पत्रकार झाको निधन

राजविराज राजविराज
|
बिहिबार, कार्तिक ३०, २०८०
|
|
२७ पटक हेरिएको
Shares
पत्रकार झाको निधन

सारांश

  •     विगत केही दिनयता पिसाब सम्बन्धि रोगले पीडित ५५ वर्षिय पत्रकार झाको उपचारको क्रममा निधन भएको परिवारजनले जानकारी दिएको छ ।
  •       मैथिली साहित्य परिषद्का पूर्वअध्यक्ष समेत रहेका उनको राजविराज वडा नं.
  • ३ स्थित घरमा बिहीबार बिहान संचारकर्मी, आफन्तजन, विभिन्न राजनीतिक दलका नेता लगायतले श्रद्धाञ्जली दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ३० कात्तिक । 

    नेपाल पत्रकार महासंघका पूर्वकोषाध्यक्ष शुभचन्द्र झाको बुधबार साँझ निधन भएको छ । 
    विगत केही दिनयता पिसाब सम्बन्धि रोगले पीडित ५५ वर्षिय पत्रकार झाको उपचारको क्रममा निधन भएको परिवारजनले जानकारी दिएको छ । 
    मैथिली साहित्य परिषद्का पूर्वअध्यक्ष समेत रहेका उनको राजविराज वडा नं. ३ स्थित घरमा बिहीबार बिहान संचारकर्मी, आफन्तजन, विभिन्न राजनीतिक दलका नेता लगायतले श्रद्धाञ्जली दिएका छन् । 
    नेपाल पत्रकार महासंघ सप्तरीले पत्रकार झाको असामयिक निधनले मर्माहत भएको जनाएको छ । महासंघका सचिव रामनारायण विश्वासद्वारा जारि विज्ञप्तिमा केही समयदेखि पिसाब सम्बन्धि रोगको उपचारकै क्रममा उनको निधन भएको जनाइएको छ ।
    यसैबीच महासंघका सभापति श्रवणकुमार देव, उपाध्यक्ष अम्बिका दाहाल, सचिव रामनारायण विश्वास, सहसचिव गोपाल प्रसाद गुप्ता, कोषाध्यक्ष नवीनकुमार गुप्ता, सदस्यहरु चन्दन यादव, भुषण सिंह, अनिल पोखरेल लगायतको उपस्थितिमा स्व. झाको शवमाथी नेपाल पत्रकार महासंघ अंकित झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिइएको छ ।   
    यस्तै मैथिली साहित्य परिषद्का अध्यक्ष अवधेश झाले पनि साहित्य परिषद्को झण्डा ओढाएर स्व. झाप्रति श्रद्धाञ्जली दिएका छन् । सो अवसरमा परिषद्का अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह