दैनिक समाचारदाता
राजविराज, ३० साउन ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीले घोषणा गरेको आन्दोलनका सम्पूर्ण कार्यक्रम मंगलबारको मितिबाट स्थगित गरेको जनाएको छ ।
पत्रकार महासंघले उठाएका दुबै माग वार्ताको माध्यमले प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रहरी प्रमुख नरेन्द्र कार्कीले सम्बोधन गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरिएको महासंघका अध्यक्ष श्रवणकुमार देवद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।
जारि विज्ञप्तिमा मंगलबार भएको वार्तामा जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना त्रुटिपूर्ण रहेको र प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले गल्ती भएको भन्दै माफी समेत मागेको तथा पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको र आगामी दिनमा यस किसिमका त्रुटी नगर्ने प्रतिबद्धता जिल्ला प्रशासन कार्यालयले जनाएको उल्लेख छ ।
त्यस्तै पत्रकार मनोहर पोखरेलमाथि जिल्ला प्रहरी कार्यालयम सप्तरीमा २०८० साउन १५ गते घटेको घट्ना सम्बन्धमा प्रचलित कानून अनुसार कारवाही गरी नेपाल पत्रकार महासंघ सप्तरीलाई जानकारी गराउने प्रतिबद्धता जनाइएको छ ।
सोही विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालयले पटक–पटक वार्ताका निम्ति पत्र पठाएको र ३० गते मंगलबार आयोजित धर्नास्थलमै आएर प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले वार्ताका निम्ति अनुरोध गरेपछि विङ्सका नेतृत्वसँग समेत सल्लाह गरेर पत्रकार महासंघका पदाधिकारी र सदस्य वार्तामा बसेको जनाइएको छ ।
महासंघको आन्दोलनमा प्रत्यक्ष वा अप्रत्यक्ष सहभागिता जनाउने. सम्पूर्ण पत्रकार, सरोकारबालाका साथै ऐक्यवद्धता जनाउने विभिन्न संघ संस्थाप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन समेत गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले २०८० साउन २३ गते जारी गरेको सूचनाले संविधान विपरित प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने काम भएको ठहर गर्दे विगत ६ दिनदेखी पत्रकार महासंघ आन्दोलनमा रहेको थियो ।
पत्रकार महासंघको आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित
सारांश
- पत्रकार महासंघले उठाएका दुबै माग वार्ताको माध्यमले प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रहरी प्रमुख नरेन्द्र कार्कीले सम्बोधन गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरिएको महासंघका अध्यक्ष श्रवणकुमार देवद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।
- जारि विज्ञप्तिमा मंगलबार भएको वार्तामा जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना त्रुटिपूर्ण रहेको र प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले गल्ती भएको भन्दै माफी समेत मागेको तथा पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको र आगामी दिनमा यस किसिमका त्रुटी नगर्ने प्रतिबद्धता जिल्ला प्रशासन कार्यालयले जनाएको उल्लेख छ ।
- त्यस्तै पत्रकार मनोहर पोखरेलमाथि जिल्ला प्रहरी कार्यालयम सप्तरीमा २०८० साउन १५ गते घटेको घट्ना सम्बन्धमा प्रचलित कानून अनुसार कारवाही गरी नेपाल पत्रकार महासंघ सप्तरीलाई जानकारी गराउने प्रतिबद्धता जनाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया