दैनिक समाचारदाता
राजविराज, १८ भदौं ।
फरार रहेकी एक मिटरबयाजीलाई पक्राउ गर्न माग गर्दै सोमबार पीडितहरुले जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी दिएका छन् ।
सप्तरीको खडक नगरपालिकाबाट आएका दुई दर्जन मिटरब्याजी पीडितहरुले सोही नगरपालिका १० की मिटरब्याजी फुलकुमारी साह बिरुद्ध प्रमुख जिल्ला अधिकारीलाई उजुरीपत्र बुझाएका हुन् ।
प्रदेश सांसद माला कर्ण, नेकपा एकीकृत समाजवादीका केन्द्रिय परिषद् सदस्य शत्रुहनप्रसाद आजादको अगुवाईमा २४ जना मिटरब्याजी पीडितहरुद्वारा हस्ताक्षरित उजुरी पत्रमा घर, जग्गा र सुनचाँदी बन्धकी राखेर चर्को मिटरब्याज असुली गर्ने ५५ वर्षिया साहलाई अविलम्ब पक्राउ गरि पीडितलाई न्याय दिलाउन माग गरिएको छ ।
साहको चर्को मिटरब्याजबाट पीडित ३० वर्षिया ललितादेवी साहले ब्याज र ऋण असुलीको नाममा आफूहरुको उठीवास गराउन लाग्दा तनावमा आएका श्रीमान् दिरिपलाल साहले २० दिनअघि आत्महत्या गरेको बताइन् । उनले सरकारद्वारा गठित अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी सहायता कक्षमा समेत उजुरी दिएको एक महिना बितिसक्दा पनि मिटरब्याजी साहलाई प्रहरीले पक्राउ गर्न नसकेको गुनासो पोखिन ।
मिटरब्याजीबाट पीडितहरुले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनमाथी सुनुवाईमा ढिलो हुँदा पीडितहरु थप पीडामा परेको प्रदेशसभा सदस्य कर्णको भनाई छ । मिटरब्याजी साहले ऋण दिँदा मनपरी ब्याज असुल्ने र घरघडेरी कब्जा गर्दा गरिबको उठिवास भएकाले साथ दिन आएको उनले बताइन् ।
उजुरी बुझ्दै प्रमुख जिल्ला अधिकारी किरण थापाले पीडितलाई न्याय दिलाउन आफूले तत्कालै आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् । साहमाथी जग्गा तथा सुनचाँदीको गरगहना बन्धकी राखेर चर्को मिटरब्याज असुली गर्ने र कतिपय ब्यक्तिले लिएको ऋणको ब्याज र साँवा चुक्ता गरिसकेपनि धितो फिर्ता नगरेको आरोप छ ।
मिटरब्याजी साह बिरुद्ध पीडितहरुद्वारा उजुरी
सारांश
- सप्तरीको खडक नगरपालिकाबाट आएका दुई दर्जन मिटरब्याजी पीडितहरुले सोही नगरपालिका १० की मिटरब्याजी फुलकुमारी साह बिरुद्ध प्रमुख जिल्ला अधिकारीलाई उजुरीपत्र बुझाएका हुन् ।
- प्रदेश सांसद माला कर्ण, नेकपा एकीकृत समाजवादीका केन्द्रिय परिषद् सदस्य शत्रुहनप्रसाद आजादको अगुवाईमा २४ जना मिटरब्याजी पीडितहरुद्वारा हस्ताक्षरित उजुरी पत्रमा घर, जग्गा र सुनचाँदी बन्धकी राखेर चर्को मिटरब्याज असुली गर्ने ५५ वर्षिया साहलाई अविलम्ब पक्राउ गरि पीडितलाई न्याय दिलाउन माग गरिएको छ ।
- साहको चर्को मिटरब्याजबाट पीडित ३० वर्षिया ललितादेवी साहले ब्याज र ऋण असुलीको नाममा आफूहरुको उठीवास गराउन लाग्दा तनावमा आएका श्रीमान् दिरिपलाल साहले २० दिनअघि आत्महत्या गरेको बताइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया