झुठा प्रचारवाजी गरेर द्वन्द्व निम्तियाउन खोजेको आरोप ः प्रदेश सदस्य सिंह

राजविराज राजविराज
|
बिहिबार, माघ १८, २०८०
|
|
१९ पटक हेरिएको
Shares
झुठा प्रचारवाजी गरेर द्वन्द्व निम्तियाउन खोजेको आरोप ः प्रदेश सदस्य सिंह

सारांश

  •     राजविराजमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिंहले ईन्जियरिङ कलेज, नर्सिङ र तीन सय बेडको अस्पताल बनाएको भ्रामक प्रचारवाजी गरेर जसपाले द्वन्द्व निम्तियाउन खोजेको आरोप लगाए ।
  •     प्रदेशसभा सदस्य सिंहले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव प्रति लक्षित गर्दै टियु क्याम्पस राजविराजमा एउटा भवन बनाएर त्यसको उद्घाटन गरी राजविराजमा ईन्जियरिङ कलेजको उद्घाट्न गरेको मिडियामा हेर्दा आश्चर्य चकित भएको जनाए ।
  •       ‘यो ईन्जिनियरिङ कलेज कुन विश्व विद्यालयबाट मान्यता प्राप्त गरेको छ ?

दैनिक समाचारदाता
राजविराज, १८ माघ । 

    मधेश प्रदेशका अर्थ तथा योजना समितिका सभापति एवं प्रदेशसभा सदस्य सतिश कुमार सिंहले जसपाले झुठा प्रचारवाजी गरेर द्वन्द्व निम्तियाउन खोजेको आरोप लगाएका छन् । 
    राजविराजमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिंहले ईन्जियरिङ कलेज, नर्सिङ र तीन सय बेडको अस्पताल बनाएको भ्रामक प्रचारवाजी गरेर जसपाले द्वन्द्व निम्तियाउन खोजेको आरोप लगाए ।
    प्रदेशसभा सदस्य सिंहले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव प्रति लक्षित गर्दै टियु क्याम्पस राजविराजमा एउटा भवन बनाएर त्यसको उद्घाटन गरी राजविराजमा ईन्जियरिङ कलेजको उद्घाट्न गरेको मिडियामा हेर्दा आश्चर्य चकित भएको जनाए । 
    ‘यो ईन्जिनियरिङ कलेज कुन विश्व विद्यालयबाट मान्यता प्राप्त गरेको छ ?, के टियुको मातहतमा ईन्जिनियरिङ विंगस् छ ?’ प्रश्न गर्दै उनले भने, ‘यदि छ भने तपाईहरु पत्ता लगाई दिनुस्, कुन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका छ ?’
    जसपाले कलेज खेलिदिएको तर जनमत पार्टीले सञ्चालनमा ल्याउन नसकेको राजनीतिक एजेण्डा सेट गर्न एउटा बिल्डिग उद्घाटन् गरेर ईन्जिनियरिङ कलेजको नामबाट प्रचारबाजी गरिरहेका स्पष्ट पारे ।
    यस्तै गजेन्द्रनाराण सिंह अस्पताल अहिले पनि ५० बेडकै रहेको र त्यसमा पनि भवन बनाएर नर्सिङ कलेज बनाएको प्रचारबाजी गरेको बताए । ‘यो अस्पताल अहिले पनि ५० बेडकै छ र एक सय बेडको नभए सम्म नर्सिग कलेज संचालनका लागि अनुमति नै नपाउने कानुनी व्यवस्था छ ।’ उनले भने, ‘यो सबै स्टंटबाजी हो ।’
    उपेन्द्र यादव आफै उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री रहेको बेला किन यो अस्पताललाई स्तरबृद्धि गरेर तीनसय बेडको नबनाएको प्रश्न गर्दै आफूहरु भने त्यसको लागि चुनाव जितेको पहिलो दिन देखि नै प्रयासरत रहेको जानकारी दिए ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह