दैनिक समाचारदाता
राजविराज, २ असोज ।
वर्तमान संविधानले हिन्दुहरुको मानमर्यादा राख्न सफल नभएको भन्दै विभिन्न चार संस्थाले हिन्दु राष्ट्र घोषणाको माग गर्दै आन्दोलन चर्काउने जानकारी दिएको छ ।
२०४७ संविधान पुनःस्थापना हाम्रो अभियान, नेपाल लागि नेपाली पार्टी, श्रीराम हनुमान आराधना मण्डल दर्ता नम्बर ८१२ र विभिन्न धार्मिक संघसंस्थाहरुको प्रतिनिधिहरुको उपस्थितिमा मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिइएको हो । सोही पत्रकार सम्मेलनमा बुधबार राजविराजमा हिन्दु राष्ट्र घोषणाका लागि ¥याली निकाल्ने तयारी भइरहेको बताइएको छ ।
पत्रकार सम्मेलनमा २०४७ संविधान पुनःस्थापना हाम्रो अभियानका संयोजक किशोरी महतोले २०७२ सालमा जारि भएको संविधानले हिन्दुहरुको रक्षा गर्न नसकेको, गौं हत्यामा संलग्न रहेकाहरुको सरकारले संरक्षण गरेको, धार्मिक द्वन्द चर्काउन चलखेल बढ्दै गएको भन्दै उनले सम्पूर्ण मधेशलाई हिन्दु प्रदेश घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए ।
उनले आउँदो केही दिनभित्रै पहिलो चरणमा मधेशका ८ र छिमेकी तीन गरि ११ जिल्लालाई हिन्दु प्रदेश बनाउनका लागि शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिदै त्यसपछि मुलुकभर सोही आन्दोलनलाई निरन्तरता दिने बताए ।
रामेश्वर राय यादवको अध्यक्षता तथा अभियानका संयोजक महतोको प्रमुख आतिथ्यमा आयोजित पत्रकार सम्मेलनमा देवनारायण महतो, शुसिलचन्द्र अधिकारी, दिपक आत्रेय, विष्णु दास, कनकलाल साह, रामबालक चौधरी, हनुमान आराधना मण्डलका सप्तरी अध्यक्ष बिन्दी मण्डल लगायतको सहभागिता रहेको थियो ।
हिन्दु राष्ट्र घोषणाको माग गर्दै आन्दोलन चर्काउने तयारी
सारांश
- २०४७ संविधान पुनःस्थापना हाम्रो अभियान, नेपाल लागि नेपाली पार्टी, श्रीराम हनुमान आराधना मण्डल दर्ता नम्बर ८१२ र विभिन्न धार्मिक संघसंस्थाहरुको प्रतिनिधिहरुको उपस्थितिमा मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिइएको हो ।
- सोही पत्रकार सम्मेलनमा बुधबार राजविराजमा हिन्दु राष्ट्र घोषणाका लागि ¥याली निकाल्ने तयारी भइरहेको बताइएको छ ।
- पत्रकार सम्मेलनमा २०४७ संविधान पुनःस्थापना हाम्रो अभियानका संयोजक किशोरी महतोले २०७२ सालमा जारि भएको संविधानले हिन्दुहरुको रक्षा गर्न नसकेको, गौं हत्यामा संलग्न रहेकाहरुको सरकारले संरक्षण गरेको, धार्मिक द्वन्द चर्काउन चलखेल बढ्दै गएको भन्दै उनले सम्पूर्ण मधेशलाई हिन्दु प्रदेश घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया