राजविराज नगर क्षेत्रमा पहिलोपटक सिसि क्यामरा जडान, ९० वटा क्यामरामार्फत मूख्य सडकहरुको निगरानी जिल्ला प्रहरीले गर्ने

राजविराज राजविराज
|
सोमबार, आषाढ २४, २०८१
|
|
१८ पटक हेरिएको
Shares
राजविराज नगर क्षेत्रमा पहिलोपटक सिसि क्यामरा जडान, ९० वटा क्यामरामार्फत मूख्य सडकहरुको निगरानी जिल्ला प्रहरीले गर्ने

सारांश

  •     नगरपालिकाले राजविराजस्थित गजेन्द्र चौक, नेता चौक, राममन्दिर, अदालत रोड र रुपनी बसस्टेण्ट र पानीटंकी रोड सहितका क्षेत्रमा निगरानी गर्न सिसि क्यामरा जडान गरेको हो ।
  •     चालु आर्थिक बर्षको नगरसभाले विनियोजन गरेको ५० लाख बजेटबाट राजविराज नगरक्षेत्र भित्र एक सय २३ थान क्यामरा जडान गरिएको नगरपालिकाका इन्जिनियर मो.
  • फिरोज अलीले जानकारी दिदै त्यसबाहके ५ थान ठूलो पिपिजेट क्यामरा समेत लगाइएको बताए ।

दैनिक समाचारदाता
राजविराज, २४ असार । 

    राजविराज नगरपालिकाले नगरक्षेत्र भित्रको सुरक्षालाई मध्यनजर गर्दै मुख्य बजार क्षेत्रमा सिसि क्यमरा जडान गरेको छ ।
    नगरपालिकाले राजविराजस्थित गजेन्द्र चौक, नेता चौक, राममन्दिर, अदालत रोड र रुपनी बसस्टेण्ट र पानीटंकी रोड सहितका क्षेत्रमा निगरानी गर्न सिसि क्यामरा जडान गरेको हो ।
    चालु आर्थिक बर्षको नगरसभाले विनियोजन गरेको ५० लाख बजेटबाट राजविराज नगरक्षेत्र भित्र एक सय २३ थान क्यामरा जडान गरिएको नगरपालिकाका इन्जिनियर मो. फिरोज अलीले जानकारी दिदै त्यसबाहके ५ थान ठूलो पिपिजेट क्यामरा समेत लगाइएको बताए । 
    नगरलाई उज्यालो बनाउनुका साथै रातीको समयमा सिसि क्यामराको भिजनलाई राम्रो बनाउन ५ थान फ्लोड लाईट र १३ थान मिनि फ्लोड समेत जडान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङ्गले जानकारी दिए ।
    नगरसभाले विनियोजन गरेको ५० लाख मध्येबाट सिसि क्यामरा जडानको काम गरिएको र अझै काम जारी नै रहेकाले यकिन लागत खर्च बारे पछि जानकारी दिने अधिकृत गुरुङ्गको भनाई छ । उनले भगवती पोखरी भित्र र नगरपालिका भित्र लगाइएको सिसि क्यामराको निगरानी पालिकाले आफै गर्ने र नगरको सडकमा लगाइएको क्यामराको निगरानी जिल्ला प्रहरी कार्यालयले गर्ने जानकारी दिए । 
    ‘नगरको मुख्य व्यस्त रहने ठाउँहरुमा निगरनी गर्न क्यामरा जडान गरिएको छ, जसमध्ये मुख्य सडकमा सानो ठूलो गरी लगाईको ९० वटा क्यामराको निगरानी जिल्ला प्रहरी कार्यालय सप्तरीले गर्नेछ र नगरपालिका वरपर तथा भगवती मन्दिर क्षेत्रको निगरानी नगरपालिकाले गर्नेछ’ गुरुङ्गले भने ।
    यसैबीच जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्यले सिसि क्यमरा जडानबाट नगरको सुरक्षा व्यवस्था सँगै अपराध नियन्त्रणमा मद्दत पुग्ने बताए ।
    जिल्लाको सुरक्षाका दृष्टिकोणले यो. महत्पूर्ण काम भएकोले यसबाट अपराध अनुसन्धान गर्नमा सहज हुने उनले प्रतिक्रिया दिए ।
    उनले जिल्ला प्रहरी कार्यालमा सिसि क्यामराबाट निगरानीका लागी एउटा टिम बनाउने र सो टिम मार्फत ९० वटा क्यमराको मद्दतले नगरको निगरानी गरिने जानकारी दिए ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह