दैनिक समाचारदाता
पर्सा, २२ बैशाख ।
जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले भारतीय नम्बर प्लेटको गाडीभित्र नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं. १६ चालिसफिटेस्थित सडक खण्डमा चेक गर्ने क्रममा एक हजार र पाँच सय दरको नेपाली नोट फेला परेको हो । सर्लाहीको गोडौता नगरपालिका वडा नं. १२ मधुवनी बस्ने ३४ वर्षीय आनन्द बर्दन सिंह र गाडीमा सवार बारा परवानीपुर गाउँपालिका ३६ वर्षीय ओम प्रकाश साहलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
बीआर ०१ पीजी ६५७७ नं. को सेतो रङ्गको स्कार्पियोभित्र सेतो प्लास्टिकको झोलामा नेपाली नक्कली नोट एक हजार दरको ४ सय ५० थान र पाँच सय दरको नोट ७२ थान फेला पारेको हो । सक्कली एक हजार दरका नोट दुई सय थान गरी पनि भेटिएको प्रहरीले जनाएको छ ।
भारतीय नम्बरको गाडीबाट नक्कली नेपाली नोटसहित दुई पक्राउ
सारांश
- वीरगंज महानगरपालिका वडा नं.
- १६ चालिसफिटेस्थित सडक खण्डमा चेक गर्ने क्रममा एक हजार र पाँच सय दरको नेपाली नोट फेला परेको हो ।
- सर्लाहीको गोडौता नगरपालिका वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया