लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

राजविराज राजविराज
|
शनिबार, मंसिर ९, २०८०
|
|
८४ पटक हेरिएको
Shares
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

सारांश

  •     जिल्ला समन्वय समितिको प्राङ्गणबाट सुरु भएको प्रभातफेरी नगर परिक्रमा गर्दै गजेन्द्र चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
  •       सभामा प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविन, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख गजुसिद्धि बज्राचार्य, राष्ट्रिय अनुसन्धान कार्यालयका उपनिर्देशक सुरेन्द्र कोइराला, महिला सचेतना समाजकी अध्यक्ष सुनिता साह, सेभ द सप्तरीका अध्यक्ष ध्रुब देव, एकल महिला संगठनकी अध्यक्ष अनिता देवकोटा, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, महिला मानव अधिकार रक्षक संजालकी अध्यक्ष मनु खनाल, सबल नेपालका परमेश्वर झा लगायतका वक्ताहरुले समाजमा बालबिवाह, बहुविवाह, दाइजो प्रथा, बलात्कार लगायतका महिला हिंसाका घटना र बिकृती अझै विद्यमान रहेको प्रति चिन्ता व्यक्त गर्दै हिंसारहित समाजको निर्माणमा महिला र पुरुषबीच सहकार्य आवश्यक रहेको औल्याए ।
  •       हिंसा गतिबिधी न्युनिकरण तथा नियन्त्रण गर्ने उद्देश्यले अधिकार, न्याय तथा सामाजिक क्षेत्रमा आवद्ध विभिन्न संघसंस्था, विद्यालयका शिक्षक, विद्यार्थी, नागरिक समाज तथा सुरक्षा निकायका प्रमुख सम्मिलित जिल्ला स्तरिय लैङ्गिक हिंसा नियन्त्रण संजाल सप्तरीको आयोजनामा अभियान सुरु गरिएको हो ।

दैनिक समाचारदाता
राजविराज, ९ मंसिर । 

    लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान शनिबारदेखी सप्तरीमा समेत सुरु भएको छ । अभियानको पहिलो दिन “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको एक्यबद्धता” नारा सहित प्रभातफेरी र कोणसभाको आयोजना गरिएको छ ।
    जिल्ला समन्वय समितिको प्राङ्गणबाट सुरु भएको प्रभातफेरी नगर परिक्रमा गर्दै गजेन्द्र चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । 
    सभामा प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविन, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख गजुसिद्धि बज्राचार्य, राष्ट्रिय अनुसन्धान कार्यालयका उपनिर्देशक सुरेन्द्र कोइराला, महिला सचेतना समाजकी अध्यक्ष सुनिता साह, सेभ द सप्तरीका अध्यक्ष ध्रुब देव, एकल महिला संगठनकी अध्यक्ष अनिता देवकोटा, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, महिला मानव अधिकार रक्षक संजालकी अध्यक्ष मनु खनाल, सबल नेपालका परमेश्वर झा लगायतका वक्ताहरुले समाजमा बालबिवाह, बहुविवाह, दाइजो प्रथा, बलात्कार लगायतका महिला हिंसाका घटना र बिकृती अझै विद्यमान रहेको प्रति चिन्ता व्यक्त गर्दै हिंसारहित समाजको निर्माणमा महिला र पुरुषबीच सहकार्य आवश्यक रहेको औल्याए । 
    हिंसा गतिबिधी न्युनिकरण तथा नियन्त्रण गर्ने उद्देश्यले अधिकार, न्याय तथा सामाजिक क्षेत्रमा आवद्ध विभिन्न संघसंस्था, विद्यालयका शिक्षक, विद्यार्थी, नागरिक समाज तथा सुरक्षा निकायका प्रमुख सम्मिलित जिल्ला स्तरिय लैङ्गिक हिंसा नियन्त्रण संजाल सप्तरीको आयोजनामा अभियान सुरु गरिएको हो । 
    १६ दिनसम्म चल्ने यो अभियान अन्तरगत लैङ्गिक हिंसा निवारण र महिला सशक्तिकरण सम्बन्धी विशेष कार्यक्रमहरु संचालनमा ल्याइने जिल्ला स्तरिय लैङ्गिक हिंसा नियन्त्रण संजाल सप्तरीले जनाएको छ । 
    विश्वभर नोभेम्बर २५ तारिखलाई महिलामाथी हुने हिंसा बिरुद्ध अन्तराष्ट्रिय दिवसका रुपमा मनाउँदै आएको छ । नेपालमा यो अभियान बि.स. २०५४ सालदेखी मनाउन थालिएको हो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल 
मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल 
सप्तरीमा २० प्रतिशत रोपाई, ५ सय विगहामा लगाइएको धान खेत डुवानमा
सप्तरीमा २० प्रतिशत रोपाई, ५ सय विगहामा लगाइएको धान खेत डुवानमा
तिलाठी गापाका निवर्तमान अध्यक्ष सिंहसहित दुई हजार जनमतमा प्रवेश
तिलाठी गापाका निवर्तमान अध्यक्ष सिंहसहित दुई हजार जनमतमा प्रवेश
राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
दुबै सरकार मिलेर खाडो नदी नियन्त्रण गर्नुपर्छ ः राष्ट्रिय सभासदस्य मृगेन्द्र सिंह
दुबै सरकार मिलेर खाडो नदी नियन्त्रण गर्नुपर्छ ः राष्ट्रिय सभासदस्य मृगेन्द्र सिंह
प्रहरी सहायक निरिक्षक  महतो उत्कृष्ट प्रहरी घोषित
प्रहरी सहायक निरिक्षक  महतो उत्कृष्ट प्रहरी घोषित
रंगभेद विरुद्ध राजविराजमा जनमतको प्रदर्शन
रंगभेद विरुद्ध राजविराजमा जनमतको प्रदर्शन
दुबै मृगौला फेल भएकी श्रीमतीलाई डायलासिसका लागि साइकलमा बोकर अस्पताल धाउँदै पाचु 
दुबै मृगौला फेल भएकी श्रीमतीलाई डायलासिसका लागि साइकलमा बोकर अस्पताल धाउँदै पाचु 
लागुऔषधसहित एक पक्राउ
लागुऔषधसहित एक पक्राउ
सहकारीको ऋण तिर्न नसकेकै कारण आत्महत्या गरेका रामदेवको ऋण पालिकाले तिर्ने
सहकारीको ऋण तिर्न नसकेकै कारण आत्महत्या गरेका रामदेवको ऋण पालिकाले तिर्ने