन २ गते सरकारले हरवाचरवा प्रथा मुक्तिको घोषणा गरे पनि त्यो व्यवहारमा कार्यान्वयन नभएको र कागजमै सिमित भएको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया