दैनिक समाचारदाता
राजविराज, २८ जेठ ।
सप्तरीमा सोमबार मात्र एकै दिन ६ जना महिलाले विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् । विष सेवनबाट सिकिस्त भएका ६ जनै महिलाको राजविराजस्थित गजेन्द्र नारायण सिह अस्पतालमा उपचार भइरहेको छ ।
विष सेवन गर्नेहरु राजविराज नगरपालिकाका २, शम्भुनाथ नगरपालिकाका, कंचनरुप नगरपालिका, महादेवा गाउँपालिका र राजगढ गाउँपालिकाका १÷१ जना छन् । जस मध्ये एकको अवस्था गम्भीर छ ।
विष सेवन गर्नेहरुमा १८ वर्ष देखि ४८ वर्ष उमेर समुह सम्मका महिलाहरु छन । उनीहरुले घरायसी कारणले विष सेवन गरेको वताएका छन् ।
अस्पतालको आकस्मिक कक्षका अहेव जयकृष्ण गुरमैताका अनुसार विष सेवन गर्नेहरुमा २ जनाले मुसा मार्ने औषधी र बाकीले खेतीपातीमा किरा मार्न प्रयोग गरीने विषादी सेवन गरेको पाइएको छ ।
विष सेवन गरी आत्महत्या प्रयास गर्नेमा २ जना अविवाहित र ४ जना विवाहीत महिला छन् । घरायसी विवाद, विवाह पश्चात् सम्बन्ध विग्रीएको, आर्थिक समस्यादेखि प्रेम सम्बन्ध र असफलता लगायतका कारणले आवेशमा आई आत्महत्याको बाटो रोज्ने गरेको अनुसन्धानको क्रममा खुल्ने गरेको प्रहरीको भनाइ छ ।
जिल्लामा गत आर्थिक वर्ष २०७९÷०८० मा झुण्डिएर, विष सेवन गरेर, नदी खोलामा हामफालेर ७९ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा रहेको छ ।
चालु आर्थिक वर्ष २०८०÷०८१ को हाल सम्मको अवधीमा झुण्डिएर ६८ र विष सेवन गरेर २२ गरी ९० जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ ।
एकै दिन ६ महिलाद्वारा आत्महत्याको प्रयास
सारांश
- विष सेवन गर्नेहरु राजविराज नगरपालिकाका २, शम्भुनाथ नगरपालिकाका, कंचनरुप नगरपालिका, महादेवा गाउँपालिका र राजगढ गाउँपालिकाका १÷१ जना छन् ।
- जस मध्ये एकको अवस्था गम्भीर छ ।
- विष सेवन गर्नेहरुमा १८ वर्ष देखि ४८ वर्ष उमेर समुह सम्मका महिलाहरु छन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया