कोशी ब्यारेज पुलबाट ठूलो परिमाणमा फोहर सफा गरेर आवागमन सूचारु

राजविराज राजविराज
|
आइतबार, आश्विन १३, २०८१
|
|
२२ पटक हेरिएको
Shares
कोशी ब्यारेज पुलबाट ठूलो परिमाणमा फोहर सफा गरेर आवागमन सूचारु

सारांश

  •     आइतबार साँझ ५ः३० बजेदेखि आवागमन सूचारु गरिएको हो ।
  • शनिवार कोशी ब्यारेजमा पानीको वहाब ६ लाख ६१ हजार २ सय क्युसेक प्रतिसेकेण्ड पुग्नुका साथै पृुलमाथीबाट पानी बग्न थालेपछी सम्भावित जोखिमलाई ध्यानमा राखी दिउँसो ४ बजे देखि स्थानीय प्रशासनले सवारी साधन आवागमनमा रोक लगाएको थियो ।
  •       तर, आईतवार विहानैदेखि मौसममा सुधार भई साँझ ५ बजे बहाब घट्दै ३ लाख ७० हजार क्युसेक प्रतिसेकेण्ड झरेपछी आवागमन सुचारु गर्ने स्थानीय प्रशासनको निर्णय भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १३ असोज ।

    कोशी नदीमा पानीको बहाव घट्न थालेपछी कोशी ब्यारेज पुलमा रोकिएको आवागमन आइतबार साँझदेखी सुचारु गरिएको छ । 
    आइतबार साँझ ५ः३० बजेदेखि आवागमन सूचारु गरिएको हो । शनिवार कोशी ब्यारेजमा पानीको वहाब ६ लाख ६१ हजार २ सय क्युसेक प्रतिसेकेण्ड पुग्नुका साथै पृुलमाथीबाट पानी बग्न थालेपछी सम्भावित जोखिमलाई ध्यानमा राखी दिउँसो ४ बजे देखि स्थानीय प्रशासनले सवारी साधन आवागमनमा रोक लगाएको थियो । 
    तर, आईतवार विहानैदेखि मौसममा सुधार भई साँझ ५ बजे बहाब घट्दै ३ लाख ७० हजार क्युसेक प्रतिसेकेण्ड झरेपछी आवागमन सुचारु गर्ने स्थानीय प्रशासनको निर्णय भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए । 
    यता शनिबार साँझ कोशी ब्यारेज भएर पानीको बहाव उच्च भई पुलमाथीबाट समेत पानी बग्न थालेको थियो । जसकारण बाढीले बगाएर पुलमाथी ठूलो परिमाणमा फोहर जम्मा भएको थियो । यसरी पुलमाथी थुप्रिएको फोहरमा काठ, दाउरा, झारपातका साथै चिसो पेय पदार्थ र पानीका खाली बोतल रहेका थिए । उक्त फोहर भारतीय कामदार, कोशी कन्ट्रोल रुपका कर्मचारी, स्थानीयवासी र जेसिबीको मदतले ४ घण्टाको प्रयास पछी पुलबाट सफा गरिएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह