महिलालाई सुरक्षित वासस्थानका लागि सेफ हाउस निर्माण हुँदै 

राजविराज राजविराज
|
बुधबार, जेठ ३, २०८०
|
|
३८ पटक हेरिएको
Shares
महिलालाई सुरक्षित वासस्थानका लागि सेफ हाउस निर्माण हुँदै 

सारांश

  •     राजविराज नगरपालिका वडा नं.
  • २ मा स्थापना हुन लागेको महिला सेफ हाउसको बुधवार मधेश प्रदेशका सांसद किरण कुमारी साहले शिलान्यास गरेकी छिन् ।
  •       उनकै संसदीय विकास कोषको बजेटबाट निर्माण हुन लागेको महिला सेफ हाउसले वेघर र हिंसामा परेका महिलालाई न्यायका लागि वासस्थानको समस्या अन्त्य हुने विश्वास गरिएको वडा अध्यक्ष अरुण यादवले बताए ।

दैनिक समाचारदाता
राजविराज, ३ जेठ ।

    बेसहारा तथा हिंसामा परेका महिलालाई सुरक्षित बासस्थानका लागि राजविराजमा महिला सेफ हाउस निर्माण हुने भएको छ । 
    राजविराज नगरपालिका वडा नं. २ मा स्थापना हुन लागेको महिला सेफ हाउसको बुधवार मधेश प्रदेशका सांसद किरण कुमारी साहले शिलान्यास गरेकी छिन् । 
    उनकै संसदीय विकास कोषको बजेटबाट निर्माण हुन लागेको महिला सेफ हाउसले वेघर र हिंसामा परेका महिलालाई न्यायका लागि वासस्थानको समस्या अन्त्य हुने विश्वास गरिएको वडा अध्यक्ष अरुण यादवले बताए । वडाध्यक्ष यादवकै पहलमा महिला सेफ हाउसका लागि जग्गा उपलब्ध गराईएको छ । 
    यसअघि सांसद साहले आफ्नो संसदीय विकास कोषको रकमबाटै राजविराज १२ मा विद्यालय कम्पाउन्ड वाल र राजविराज ७ मा धार्मिक संस्कृति महत्वको ऐतिहासिक भगवती पोखरीमा छठ घाट निर्माण तथा सौन्दर्यकरण कार्यको थालनी समेत गरिसकेकी छिन् । 
    शिलान्यास समारोहमा जनप्रतिनिधि, पत्रकार तथा स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १३ पुग्यो
सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १३ पुग्यो
प्रारम्भिक कक्षा पढाईलाई प्रभावकारी बनाउन कार्यशाला 
प्रारम्भिक कक्षा पढाईलाई प्रभावकारी बनाउन कार्यशाला 
वर्षाैदेखि भोगचलन गर्दै आएको जग्गाबाट बिस्थापित  गराउन खोजिएको भन्दै पीडितहरु न्यायको खोजिमा 
वर्षाैदेखि भोगचलन गर्दै आएको जग्गाबाट बिस्थापित  गराउन खोजिएको भन्दै पीडितहरु न्यायको खोजिमा 
बस पार्क, औद्योगिक क्षेत्र र विमानस्थल  स्तरोन्तरीको कार्य “बिरबलको खिचडी” झै होइन 
बस पार्क, औद्योगिक क्षेत्र र विमानस्थल  स्तरोन्तरीको कार्य “बिरबलको खिचडी” झै होइन 
१२ वर्षिया बालिकालाई करणी  गरि फरार अभियुक्त पक्राउ
१२ वर्षिया बालिकालाई करणी  गरि फरार अभियुक्त पक्राउ
बलात्कार प्रयास गरेको आरोपमा वडाअध्यक्षसहित तीन पक्राउ
प्रेस संगठन सप्तरीकोे दोश्रो जिल्ला भेला सम्पन्न
प्रेस संगठन सप्तरीकोे दोश्रो जिल्ला भेला सम्पन्न
पाँच दिन भित्र क्याम्पसको हरेक गतिविधि सार्वजनिक गर्न अनेरास्ववियुको माँग
बाल विवाहका कारण कलिलै उमेरमा ज्यान गुमाउनु परेको घटनाप्रति चिन्ता 
बाल विवाहका कारण कलिलै उमेरमा ज्यान गुमाउनु परेको घटनाप्रति चिन्ता 
नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान