छोरीको अपहरण, बलात्कार र हत्या तथा छोरा  वेपत्ता प्रकरणमा आमाद्वारा न्यायको अपिल, हिरासतमा रहेका वडाअध्यक्षलाई अनुसन्धान गर्न पुनः दश दिनको म्याद थप

राजविराज राजविराज
|
मंगलबार, पौष २, २०८१
|
|
२४ पटक हेरिएको
Shares
छोरीको अपहरण, बलात्कार र हत्या तथा छोरा  वेपत्ता प्रकरणमा आमाद्वारा न्यायको अपिल, हिरासतमा रहेका वडाअध्यक्षलाई अनुसन्धान गर्न पुनः दश दिनको म्याद थप

सारांश

  •     छोरी संतोषीको बलात्कार पछी हत्या तथा छोरा आशिषलाई वेपत्ता बनाएको ३ वर्ष पुरानो घट्नाका एक आरोपीलाई प्रहरीेले पक्राउ गरे पछी मंगलवार राजविराज आएकी उनले संचारकर्मीहरुसँग कुरा गर्दै दोषी ब्यक्ती उपर कडा कारवाही हुनु पर्ने माग गरेकी छिन ।
  •       प्रहरीले घट्नामा संलग्न रहेको आरोपी मध्येका एक सोही वडाका धीरेन्द्र कुमार साहलाई ११ दिन अघि पक्राउ गरीसकेको छ ।
  • पक्राउ परेका साह यहि मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा जसपा नेपालबाट वडाअध्यक्ष पदमा निर्वाचित भएका थिए ।

दैनिक समाचारदाता
राजविराज, २ पुस ।

    सप्तरीको डाक्नेश्वरी नगरपालिका १ कविलासा गाउँकी ५५ वर्षिया चन्दर देवी साहले आफ्नी १९ वर्षिया छोरी संतोषीको अपहरण, बलात्कार र हत्या तथा १७ वर्षिय छोरा आशिषलाई वेपत्ता पार्ने ब्यक्तीहरुमाथी कडा कारवाहीको माग गरेकी छिन ।
    छोरी संतोषीको बलात्कार पछी हत्या तथा छोरा आशिषलाई वेपत्ता बनाएको ३ वर्ष पुरानो घट्नाका एक आरोपीलाई प्रहरीेले पक्राउ गरे पछी मंगलवार राजविराज आएकी उनले संचारकर्मीहरुसँग कुरा गर्दै दोषी ब्यक्ती उपर कडा कारवाही हुनु पर्ने माग गरेकी छिन । 
    प्रहरीले घट्नामा संलग्न रहेको आरोपी मध्येका एक सोही वडाका धीरेन्द्र कुमार साहलाई ११ दिन अघि पक्राउ गरीसकेको छ । पक्राउ परेका साह यहि मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा जसपा नेपालबाट वडाअध्यक्ष पदमा निर्वाचित भएका थिए । 
    पदभार ग्रहण कार्यक्रममा सरिक हुन गएका वेला प्रहरीले उनलाई मंसिर २१ गते कार्यक्रम स्थलबाटै पक्राउ गरेको थियो । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाका अनुसार पक्राउ परेका साहमाथी अपहरण तथा शरिर बन्धक, जबरजस्तीकरणी र कसूर ज्यान लगायतका मृद्दामा सप्तरी जिल्ला अदालतबाट १०÷१० दिन गरी दुई पटक म्याद थपी अनुसन्धान कार्य भइरहेको छ । 
    पछिल्लो पटक मंगलवार सप्तरी जिल्ला अदालतबाट दोश्रो पटक १० दिनको म्याद थपेर साहलाई नियन्त्रणमा राखी अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक खतिवाडाले जानकारी दिए । 
    प्रहरीका अनुसार २०७९ साल साउन १७ गते भएको संतोषिको अपहरण तथा शरिर बन्धक, जबरजस्ती करणी र कर्तब्य ज्यान लगायतका अपराध गरेको साह सहितका केही ब्यक्तीमा माथी आरोप छ । 
    उक्त अपराधमा संलग्न रहेका आरोपीहरु विरुद्ध पीडित परिवारद्वारा २०७९ साल साउन १९ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी परेको थियो । त्यस पछी मुद्दा दर्ता भएपश्चात २०८० साल चैत्र १२ गते उच्च अदाललत जनकपुर–राजविराज इजलाशबाट परमादेश जारी भएको प्रहरीको भनाइ छ । २०८१ साल साउन १५ गते साह सहित अन्य प्रतिवादी विरुद्ध पक्राउ पुर्जी जारी भएपछी साहलाई पक्राउ गरीएको प्रहरीको भनाई छ । घटनाका अन्य आरोपीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 
    मृतक संतोषीकी आमा चन्दर देवीका अनुसार उक्त घटनाको केही दिन पछी १७ वर्षीय छोरा आशिष बेपत्ता भएका थिए । उनको अवस्था अझै अज्ञात छ । छोरीको अपहरण, बलात्कार र हत्या घटना प्रकरणमा संलग्न रहेकाहरुले घटना मिलापत्र गर्न समय समयमा खाले विभिन्न आर्थिक प्रलोभन देखाउनुका साथै मुद्दा फिर्ता लिन धम्कीपुर्ण दवाव दिने गरेको सुनाउदै उनले छोरालाई पनि सोही समुहले वेपत्ता बनाएको दाबी गरेकी छिन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बस पार्क निर्माण कार्यको समय अवधी सकियो, ५० प्रतिशत मात्र काम सम्पन्न
बस पार्क निर्माण कार्यको समय अवधी सकियो, ५० प्रतिशत मात्र काम सम्पन्न
पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग,  सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग,  सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
भलुवाही पुल मूनी नवजात  शिशुको शव फेला 
भलुवाही पुल मूनी नवजात  शिशुको शव फेला 
प्रेस जगतको समस्या समाधानमा आफू  सहयोग गर्न तत्पर ः अर्थमन्त्री साह 
प्रेस जगतको समस्या समाधानमा आफू  सहयोग गर्न तत्पर ः अर्थमन्त्री साह 
पोषणको अबस्थामा सुधार ल्याउन गर्भवती, सुत्केरीलाई कुखुरा बितरण 
आपराधिक घटना न्युनिकरण तथा  रोकथामका लागी प्रहरीले विद्यार्थी पढाउदै 
आपराधिक घटना न्युनिकरण तथा  रोकथामका लागी प्रहरीले विद्यार्थी पढाउदै 
जनचेतना फैलाउदै फर्सैठ युवा क्लवद्वारा सरसफाई 
जनचेतना फैलाउदै फर्सैठ युवा क्लवद्वारा सरसफाई 
किसान तथा कार्यकर्ता पक्राउ गरेको बिरोधमा जनमतद्वारा चक्काजाम
किसान तथा कार्यकर्ता पक्राउ गरेको बिरोधमा जनमतद्वारा चक्काजाम
सडक हिलाम्मे बनाएर निर्माण कम्पनी फरार 
सडक हिलाम्मे बनाएर निर्माण कम्पनी फरार 
सबैले देशको लागि सोच्नै पर्छ ः महाबीर पुन
सबैले देशको लागि सोच्नै पर्छ ः महाबीर पुन