प्रअ नियुक्तिमा धाँधली भएको आरोप, छानविनको माग

राजविराज राजविराज
|
बिहिबार, बैशाख १९, २०७६
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •     राजविराजस्थित नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयमा कार्यरत शिक्षक र पूर्व प्रअहरुले बुद्धिनाथ मुनर नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनारायण चौधरीले ऐन, नियम र प्रकृयालाई मिचेर आफन्त पर्ने तुलसी दास चौधरीलाई प्रअ पदमा नियुक्त गरेको आरोप लगाएका हुन् ।
  •       सो आरोप लगाउँदै उनीहरुले त्यसको सम्बद्ध निकायबाट आवश्यक छानविन हुनुपर्ने माँग समेत गरे ।
  • पत्रकार सम्मेलनमा उक्त विद्यालयका सहायक प्रअ गजेन्द्र प्रसाद दासले पाँच वर्षे करार प्रअ नियुक्तीमा छनौट समितिका संयोजक समेत बनेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चौधरीले आप्mनो नाता पर्ने तुलसी दास चौधरीलाई प्रअ बनाउन आवश्यक सबै प्रक्रिया मिचेको आरोप लगाए ।

दैनिक समाचारदाता
राजविराज, १९ बैशाख । 
    सप्तरीको शम्भुनाथ नगरपालिकास्थित श्री बुद्धिलाल विद्या मुनर नमुनामा माध्यमिक विद्यालमा प्रअ नियुक्तीमा धाँधली भएको भन्दै विद्यालयका शिक्षक तथा पूर्व प्रअहरुले छानवीनको माँग गरेका छन् ।
    राजविराजस्थित नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयमा कार्यरत शिक्षक र पूर्व प्रअहरुले बुद्धिनाथ मुनर नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनारायण चौधरीले ऐन, नियम र प्रकृयालाई मिचेर आफन्त पर्ने तुलसी दास चौधरीलाई प्रअ पदमा नियुक्त गरेको आरोप लगाएका हुन् । 
    सो आरोप लगाउँदै उनीहरुले त्यसको सम्बद्ध निकायबाट आवश्यक छानविन हुनुपर्ने माँग समेत गरे । पत्रकार सम्मेलनमा उक्त विद्यालयका सहायक प्रअ गजेन्द्र प्रसाद दासले पाँच वर्षे करार प्रअ नियुक्तीमा छनौट समितिका संयोजक समेत बनेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चौधरीले आप्mनो नाता पर्ने तुलसी दास चौधरीलाई प्रअ बनाउन आवश्यक सबै प्रक्रिया मिचेको आरोप लगाए ।
    उनले शिक्षा नियमावली र विद्यालय व्यवस्थापन निर्देशिका दुवैलाई मिचेर प्रअ नियुक्ती गरिएकोले छानविन गरिए सबै कुरा आफै छर्लङ्ग हुने दाबी गरे । आफुभन्दा कनिष्ठ र शिक्षा शास्त्रका कुनै उपाधि नपाएका शिक्षकलाई नातावादको आधारमा प्रअ बनाइएको उनको दावी छ । 
    त्यस्तै पूर्व प्रअ नथुनी दासले प्रअ छनौट प्रक्रिया शिक्षा नियमावली र नमुना विद्यालय व्यवस्थापन निर्देशिकाको विपरित भएको, छनौट समितिका संयोजक नातावादलाई प्रश्रय दिएको र पूर्वाग्राही ढंगबाट अंक प्रदान गरी मूल्यांकन गरेको आरोप लगाउँदै यसको छानविन हुनुपर्ने माग गरे । 
    उनले दोषीलाई दण्ड र पीडितलाई न्याय दिलाउन सञ्चाकर्मी, अधिकारर्मी र सरोकारवाला सबैलाई पहल गरिदिन आग्रह समेत गरेका छन् । 
    यसअघि सप्तरीको बोदेबर्साइन नगरपालिकास्थित श्री महेन्द्र चुन्नी माध्यमिक विद्यालयले शिक्षक नियुक्तीमा धाँधली भएको भन्दै बुधबार स्थानीय आन्दोलित भएका छन् । 
    बोदेबर्साइनस्थित महेन्द्र चुन्नी माविमा पनि शिक्षक नियुक्तीमा धाँधनी भएको भन्दै त्यहाँका स्थानीयवासी, जनप्रतिनिधि र सो विद्यालय व्यवस्थापन समितिका केही पदाधिकारीले पत्रकार सम्मेलनको आयोजना गरी नियुक्ती प्रकरणको छानविन हुनुपर्ने माग गरेका थिए ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यूवाहरुलाई प्रोत्साहनका लागी मधेश प्रदेश सरकारले  सकेसम्म पहल गर्ने ः मुख्यमन्त्री सिंह
यूवाहरुलाई प्रोत्साहनका लागी मधेश प्रदेश सरकारले  सकेसम्म पहल गर्ने ः मुख्यमन्त्री सिंह
माघ १३ गते सत्तापक्षिय नेकपाको शक्ति प्रदर्शन
माघ १३ गते सत्तापक्षिय नेकपाको शक्ति प्रदर्शन
दिप प्रज्वलन गरि नेवि संघले मनायो स्थापना दिवस 
दिप प्रज्वलन गरि नेवि संघले मनायो स्थापना दिवस 
आर्थिक क्षेत्रमा पहँुच नपुगेसम्म महिला  सशक्तिकरण सम्भव नहुने ः गैसस अध्यक्ष सुवेदी
आर्थिक क्षेत्रमा पहँुच नपुगेसम्म महिला  सशक्तिकरण सम्भव नहुने ः गैसस अध्यक्ष सुवेदी
गजेन्द्र नारायण सिंह अस्पतालका  चिकित्सकबीचको विवाद उत्कर्षमा 
गजेन्द्र नारायण सिंह अस्पतालका  चिकित्सकबीचको विवाद उत्कर्षमा 
चार वर्षिया बालिकालाई यौन दुव्र्यबहार गर्ने पक्राउ
माग पुरा नभए आमरण अनसनमा बस्ने अनसनकारीको घोषणा
माग पुरा नभए आमरण अनसनमा बस्ने अनसनकारीको घोषणा
छुट्टाछुट्टै स्थानमा आगलािग हुँदा एक घर र काठ जलेर नष्ट 
छुट्टाछुट्टै स्थानमा आगलािग हुँदा एक घर र काठ जलेर नष्ट 
संविधानमा उल्लेख भएपनि हरवा चरवाको  पुर्नस्थापना कार्यान्वयन नभएको भन्दै प्रदर्शन
संविधानमा उल्लेख भएपनि हरवा चरवाको  पुर्नस्थापना कार्यान्वयन नभएको भन्दै प्रदर्शन
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि