दैनिक समाचारदाता
राजविराज, १४ मंसिर ।
सप्तरीका एक समाजसेवीले सधै झैं बुधबार पनि एक अग्निपीडित परिवारलाई राहत प्रदान गरेका छन् ।
धर्मी हल्फा क्लबका अध्यक्ष ई. सूर्यनारायण यादवले जिल्लाको विष्णुपुर गाउँपालिका वडा नं. १ स्थित परसाही टोलका अग्निपीडित छेदी यादवका परिवारलाई राहत प्रदान गरेका हुन् ।
आगलागिबाट सर्वस्व गुमाई बिच्चलीमा रहेका यादव परिवारलाई त्रिपाल, झुल, तन्ना, धोती, साड़ी, थाल, ग्लास, डेक्ची, कराही, छोल्नी, बाल्टिन, मग लगायतका सामाग्रीहरू ई. यादवले पीडितकै घर पुगेर बितरण गरे ।
गत शनिबार दिउँसो अचानक आगलागि हुँदा एक गाईगोठ र दुई वटा कोठा जलेर नष्ट भएको थियो । आगलागिमा लत्ताकपडा, अन्नपात, नगद, फर्निचर लगायत जलेर नष्ट हुँदा करिब ५ लाख मुल्य बराबरको क्षति भएको पीडितले जानकारी दिएका छन् ।
समाजसेवी इन्जिनियर यादवद्वारा अग्निपीडित परिवारलाई राहत प्रदान
सारांश
- धर्मी हल्फा क्लबका अध्यक्ष ई.
- सूर्यनारायण यादवले जिल्लाको विष्णुपुर गाउँपालिका वडा नं.
- १ स्थित परसाही टोलका अग्निपीडित छेदी यादवका परिवारलाई राहत प्रदान गरेका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया