दैनिक समाचारदाता
राजविराज, ५ कात्तिक ।
मधेश प्रदेश सभा सदस्य एवं जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले सरकारी कर्यालयको सेवा चुस्तदुरुस्त, निष्पक्ष र भ्रष्टाचार रहित बनाईनुपर्नेमा जोड दिएका छन् ।
सोमबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा आयोजित कार्यालय प्रमुखहरुको मासिक बैठकमा उनले यस्तो बताएका हुन् ।
उनले जनसरोकारका विभिन्न कार्यालयहरुमा कर्मचारीद्वारा लेनदेन र काममा ढिलासुस्ती भईरहेको सेवाग्राहीबाट गुनासो आईरहेको भन्दै यसलाई रोक्न प्रमुख जिल्ला अधिकारीले पनि कडाईका साथ आफ्नो भूमिका खेल्नुपर्नेमा जोड दिए ।
“विभिन्न कार्यालयमा सेवा प्रवाहमा समस्या, ढिलासुस्ती, मनपरीतन्त्र तथा आर्थिक चलखेलका कारण बेलाबेलमा जनता र जनप्रतिनिधिबाट समेत आक्रोश व्यक्त भई तनाव उत्पन्न हुने गरेको छ, बैठकको अध्यक्षता गरिरहेका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीको ध्यानाकर्षण गराउँदै उनले थपे, यस तर्फ कडाईका साथ अनुगमन गर्नु जरुरी छ ।”
मधेश प्रदेशका पुर्व शिक्षामन्त्री समेत रहेका उनले सुशासनको प्रत्याभूती गराउन पनि सम्पूर्ण क्षेत्रको सेवा प्रभावकारी बनाईनु आवश्यक रहेको बताए ।
जिल्लाभरका सरकारी कार्यालयका प्रमुखहरुको सहभागितामा आयोजित बैठकमा प्रमुख जिल्ला अधिकारी मग्रातीले आ–आफ्नो कार्यालयबाट निष्पक्ष, विना कुनै लेनदेन र छिटो छरितो सेवा प्रदान गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिए । उनले भ्रष्टाचार अन्त्य भए मात्र सुशासन कायम हुने भन्दै यसका लागि सबै कर्मचारी जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
कार्यालयहरुको सेवा भ्रष्टाचाररहित बनाईनु पर्नेमा जोड
सारांश
- सोमबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा आयोजित कार्यालय प्रमुखहरुको मासिक बैठकमा उनले यस्तो बताएका हुन् ।
- उनले जनसरोकारका विभिन्न कार्यालयहरुमा कर्मचारीद्वारा लेनदेन र काममा ढिलासुस्ती भईरहेको सेवाग्राहीबाट गुनासो आईरहेको भन्दै यसलाई रोक्न प्रमुख जिल्ला अधिकारीले पनि कडाईका साथ आफ्नो भूमिका खेल्नुपर्नेमा जोड दिए ।
- “विभिन्न कार्यालयमा सेवा प्रवाहमा समस्या, ढिलासुस्ती, मनपरीतन्त्र तथा आर्थिक चलखेलका कारण बेलाबेलमा जनता र जनप्रतिनिधिबाट समेत आक्रोश व्यक्त भई तनाव उत्पन्न हुने गरेको छ, बैठकको अध्यक्षता गरिरहेका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीको ध्यानाकर्षण गराउँदै उनले थपे, यस तर्फ कडाईका साथ अनुगमन गर्नु जरुरी छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया