बंश वृद्धिका लागि आरक्ष क्षेत्रमा छाडिए भाले गैंडा

राजविराज राजविराज
|
शनिबार, चैत्र १०, २०८०
|
|
२० पटक हेरिएको
Shares
बंश वृद्धिका लागि आरक्ष क्षेत्रमा छाडिए भाले गैंडा

सारांश

  •     उनका अनुसार बंश विस्तार गर्ने योजनाका साथ गैंडा ल्याइएको हो ।
  • ल्याइएको भाले गैंडा ९ बर्षका छन् भने तौल साढे ३ टन रहेको छ ।
  •     गैंडा छोड्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले पोथी र भाले दुबै ल्याइएपछि गैंडाको बंश वृद्धि हुने विश्वास व्यक्त गरे ।

    राजविराज÷सप्तरीको कंचनरूप नगरपालिका वडा ५ स्थित कोशी टप्पु वन्यजन्तु आरक्ष पथरी सेक्टरमा भाले गैंडा छाडिएको छ । शनिबार चितवनबाट ल्याइएको मेघौली भाले गैंडा छाडिएको हो ।
    उक्त सेक्टरमा वन तथा वातावरण मन्त्री नवलकिशोर साहको उपस्थितिमा गैंडा छाडिएको हो । यसअघि असोज १० गते उक्त सेक्टरमा दुई वटा पोथी गैंडा छाडिएको थियोे । 
    चितवनबाटै पुष्पा र अन्जली नामका दुई पोथी गैंडा ल्याइएको ६ महिनापछि भाले गैंडा ल्याइएको कोशी टप्पु वन्यजन्तु आरक्षका वार्डेन रमेश यादवले जानकारी दिएका छन् ।
    उनका अनुसार बंश विस्तार गर्ने योजनाका साथ गैंडा ल्याइएको हो । ल्याइएको भाले गैंडा ९ बर्षका छन् भने तौल साढे ३ टन रहेको छ ।
    गैंडा छोड्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले पोथी र भाले दुबै ल्याइएपछि गैंडाको बंश वृद्धि हुने विश्वास व्यक्त गरे । उनले गैंडाको बंश वृद्धि भएपछि कोशी टप्पु वन्यजन्तु आरक्षमा पर्यटकीय क्षेत्रमा थप बल पुग्ने बताए ।
    वन क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको बताउँदै साहले वन्यजन्तुको संरक्षणप्रति सबैले ध्यान दिनुपर्ने बताए । 
    वन तथा वातावरण मन्त्रालयका सचिव डाक्टर दीपक बरालले मन्त्रालयले वनको संरक्षण, प्रवद्र्धन र विकासका लागि विभिन्न योजना ल्याएको जानकारी गराए । उनले वन क्षेत्रलाई पनि पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सरकार अघि बढिसकेको बताउँदै यसमा सबैले सहयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह