ससुराको हत्या आरोपमा ज्वाई कारागार चलान

राजविराज राजविराज
|
आइतबार, चैत्र २६, २०७९
|
|
२९ पटक हेरिएको
Shares
ससुराको हत्या आरोपमा ज्वाई कारागार चलान

सारांश

  •     प्रहरीका अनुसार ज्वाई रामचन्द्र र ससुरा छठुबीच गत चैत्र ११ गते घरायसी विवादमा झै–झगडा र कुटपिट भएको थियो ।
  • सो क्रममा छठुको नाक, मुख, टाउको र शरीरको विभिन्न भागमा गहिरो चोट लागेको थियो ।
  • स्थानिय जीवनज्योती अस्पतालमा प्रारम्भिक उपचारपछि भोली पल्ट उनलाई थपउपचारका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २६ चैत । 

    सप्तरीको बोदेबरसाइन नगरपालिका ६ निवासी २३ वर्षिय रामचन्द्र महतोले घरायसी विवादमा सोही नगरपालिका ६ निवासी उनका ५५ वर्षिय ससुरा छठु महतोलाई कुटपिट गर्दा घटनाको १४ दिनपछि उनको शनिबार राती मृत्यु भएको छ । 
    प्रहरीका अनुसार ज्वाई रामचन्द्र र ससुरा छठुबीच गत चैत्र ११ गते घरायसी विवादमा झै–झगडा र कुटपिट भएको थियो । सो क्रममा छठुको नाक, मुख, टाउको र शरीरको विभिन्न भागमा गहिरो चोट लागेको थियो । स्थानिय जीवनज्योती अस्पतालमा प्रारम्भिक उपचारपछि भोली पल्ट उनलाई थपउपचारका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । 
    स्वास्थ्य अवस्थामा केही सुधार देखिएपछि चिकित्सकको सल्लाहमा उनलाई चैत १८ गते घर ल्याइएको थियो । सोही दिनदेखी नियमित औषधी खुवाउन थालेको र अचानक शनिबार राती उनको मृत्यु भएकाmेस् जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
    ज्वाई रामचन्द्रले सुरुमा ससुरा छठुले नै हातपात गरेको र आफूले प्रतिकार गर्दा उनलाई चोटपटक लाग्न पुगेको बताउँदै आएका छन् । मृतककी पत्नी मायावत्तिको जाहेरीले प्रहरीले रामचन्द्रमाथी ज्यान मार्ने उद्योग कसुरमा मुद्दा चलाएको डिएसपी सिंहले बताए । 
    रामचन्द्रलाई पक्राउ गरि सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा ५० हजार धरौटी माग भई आदेश भएकोमा धरौटी तिर्न नसक्दा आइतबार राजविराज कारागार चलान गरि घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त 
ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त 
महादेव मन्दिर परिसरको इनारमा सर्प 
महादेव मन्दिर परिसरको इनारमा सर्प 
हरवाचरवा अधिकार माग्दै पैदलै राजविराजदेखी जनकपुर प्रस्थान
हरवाचरवा अधिकार माग्दै पैदलै राजविराजदेखी जनकपुर प्रस्थान
झुक्याएर क्वारेन्टाइनबाट निस्केका यूवक कोरोना संक्रमित भएको पुष्टि, संक्रमित यूवाले दाढी कटाएका हजामसहित एक दर्जन क्वारेन्टाइनमा
झुक्याएर क्वारेन्टाइनबाट निस्केका यूवक कोरोना संक्रमित भएको पुष्टि, संक्रमित यूवाले दाढी कटाएका हजामसहित एक दर्जन क्वारेन्टाइनमा
दिवा खाजा कार्यक्रममा  अनियमितता भएको आरोप
दिवा खाजा कार्यक्रममा  अनियमितता भएको आरोप
हनुमाननगर कंकालिनीका एक सय पचास परिवारलाई राहत वितरण
हनुमाननगर कंकालिनीका एक सय पचास परिवारलाई राहत वितरण
सप्तरीबाट जनमत पार्टीको २ जना प्रदेशसभा सदस्यमा निर्वाचित, प्रदेशसभा २ को १ र २ बाट महेश र सतिश फराकिलो अन्तरले बिजयी
सप्तरीबाट जनमत पार्टीको २ जना प्रदेशसभा सदस्यमा निर्वाचित, प्रदेशसभा २ को १ र २ बाट महेश र सतिश फराकिलो अन्तरले बिजयी
किशोर किशोरीहरु जिवन उपयोगी सीप तर्फ जागरूक हँुदै
किशोर किशोरीहरु जिवन उपयोगी सीप तर्फ जागरूक हँुदै
छोरालाई कुटपिट गर्नेलाई बुवाद्वारा कारवाहीको माग 
छोरालाई कुटपिट गर्नेलाई बुवाद्वारा कारवाहीको माग 
सप्तरी सुटिङ संघको नयाँ कार्यसमिति चयन
सप्तरी सुटिङ संघको नयाँ कार्यसमिति चयन