राजविराज विमानस्थलबाट उडान सेवा ठप्प

राजविराज राजविराज
|
सोमबार, चैत्र १८, २०७५
|
|
३२ पटक हेरिएको
Shares

सारांश

  •     पटक पटक बन्द अनी संचालन हुँदै आएको विमानस्थल नौं महिना अघि असार १० गतेदेखी निकै तामझामका साथ संचालनमा आएको थियो ।
  • यसअघि जेठ ९ गते तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व.
  • रविन्द्र अधिकारीले नवनिर्मित रनवे उद्घाटन गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, १८ चैत । 
    राजविराज विमानस्थलबाट सोमबारदेखी उडान सेवा ठप्प भएको छ । 
    पटक पटक बन्द अनी संचालन हुँदै आएको विमानस्थल नौं महिना अघि असार १० गतेदेखी निकै तामझामका साथ संचालनमा आएको थियो । यसअघि जेठ ९ गते तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रविन्द्र अधिकारीले नवनिर्मित रनवे उद्घाटन गरेका थिए ।
    विगतमा धावनमार्ग पक्की नभएको त कहिले यात्रुको अभाव भएको वहानामा उडान सेवा बन्द हुने गरेकोमा यस पटक जहाज मेन्टिनेन्सको नाममा पूर्वसूचना बिनै उडान सेवा बन्द गरिएको हो । 


    नागरिक उड्ययन कार्यालय राजविराजका प्रमुख भिमदत्त पन्तले काठमाडौंका लागि उडान भर्ने श्री एयरलाइनसको जहाज मेन्टिनेन्सका लागि उत्तै राखिएकाले उडान रद्द गरिएको जानकारी दिएका छन् । जहाज मेन्टिनेन्स कार्य पुरा हुन करिब १५ दिन अझैं समय लाग्न सक्ने भएकाले त्यस अवधीसम्म उडान सेवा बन्द रहने उनको भनाइ छ । 
    यता काठमाडौं यात्राका लागि टिकट काटेर विमानस्थल पुगेका यात्रुहरुलाई अचानक राजविराज नागरिक उड्ययन कार्यालयका कर्मचारीले जहाज मर्मतका लागि राखिएकाले उडान नभर्ने बताएपछि यात्रुहरु निरास र आक्रोसित भएका थिए । 
    श्री एयरलाइन्सले सुरुमा साताको ५ दिन सेवा दिँदै आएको थियो । त्यसपछि घटाएर साताको बुधबार, शुक्रबार र सोमबार गरि तीन दिन मात्र सेवा दिन थालेको थियो । यात्रुको चाप निरन्तर बढ्दै गएपनि सेवा कटौती गर्दै लगेका श्री एयरलायन्सले पछिल्लो पटक सोमबार बिना पूर्व जानकारी नै जहाज मर्मतको नाममा लामो समयका लागि सेवा ठप्प गरेको खबर फैलिएपछि स्थानियवासी आक्रोसित भएका छन् । 
    पछिल्लोपटक २०६५ सालदेखि पुरै वन्द रहेको यस विमानस्थललाई पुनः संचालनमा ल्याउन सरकारले ३० करोड ३० लाख ६४ हजार ५२८ रुपैयाँ खर्चेर १ हजार ५ सय मिटर लामो  र ३० मिटर चौडा धावन मार्ग पक्कि निर्माण कार्य सम्पन्न गराएको थियो । यस्तै ९० मिटर लामो र ६० मिटर चौडा एप्रोन, ११० मिटर लामो तथा २० मिटर चौडा ट्याक्सि वे कालोपत्रे गर्ने कार्य पनि सम्पन्न भएपछि नियमित उडानको वाटो खुलेको हो । 
    राजविराजवाट ४ किलोमिटर दक्षिण विष्णुपुर गाउँपालिकामा रहेको विमानस्थलको २०१६ सालमा तत्कालिन मन्त्री गणेशमान सिंहले उदघाटन गरेका थिए । तर, विमानस्थल पक्कि धावन मार्ग नहुँदा पटक पटक संचालनमा आउने र वन्द हुने नियति भोग्दै आएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह