मिडियालाई बजेट उपलब्ध गराउन मधेश प्रदेश सरकारसँग माग

राजविराज राजविराज
|
शुक्रबार, श्रावण १२, २०८०
|
|
२२ पटक हेरिएको
Shares
मिडियालाई बजेट उपलब्ध गराउन मधेश प्रदेश सरकारसँग माग

सारांश

  •     नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा शुक्रबार वरिष्ठ पत्रकार अनिलकुमार अनलको अध्यक्षतमा बसेको बैठकले उक्त कार्यप्रति ध्यानाकर्षण गराउँदै मिडियाको निरन्तरताका लागि सहयोग गर्ने प्रदेश सरकारको दायित्व भएकोले आमसंचार प्राधिकरणले माँग गरे बमोजिम बजेट उपलब्ध गराउन माग समेत गरेको छ ।
  •       सोही बैठकले नेपाल सरकारले बितरण गर्दै आएको विज्ञापन समान रुपमा बितरण गर्ने नीति ल्याए पनि अहिलेसम्म व्यवहारमा लागु गर्न नसकेकोले समान रुपमा विज्ञापन बितरण गर्न नेपाल सरकारसँग जोडदार माग पनि गरेको छ ।
  •       बैठकले जिल्लाको १८ वटै स्थानीय तहहरुले स्थानीय संचारमाध्यमहरुलाई विज्ञापन तथा सूचना उपलब्ध गराउन कन्जुसियाई गरेको भन्दै सरल र सहज ढंगले स्थानीय संचारमाध्यमलाई विज्ञापनका साथै सूचना समेत उपलब्ध गराउन माग गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, १२ साउन ।

    सप्तरीका मिडिया संचालकहरुले मधेश प्रदेश सरकारले मिडियाहरुका लागि उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापन वापतको रकम चालु आ.ब. २०८०÷८१ मा कटौती गरेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।  
    नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा शुक्रबार वरिष्ठ पत्रकार अनिलकुमार अनलको अध्यक्षतमा बसेको बैठकले उक्त कार्यप्रति ध्यानाकर्षण गराउँदै मिडियाको निरन्तरताका लागि सहयोग गर्ने प्रदेश सरकारको दायित्व भएकोले आमसंचार प्राधिकरणले माँग गरे बमोजिम बजेट उपलब्ध गराउन माग समेत गरेको छ । 
    सोही बैठकले नेपाल सरकारले बितरण गर्दै आएको विज्ञापन समान रुपमा बितरण गर्ने नीति ल्याए पनि अहिलेसम्म व्यवहारमा लागु गर्न नसकेकोले समान रुपमा विज्ञापन बितरण गर्न नेपाल सरकारसँग जोडदार माग पनि गरेको छ । 
    बैठकले जिल्लाको १८ वटै स्थानीय तहहरुले स्थानीय संचारमाध्यमहरुलाई विज्ञापन तथा सूचना उपलब्ध गराउन कन्जुसियाई गरेको भन्दै सरल र सहज ढंगले स्थानीय संचारमाध्यमलाई विज्ञापनका साथै सूचना समेत उपलब्ध गराउन माग गरेको छ । 
बैठकमा नेपाल पत्रकार महासंघ सप्तरीका सभापति श्रवणकुमार देव, पूर्वसभापति मुरलीप्रसाद यादव, पूर्वउपाध्यक्ष सुधा देव, विभिन्न मिडियाका संचालक तथा संचारमाध्यममा कार्यरत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।  
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?