दैनिक समाचारदाता
राजविराज, १८ असोज ।
बोदेवर्साइन नगर व्यापार समितीका नवनिर्वाचित पदाधिकारीहरुले शुक्रबार पद तथा गोपनियताको शपथ लिदै पदभार ग्रहण गरेका छन ।
शुक्रवार सप्तरीको बोदबर्साईन नगरपालिका ५ स्थित गुदरी हाटमा आयोजना गरीएको कार्यक्रममा बोदेवर्साइन नगर व्यापार समितीका नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ लिदै पदभार गरेका हुन ।
हालै सम्पन्न निर्वाचनमा नगर व्यापार समितीको अध्यक्षमा देवनारायण साह, उपाध्यक्षमा राधेश्याम भगत, नागेश्वर प्रसाद साह, सचिवमा अनिल प्रसाद सिंह र कोषाध्यक्षमा ज्योति देवी अग्रवाल निर्वाचित भएका थिए ।
यस्तै सदस्यहरुमा राज कुमार साह बिरेन्द्र्र, मनोज कुमार यादव, मिथलेश कुमार यादव, प्र्रमोद कुमार साह, भदौ देवी साह, अझर अली, लक्ष्मी साह, महेश कुमार साह, पशुपती साह र आसुतोष कुमार यादव निर्वाचित भएका थिए ।
सप्तरी उधोग बाणिज्य सघका अध्यक्ष लालु प्रसाद अग्रवालले नगर समितीका अध्यक्ष साहललाई शपथ ग्रहण गराएका थिए । अन्य निर्वाचित पदाधिकारीहरुलाई नवनिर्वाचित अध्यक्ष साहले शपथ ग्रहण गराए ।
सप्तरी उद्योग बाणिजय संघका अध्यक्ष लालुप्रसाद अग्रवालले दशै लगायतका ठुला चाडपर्व सुरु भइसक्दा पनि बजारमा रौनक नदेखिएको उल्लेख गरे ।
उनले बजारमा भन्सार छलीका समान छ्याप छ्रयाप्ती बिक्री भइरहेको बताउदै यसले स्थानीय व्यापारमा धक्का पु¥याएको, बैंकको ब्याजले सताएको र अनुगमनका नाममा प्रशासनले व्यपारीहरुमाथी नै दुःख दिने काम भइरहेको भन्दै आक्रोश समेत पोखे ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिंह यादवले नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र बितरण गरेका थिए । सो कार्यक्रममा प्रदेश सांसद अनिरुद्ध प्रसाद सिह यादव, संविधान सभा सदस्य सुरेन्द्र यादव, बोदेवसाईन नगरपालिकाका मेयर आतेस सिह यादव, महिला नेतृ डा.बबि सिह यादव लगायतले व्यापार व्यवसाय क्षेत्रमा देखिएको समस्याहरु समाधान गर्नेतर्फ पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नवनिर्वाचित नगर व्यापार समितीका पदाधीकारीद्वारा पदभार ग्रहण
सारांश
- शुक्रवार सप्तरीको बोदबर्साईन नगरपालिका ५ स्थित गुदरी हाटमा आयोजना गरीएको कार्यक्रममा बोदेवर्साइन नगर व्यापार समितीका नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ लिदै पदभार गरेका हुन ।
- हालै सम्पन्न निर्वाचनमा नगर व्यापार समितीको अध्यक्षमा देवनारायण साह, उपाध्यक्षमा राधेश्याम भगत, नागेश्वर प्रसाद साह, सचिवमा अनिल प्रसाद सिंह र कोषाध्यक्षमा ज्योति देवी अग्रवाल निर्वाचित भएका थिए ।
- यस्तै सदस्यहरुमा राज कुमार साह बिरेन्द्र्र, मनोज कुमार यादव, मिथलेश कुमार यादव, प्र्रमोद कुमार साह, भदौ देवी साह, अझर अली, लक्ष्मी साह, महेश कुमार साह, पशुपती साह र आसुतोष कुमार यादव निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया