दैनिक समाचारदाता
राजविराज, ३ जेठ ।
नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको मानव बेचबिखन र भ्रष्टाचारको ग्राण्ड डिजाइनको बिरुद्ध नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का मोर्चा संगठनहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
नेकपा एकीकृत समाजवादीका सप्तरी जिल्ला अध्यक्ष प्रताप नारायण चौधरीको नेतृत्वमा पार्टी कार्यालयबाट निस्केको जुलुसले जिल्ला प्रशासन कार्यालय सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी आचार्य पराजुलीमार्फत बुधबार सो ज्ञापनपत्र बुझाइएको हो ।
ज्ञापनपत्रमा त्यस्ता कार्यमा संलग्न सबै अपराधीहरुलाई गिरफ्तार गरि हदैसम्मको कानुनी कारवाहीको माग गर्दै दोषिलाई कुनै पनि बहानामा दोषमुक्त नबनाउन वा मुद्दालाई कमजोर तथा निश्प्रभावी नपार्न राजनीतिक दल र अधिकारकर्मी तथा नेपाली नागरिकहरु सडकमा धर्ना र प्रदर्शन गरिरहेको उल्लेख छ ।
सोही ज्ञापनपत्रमा नक्कली भुटानी शरणार्थी काण्डका भ्रष्टाचारीहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउन सरकारले राखेको अडान, कार्य र सक्रियताले आमनागरिकको बीचमा सकारात्मक सन्देश प्रवाह गरेको जनाउँदै निराश भएका जनता केही मात्रामा आशावादी बनेको उल्लेख छ ।
साथै यस काण्डमा संलग्न पूर्वउपप्रधानमन्त्री, मन्त्री, कतिपय दलका उच्चपदस्थ नेता, बहालवाला सांसद, उच्चपदस्थ कर्मचारी लगायतका व्यक्तिहरुको भ्रष्ट क्रियाकलापलाई आधार बनाएर विभिन्न आवरणका शक्तिहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गर्ने र विविध षडयन्त्र गर्ने काम गरिरहेको ज्ञापनपत्रमा जनाइएको छ ।
नक्कली भुटानी शरणार्थी काण्ड सम्बन्धी अपराधको सम्पूर्ण संजाललाई कानुनको घेराभित्र ल्याई कडा भन्दा कडा कानुनी सजाय दिन सरकार समक्ष ज्ञापनपत्र मार्फत माग गरिएको छ ।
ज्ञापनपत्र बुझाउने कार्यमा पार्टीका नेपाल बुद्धिजिवि परिषद् सप्तरीका अध्यक्ष अनिलकुमार अनल, नेपाल किसान महासंघ सप्तरीका अध्यक्ष सत्यनारायण यादव, युवा संघ प्रदेश सचिव छोटेलाल यादव, अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य अनार चौधरी, केन्द्रिय परिषद् सदस्य किरण मिश्रासमेतको सहभागिता थियो ।
नेकपा एकीकृत समाजवादीद्वारा भुटानी शरणार्थी प्रकरणका दोषिलाई कारवाहीको माग
सारांश
- नेकपा एकीकृत समाजवादीका सप्तरी जिल्ला अध्यक्ष प्रताप नारायण चौधरीको नेतृत्वमा पार्टी कार्यालयबाट निस्केको जुलुसले जिल्ला प्रशासन कार्यालय सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी आचार्य पराजुलीमार्फत बुधबार सो ज्ञापनपत्र बुझाइएको हो ।
- ज्ञापनपत्रमा त्यस्ता कार्यमा संलग्न सबै अपराधीहरुलाई गिरफ्तार गरि हदैसम्मको कानुनी कारवाहीको माग गर्दै दोषिलाई कुनै पनि बहानामा दोषमुक्त नबनाउन वा मुद्दालाई कमजोर तथा निश्प्रभावी नपार्न राजनीतिक दल र अधिकारकर्मी तथा नेपाली नागरिकहरु सडकमा धर्ना र प्रदर्शन गरिरहेको उल्लेख छ ।
- सोही ज्ञापनपत्रमा नक्कली भुटानी शरणार्थी काण्डका भ्रष्टाचारीहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउन सरकारले राखेको अडान, कार्य र सक्रियताले आमनागरिकको बीचमा सकारात्मक सन्देश प्रवाह गरेको जनाउँदै निराश भएका जनता केही मात्रामा आशावादी बनेको उल्लेख छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया