दैनिक समाचारदाता
राजविराज, १० फागुन ।
निर्माण व्यवसायी संघ सप्तरीका नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनियताको शपथ लिएका छन् । बिहिबार आयोजित एक समारोहबीच पद तथा गोपनियताको शपथ लिँदै पदभार ग्रहण समेत गरेका छन् ।
राजविराजस्थित निर्माण व्यवसायी संघ सप्तरीको सभा कक्षमा आयोजित समारोहमा नवनिर्वाचित अध्यक्ष सतिशचन्द्र झालाई निर्वाचन समितिका संयोजक रामअशिषप्रसाद साह स्वर्णकारले सपथ गराएका थिए । यस्तै अन्य पदाधिकारीलाई अध्यक्ष झाले पद तथा गोपनियताको शपथ ग्रहण गराए । सो अवसरमा महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले सबै निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरे ।
गत माघ १३ गते सम्पन्न निर्वाचनमा संघको जिल्ला अध्यक्षमा सतिशचन्द्र झा, प्रथम उपाध्यक्षमा भुपेन्द्र यादव, द्वितीय उपाध्यक्षमा कैलाश प्रसाद देव, महासचिवमा अमृतलाल साह, सचिवमा प्रमोद कुमार मण्डल, कोषाध्यक्षमा दिवाकर सिंह र सहकोषाध्यक्षमा उमेश प्रसाद यादव निर्वाचित भएका थिए ।
यस्तै सदस्यहरूमा जगदीश अर्याल, प्रभाकर यादव, उदय श्रेष्ठ, मो. अनवर दफाली, विजयकुमार रजक, कृष्णचन्द्र यादव, विष्णुप्रसाद देव, मुकेश कुमार यादव, रामचन्द्र यादव, निलेश कुमार झा, रंजित चौधरी, भुवनारायण यादव र उमाकान्त साह निर्वाचित भएका थिए । सो अवसरमा संघको स्थापना तथा निर्माण व्यवसायीहरूको पेशागत हकहित, संरक्षण र सम्बद्र्धनमा योगदान गरेबापत पुराना निर्माण व्यवसायी कामेश्वरलाल देव, जयप्रकाश ठाकुर, कैलाश प्रसाद यादव, अरुण प्रधान, नित्यानन्द सिंहलाई दोसल्ला र कदरपत्रबाट सम्मान गरिएको थियो ।
निर्माण व्यवसायी संघ सप्तरीका निवर्तमान अध्यक्ष एनेश्वर दासको अध्यक्षतामा आयोजित समारोहमा निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंह, उपाध्यक्ष केबी लामा, महासचिव रोशन दाहाल, कोषाध्यक्ष हिरण्य श्रेष्ठ, केन्द्रीय सदस्य नन्दकिशोर साह, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साहलगायतले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै गुणस्तरीय निर्माण विकास तथा निर्माण व्यवसायीको पेशागत हकहितमा प्रतिवद्ध रहने विश्वास व्यक्त गरे ।
नवनिर्वाचित पदाधिकारीहरूले लिए पद तथा गोपनियताको शपथ
सारांश
- राजविराजस्थित निर्माण व्यवसायी संघ सप्तरीको सभा कक्षमा आयोजित समारोहमा नवनिर्वाचित अध्यक्ष सतिशचन्द्र झालाई निर्वाचन समितिका संयोजक रामअशिषप्रसाद साह स्वर्णकारले सपथ गराएका थिए ।
- यस्तै अन्य पदाधिकारीलाई अध्यक्ष झाले पद तथा गोपनियताको शपथ ग्रहण गराए ।
- सो अवसरमा महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले सबै निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया