दैनिक समाचारदाता
राजविराज, १९ बैशाख ।
राजविराजस्थित केअमाविले विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई लक्षित गर्दै बिहिवारदेखि भर्ना अभियान संचालन गरेको छ ।
प्रदेश सभा सदस्य मनिष कुमार सुमनले ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभुत शिक्षा’ मूल नारासहित अभियानको शुभारम्भ गरे । अभियान अन्तर्गत घरदैलो कार्यक्रम समेत संचालन गरिएको छ ।
घरदैलो कार्यक्रममा प्रदेश सभा सदस्य सुमनका साथै उक्त विद्यालयका प्रधानाध्यापक फुलेश्वर मण्डल, व्यवस्थापन समितिका अध्यक्ष धीरेन्द्र वर्मा धिरु, अधिकारकर्मी जंग बहादुर सिंह, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुका साथै विद्यार्थीहरुको सहभागीता रहेको छ ।
बालविकास कक्षादेखि ९ कक्षासम्मका विद्यार्थी भर्ना गराउने लक्ष्यका साथ सुरु भएको अभियान बैशाख महिनाभर संचालन हुने प्रअ मण्डल बताए ।
विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन अभियान सुरु
सारांश
- प्रदेश सभा सदस्य मनिष कुमार सुमनले ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभुत शिक्षा’ मूल नारासहित अभियानको शुभारम्भ गरे ।
- अभियान अन्तर्गत घरदैलो कार्यक्रम समेत संचालन गरिएको छ ।
- घरदैलो कार्यक्रममा प्रदेश सभा सदस्य सुमनका साथै उक्त विद्यालयका प्रधानाध्यापक फुलेश्वर मण्डल, व्यवस्थापन समितिका अध्यक्ष धीरेन्द्र वर्मा धिरु, अधिकारकर्मी जंग बहादुर सिंह, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुका साथै विद्यार्थीहरुको सहभागीता रहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया