प्रथम जिल्ला स्तरिय कराँते प्रतियोगिता सम्पन्न

राजविराज राजविराज
|
सोमबार, बैशाख ३१, २०८१
|
|
३५ पटक हेरिएको
Shares
प्रथम जिल्ला स्तरिय कराँते प्रतियोगिता सम्पन्न

सारांश

  •     युनिभर्सल एकेडेमी राजविराज ८ को आयोजनामा सो प्रतियोगिता सम्पन्न भएको हो ।
  • प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि पूर्वाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका पूर्व निर्देशक एवं विद्यालयका अध्यक्ष बिरेन्द्र प्रसाद चौधरीले यस्ता खेलकुद प्रतियोगिताले बालबालिकाहरुको शारिरीक र मानसिक विकासका लागि उपलब्धीमूलक हुने बताए ।
  •       उनले आफ्नो विद्यालयमा हप्ताको एक दिने कराँते कक्षा संचालन गरिने जानकारी दिँदै जिल्लामै पहिलो पटक यस्तो प्रतियोगिता युनभिर्सल एकेडेमीले संचालन गर्न पाएकोमा गर्व महसुस भएको उल्लेख गरे ।

दैनिक समाचारदाता
राजविराज, ३१ बैशाख । 

    सप्तरी डोजो संघको समन्वयमा सोमबार राजविराजमा प्रथम जिल्ला स्तरिय कराँते प्रतियोगिता सम्पन्न भएको छ ।
    युनिभर्सल एकेडेमी राजविराज ८ को आयोजनामा सो प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि पूर्वाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका पूर्व निर्देशक एवं विद्यालयका अध्यक्ष बिरेन्द्र प्रसाद चौधरीले यस्ता खेलकुद प्रतियोगिताले बालबालिकाहरुको शारिरीक र मानसिक विकासका लागि उपलब्धीमूलक हुने बताए । 
    उनले आफ्नो विद्यालयमा हप्ताको एक दिने कराँते कक्षा संचालन गरिने जानकारी दिँदै जिल्लामै पहिलो पटक यस्तो प्रतियोगिता युनभिर्सल एकेडेमीले संचालन गर्न पाएकोमा गर्व महसुस भएको उल्लेख गरे । 
    जिल्ला खेलकुद विकास समिति सप्तरीका प्रमुख दिनेश भुजेलले जिल्लामा खेलकुदको विकासमा सरोकारवाला निकाय गम्भिर नरहेको आरोप लगाए । उनले जिल्ला स्तरिय कराँते खेल निजि विद्यालयले संचालन गर्नु भनेको खेलकुदप्रतिको लगाव हो भन्दै अन्य खेलहरु पनि निजिस्तरबाटै संचालन हुन सके पक्कै पनि जिल्लाको खेलकुदमा ठेवा पुग्ने विश्वास व्यक्त गरे ।
    वरिष्ठ कराँते प्रशिक्षक उमेश गुरुङले जिल्लामा क्रिकेट र फुटबल खेलका गतिबिधि भइरहेको बेला कराँते खेल भने ओझेलमा पर्दै गएकोले यस प्रतियोगिताबाट कराँते खेलप्रति रुची बढाउन आयोजना गरिएको बताए । 
    विद्यालयका संस्थापक रामकुमार चौधरीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा मधेश प्रदेश कराँते संघका सचिव कसम लादन, जिल्ला फुटबल संघ सप्तरीका अध्यक्ष राजकुमार परियार, वरिष्ठ कराँते प्रशिक्षक संजय जोशी, जिल्ला कराँते महासंघ सप्तरीका सचिव सुदिप कुवँर, विद्यालयका प्रधानाध्यापक इन्द्रिका चौधरी लगायतको उपस्थिति रहेको थियो । 
    उद्घाटन कार्यक्रमपछि विभिन्न तौल समूहमा खेलाडीहरुबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा छनौट भएका दुई दर्जन खेलाडीलाई आगामी दिनमा हुने प्रदेश स्तरिय कराँते प्रतियोगितामा सहभागि गराउने उद्देश्य रहेको वरिष्ठ कराँते प्रशिक्षक उमेश गुरुङले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नमो बुद्धलाई मेयर कप फुटबलको उपाधी 
नमो बुद्धलाई मेयर कप फुटबलको उपाधी 
श्रमिकको तलब २५ हजार निर्धारण  माग गर्दै प्रदर्शन र ज्ञापन
श्रमिकको तलब २५ हजार निर्धारण  माग गर्दै प्रदर्शन र ज्ञापन
आगलागिमा आठ लाख बढीको क्षति, गाउँपालिकाद्वारा राहत वितरण
आगलागिमा आठ लाख बढीको क्षति, गाउँपालिकाद्वारा राहत वितरण
२१ सदस्यीय सप्तरी फोटोग्राफर संघको कार्यसमिति चयन
२१ सदस्यीय सप्तरी फोटोग्राफर संघको कार्यसमिति चयन
सबल नेपालद्वारा बाढी प्रभावित समुदायलाई हाईजिन किटसहित विभिन्न सहयोग प्रदान गरिदै
सबल नेपालद्वारा बाढी प्रभावित समुदायलाई हाईजिन किटसहित विभिन्न सहयोग प्रदान गरिदै
छठ पर्वपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम सूचारु हुन्छ ः राष्ट्रिय सभा सदस्य प्याकुरेल
छठ पर्वपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम सूचारु हुन्छ ः राष्ट्रिय सभा सदस्य प्याकुरेल
गाउँपालिकाद्वारा सञ्चालन गरिएका क्रियाकलापहरुको अध्ययन टोलीले काम थाल्यो
गाउँपालिकाद्वारा सञ्चालन गरिएका क्रियाकलापहरुको अध्ययन टोलीले काम थाल्यो
राजविराज भन्सार कार्यालयद्वारा लक्ष्य भन्दा ३९ प्रतिशत कम राजश्व संकलन 
राजविराज भन्सार कार्यालयद्वारा लक्ष्य भन्दा ३९ प्रतिशत कम राजश्व संकलन 
दोश्रो तलाबाट खसेर एकको मृत्यु
दोश्रो तलाबाट खसेर एकको मृत्यु
चालु आ.ब. को पाँच महिनामा  ९ सय ४३ मुद्दा फर्छयोट