काँग्रेस र एमाले मुलुकको स्थिरता र सुशासनका लागी अघि बढ्नु आवश्यक ः काँग्रेस नेता डा.संग्रौला

राजविराज राजविराज
|
बुधबार, चैत्र ७, २०८०
|
|
२४ पटक हेरिएको
Shares
काँग्रेस र एमाले मुलुकको स्थिरता र सुशासनका लागी अघि बढ्नु आवश्यक ः काँग्रेस नेता डा.संग्रौला

सारांश

  •     नेपाल प्रेस युृनियन सप्तरीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताइएकी हुन् ।
  • उनले दुबै ठूला दल मुलुकमा स्थिरता र सुशासनका लागी पनि मिलेर अघि बढ्नु पर्ने जिकिर गरिन् ।
  •       माओवादीबाट नेपाली काँग्रेस र एमाले दुबैले पटक÷पटक धोखा खाएको भन्दै यी दुबै पार्टीको सरकार बन्ने प्रबल सम्भावना रहेको समेत बताएकी छिन् ।

दैनिक समाचारदाता
राजविराज, ७ चैत ।

    नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले मुलुकको परिस्थितीलाई हेरेर काँग्रेस र एमाले जस्ता ठूला दल एकसाथ मिलेर मुलुक समृद्धिका लागी अघि बढ्नु आजको आवश्यक्ता रहेको बताएकी छिन् । 
    नेपाल प्रेस युृनियन सप्तरीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताइएकी हुन् । उनले दुबै ठूला दल मुलुकमा स्थिरता र सुशासनका लागी पनि मिलेर अघि बढ्नु पर्ने जिकिर गरिन् । 
    माओवादीबाट नेपाली काँग्रेस र एमाले दुबैले पटक÷पटक धोखा खाएको भन्दै यी दुबै पार्टीको सरकार बन्ने प्रबल सम्भावना रहेको समेत बताएकी छिन् । 
    माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिएर जनताप्रति बेइमानी गरेको आरोप लगाउँदै उनले यही वास्तिविक्ता बुझेर संसदमा ठूला दल हुदाँ हुदै पनि काँग्रेस प्रमुख प्रतिपक्षमा बसेको प्रष्ट पारिन । 
    “काँग्रेस सुशासनको पक्षमा छ, उनले भनिन, वर्तमान गृहमन्त्री रवी लामिछानेले पनि राजिनामा दिएर सुशासनको मार्ग फराकिलो गर्नु आवश्यक छ ।”
    महिला नेतृ संग्रौलाले गृहमन्त्री लामिछाने माथी सहकारीको पैसा हिनामिना गरेको आरोप लागी रहदा पदमा बसिरहनु उपयुक्त नरहेको भन्दै हालै पोखरामा प्रधानमन्त्री प्रचण्डलाई समेत सहकारी पीडितहरुले यसबारे ज्ञापन पत्र बुझाएका कारण पनि छानवीन गर्ने ब्यक्ती माथी नै आरोप लागेकोले पदमा बसिरहन नमिल्ने जिकिर गरिन । 
    विगतमा एमालेले पनि माँग गरेको छानवीन समिति गठन पछि ठूला ठुला भ्रष्टाचारमा संलग्न ब्यक्ती पक्राउ परेको स्मरण गराउँदै उनले अहिले काँग्रेसले पनि त्यस्तै छानवीन समिति गठनका लागी संसदमा माँग गरिरहेको र यसकमा कसैले पनि विरोध जनाउन न हुने बताईन । 
    प्रेस युनियन सप्तरीका अध्यक्ष विनय कर्णको अध्यक्षतामा आयोजित कार्यक्रममा काँग्रेसकी केन्द्रिय सदस्य मन्जु यादव, सप्तरी जिल्ला सभापती रामदेव साह, सचिव सनत मण्डल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्घटनामा बालिका र महिला घाइते
दुर्घटनामा बालिका र महिला घाइते
तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल 
तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल 
वन अतिक्रमित क्षेत्र खाली गराउन र डढेलो नियन्त्रणका लागि चार बुँदे निर्णय
वन अतिक्रमित क्षेत्र खाली गराउन र डढेलो नियन्त्रणका लागि चार बुँदे निर्णय
आगलागिमा पाँच लाख बढीको क्षति
आगलागिमा पाँच लाख बढीको क्षति
बिनाकारण सशस्त्र इन्सपेक्टरले जवानलाई छातीमा बुटले प्रहार गरेको आरोप 
बिनाकारण सशस्त्र इन्सपेक्टरले जवानलाई छातीमा बुटले प्रहार गरेको आरोप 
झुम्कालाई मेयर कपको उपाधी
झुम्कालाई मेयर कपको उपाधी
पुस्तक बिक्रिमा लगाइएको सिन्डीकेट  बिरुद्धमा प्रशासनले चाल्यो कदम, प्रशासनको टोलीले पुस्तक पसलको ग¥यो निरिक्षण
पुस्तक बिक्रिमा लगाइएको सिन्डीकेट  बिरुद्धमा प्रशासनले चाल्यो कदम, प्रशासनको टोलीले पुस्तक पसलको ग¥यो निरिक्षण
भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
अग्नीसाईर कृष्णासवरनका अध्यक्ष चौधरीद्वारा राजिनामा
अग्नीसाईर कृष्णासवरनका अध्यक्ष चौधरीद्वारा राजिनामा
दोषिमाथी कारवाहीको माग गर्दै प्रदर्शन
दोषिमाथी कारवाहीको माग गर्दै प्रदर्शन