दैनिक समाचारदाता
राजविराज, २४ बैशाख ।
मामा घर राजविराज आएकी दिदीबहिनी चार दिनदेखी वेपत्ता भएकी छिन् । मामाको छोरीको विवाहमा भारतबाट सरिक हुन राजविराज आएकी भारत विहार राज्यको दरभंगा जिल्ला जाले ग्राम पंचायत वस्ने जय किशोर यादवकी १८ वर्षिया छोरी रिंकी र १९ वर्षिया पिंकी बैशाख २१ देखी राजविराजबाट वेपत्ता भएकी हुन् ।
राजविराज ७ खरसाल टोल वस्ने मामा अशोक यादवको छोरीको वैशाख ७ गते तय भएको विवाहमा सरिक हुन वुवा जयकिशोर र आमा देवकी देवी सहित दिदी÷बहिनी रिंकी र पिंकी बैशाख ६ गते नै राजविराज पुगेकी थिइन ।
विहे सम्पन्न भएपनि आफ्नो घर मै वसेका भान्जी रिंकी र पिंकी २१ वैशाख शुक्रवार दिउसो १ बजे देखी सम्पर्क विहीन भएको मामा अशोकले बताए ।
चार दिनदेखी भान्जीहरुको खोजी गर्दा पनि कतै फेला नपरेको उनले सुनाए । कतै कुनै सुराक नपाइए पछि भान्जीको अवस्था पत्ता लगाइदिन अघिल्लो दिन आइतवार साँझ जिल्ला प्रहरी कार्यालयमा सो बारे सम्पुर्ण जानकारी गराइएको उनले सुनाए ।
छोरी खोज्दै सोमवार भारतको दरभंगा पुगेका बुवा जयकिशोरले आफन्त र चिनजानका सबैमा जानकारी गराइए पनि हाल सम्म फेला पर्न नसकेको फोन सम्पर्कमा बताएका छन् ।
आमा देवकीले छोरी रिंकी र पिंकी आफुलाई केही नभनी शुक्रवार दिउँसो १ बजेतीर घरबाट निस्केको र त्यस पछि अबेर राती सम्म पनि न फर्के पछि खोज तलास सूरु गरिएको बताईन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुंण्डिराज नेउपानेले सम्पर्क विहीन भएकी दिदी÷बहिनी रिंकी र पिंकीबारे आफन्तले आईतवार साँझ मात्र जानकारी गराएको बताए ।
यद्धपी सो बारे जानकारी आउना साथ सम्पर्क विहीन भएकी दिदी÷बहिनीको पत्ता लगाउन उनीहरुको हुलीया सहितको सम्पुर्ण विवरण सबै प्रहरी कार्यालयमा पठाइएको उनले बताए ।
उनले सिमावर्ती भारतीय क्षेत्रका प्रहरी अधिकारीलाई समेत जानकारी गराई उनीहरुको खोजी कार्या भईरहेको जनाए ।
मामाघर विवाहमा आएकी दिदीबहिनी चार दिनदेखी वेपत्ता
सारांश
- राजविराज ७ खरसाल टोल वस्ने मामा अशोक यादवको छोरीको वैशाख ७ गते तय भएको विवाहमा सरिक हुन वुवा जयकिशोर र आमा देवकी देवी सहित दिदी÷बहिनी रिंकी र पिंकी बैशाख ६ गते नै राजविराज पुगेकी थिइन ।
- विहे सम्पन्न भएपनि आफ्नो घर मै वसेका भान्जी रिंकी र पिंकी २१ वैशाख शुक्रवार दिउसो १ बजे देखी सम्पर्क विहीन भएको मामा अशोकले बताए ।
- चार दिनदेखी भान्जीहरुको खोजी गर्दा पनि कतै फेला नपरेको उनले सुनाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया