दैनिक समाचारदाता
राजविराज ११ मंसिर ।
नेपालबाट भारततर्फ अवैध रुपमा लगिदै गरेको अवस्थामा प्रहरीले ८ कार्टुन मामाश्री मदिरा नियन्त्रणमा लिएको छ ।
भारतको बिहार राज्यको विभिन्न सहरमा पु¥याइ मँहगोमा बिक्रि हुने गरेकाले मदिरा तस्करीमा केही व्यक्ति सक्रिय रहेको सुराकीका आधारमा सप्तरी प्रहरीले सीमानाका क्षेत्रमा निगरानी बढाएको छ ।
यसैक्रममा अघिल्लो दिन चेक जाँचको क्रममा सप्तरीको राजगढ गाउपालिका २ कमलपुर सडकखण्डमा प्रहरीले मोटरसाईकलमा बोरामा लुकाई छिपाई भारततर्फ लैजादै गरेको अवस्थामा ८ कार्टुन मामाश्री मदिरा बरामद गरिएको प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
प्रहरीलाई देख्नासाथ तस्करहरु मोटरसाईकल र मदिरा राखिएको बोरा छाडेर भागेको उनको भनाई छ । बरामद मदिरा र मोटरसाइकल मंगलवार आवश्यक कारवाहीका लागी राजविराज भन्सार कार्यालय चलान गरिएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले बताए ।
भारतको विहार राज्यमा मदिरा विक्री वितरणमा रोक लगाइएपछि त्यहाँका मदिरा प्रेमीलाई लक्षित गरी विभिन्न ब्राण्डका नेपाली मदिरा तस्करी हुने गरेको सुचनाका आधारमा नाका क्षेत्रमा निगरानी बढाइनुका साथै चेकजाँचमा कडाइ गरिएको उनको भनाइ छ ।
भारततर्फ लैजादै गरेको ८ कार्टुन “मामा” भन्सार चलान
सारांश
- भारतको बिहार राज्यको विभिन्न सहरमा पु¥याइ मँहगोमा बिक्रि हुने गरेकाले मदिरा तस्करीमा केही व्यक्ति सक्रिय रहेको सुराकीका आधारमा सप्तरी प्रहरीले सीमानाका क्षेत्रमा निगरानी बढाएको छ ।
- यसैक्रममा अघिल्लो दिन चेक जाँचको क्रममा सप्तरीको राजगढ गाउपालिका २ कमलपुर सडकखण्डमा प्रहरीले मोटरसाईकलमा बोरामा लुकाई छिपाई भारततर्फ लैजादै गरेको अवस्थामा ८ कार्टुन मामाश्री मदिरा बरामद गरिएको प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
- प्रहरीलाई देख्नासाथ तस्करहरु मोटरसाईकल र मदिरा राखिएको बोरा छाडेर भागेको उनको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया