विशेष अदालतद्वारा निलम्बित मेयर दोषि ठहर, न्यायका लागि मतदातादेखी सर्वोच्च अदालतसम्म पुग्ने ः भिमराज

राजविराज राजविराज
|
शुक्रबार, भाद्र १, २०८०
|
|
२१ पटक हेरिएको
Shares
विशेष अदालतद्वारा निलम्बित मेयर दोषि ठहर, न्यायका लागि मतदातादेखी सर्वोच्च अदालतसम्म पुग्ने ः भिमराज

सारांश

  •     मेयरमा निर्वाचित हुनु अघि यादव संचालक रहेका न्यू गहिल कन्स्ट्रक्सनद्वारा आ.
  • ब.
  • २०७४÷७५ मा राजविराजस्थित राजरंगशालाको स्तरोन्नती कार्यमा भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीलगायत ७ जना बिरुद्ध २०७९ साल असार २९ गते विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, १ भदौं ।

    विशेष अदालतले राजविराजका निलम्बित मेयर भिमराज यादवलाई दोषि ठहर गर्दै २ लाख ६३ हजार ४ सय ६८ रुँपैया जरिवाना तोकेको छ । 
    मेयरमा निर्वाचित हुनु अघि यादव संचालक रहेका न्यू गहिल कन्स्ट्रक्सनद्वारा आ.ब. २०७४÷७५ मा राजविराजस्थित राजरंगशालाको स्तरोन्नती कार्यमा भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीलगायत ७ जना बिरुद्ध २०७९ साल असार २९ गते विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो । 
    सोही मुद्दामा बिहीबार विशेष अदालतले उनलाई दोषि ठहर गरि जरिवाना तोकेको हो । सोही मुद्दाका प्रतिवादी जिल्ला समन्वय समितिका इन्जिनियर विकास श्रेष्ठलाई ६ महिना कैद तथा उदय निर्माण सेवाका संचालक उदय श्रेष्ठलाई २ लाख ६३ हजार ४ सय ७० रुँपैया जरिवाना भराउन विशेष अदालतको आदेशमा उल्लेख छ । 
    यस्तै सोही प्रकरणमा आरोपी जिल्ला खेलकुद विकास समितिका तत्कालिन अध्यक्ष एजेट न्यासुर, उपाध्यक्ष धिरेन्द्र बर्मा धिरु, कार्यालय प्रमुख लक्ष्मण मण्डल र नासु महेन्द्र यादवलाई भने विशेष अदालतले सफाई दिएको छ ।  
    आयोगद्वारा दायर गरिएको आरोपपत्रमा उक्त निर्माण कम्पनीका संचालक रहेका यादवले निर्धारित शर्त तथा मापदण्ड (स्पेसिफिकेशन) विपरित कार्य गरि त्यस्तो कार्यलाई शर्त तथा मापदण्ड बमोजिम नै भएको भनि प्रमाणित र स्विकृत गराई २ लाख ६३ हजार ४ सय ६८ रुँपैया ४० पैसा बढी भुक्तानी लिएको उल्लेख छ । 
    यसैबीच जरिवाना तोकिएका राजविराजका निलम्बित मेयर यादवले आफू न्यायका लागि मतदातादेखी सर्वोच्च अदालतसम्म पुग्ने बताएका छन् । यादव बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा परेको भ्रष्टाचार मुद्दामा अघिल्लो दिन बिहीबार विशेष अदालतले जरिवाना तोकेपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।  
    उनले आफू अन्यायमा परेको जिकिरका साथ न्यायका लागि जनता हुँदै सर्वोच्च अदालतसम्म जाने संचारकर्मीलाई बताएका छन् । विशेष अदालतबाट भएको फैसला बिरुद्ध सर्वोच्च जाने अधिकार सुरक्षित रहेकाले पुनरावेदनका लागि सर्वोच्च अदालत पुग्ने उनको भनाई छ । 
    उनले आफू निर्दोष भएको दाबीका साथ लागेको कलंक मेटाउन पनि जनता हुँदै सर्वोच्च अदालत पुग्नु जरुरी भएको प्रष्ट पारेका छन् । उनले सुरुवाती चरणमा नगर क्षेत्रका मतदाताको घर घर गएर सल्लाह सुझाव लिने र त्यसपछि सर्वोच्च अदालत पुग्ने योजना रहेको सुनाए । 
    २०७९ जेठ ९ गते पदभार ग्रहण गरेको एक महिना २१ दिन नबित्दै भ्रष्टाचारको आरोप लागेका मेयर यादव निलम्बनमा परेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माग सम्बोधन नभए निर्वाचन प्रक्रिया रोक्ने जनमतको चेतावनी
माग सम्बोधन नभए निर्वाचन प्रक्रिया रोक्ने जनमतको चेतावनी
बभनगामाका अग्निपीडितलाई  क्लबले राहत वितरण ग¥यो
बभनगामाका अग्निपीडितलाई  क्लबले राहत वितरण ग¥यो
न्यायाधीशहरूको बिदाइ तथा सम्मान 
न्यायाधीशहरूको बिदाइ तथा सम्मान 
क्यालेन्डरमा फरक÷फरक तिथि देखाएपछि  सरस्वती पुजा दुई दिन मनाइदै
क्यालेन्डरमा फरक÷फरक तिथि देखाएपछि  सरस्वती पुजा दुई दिन मनाइदै
असोज ३ लाई सरकारी स्तरबाट उत्सव, मोर्चाद्वारा कालो दिवस
असोज ३ लाई सरकारी स्तरबाट उत्सव, मोर्चाद्वारा कालो दिवस
स्वास्थ्यकर्मीहरूलाई तैयारीका साथ श्रोतसाधन परिचालन गर्न आग्रह 
स्वास्थ्यकर्मीहरूलाई तैयारीका साथ श्रोतसाधन परिचालन गर्न आग्रह 
छिन्नमस्तासहित १३ स्थानीय तहले ल्याउन सकेन बजेट 
छिन्नमस्तासहित १३ स्थानीय तहले ल्याउन सकेन बजेट 
’संविधान भत्काउन खोजे मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिन्छ’ ः उपेन्द्र यादव
’संविधान भत्काउन खोजे मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिन्छ’ ः उपेन्द्र यादव
जनप्रतिनिधिद्वारा गुण्डागर्दी शैलीमा कुटपिट गर्दै घर तोडफोड 
जनप्रतिनिधिद्वारा गुण्डागर्दी शैलीमा कुटपिट गर्दै घर तोडफोड 
समाजसेवी देव दम्पतीद्वारा बृद्धबृद्धालाई  सम्मानसहित सिरक प्रदान
समाजसेवी देव दम्पतीद्वारा बृद्धबृद्धालाई  सम्मानसहित सिरक प्रदान

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह